
वैदेशिक रोजगारले पैसा मात्रै भित्र्याएको देखिँदैन, यसले परिवार बाट टाढा हुनु, समय तथा कामको व्यवस्थापन गर्न नसक्नु जस्ता यावत् कारणहरुले गर्दा सामाजिक र मानसिक समस्या पनि निम्त्याउने देखिन्छ । तत्कालै नभएपनि भविष्यमा वैदेशिक रोजगारीको कारण स्वयम कामदार र उनका परिवारमा विभिन्न खाले तनाव नभित्रीएला भन्न सकिदैन ।
वैदेशिक रोजगारमा गएका सबैलाई तनाव छ भन्न त मिल्दैन र हुँदैन पनि तर भइहालेको खण्डमा त्यसलाई कम गर्न केकस्ता उपायहरू अवलम्बन गर्न सकिन्छ ? र वैदेशिक रोजगारलाई कसरी तनावमुक्त र सुरक्षित बनाउन सकिन्छ?
भन्ने कुराहरुलाई मध्यनजर गर्दै प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) द्वारा आगामी चैत १८ गते अथार्त अप्रिल ०१मा प्रवासी संग डाक्टर” को अर्को श्रृंखलामा वैदेशिक रोजगारीले हुने तनाव र त्यसको व्यवस्थापन सम्बन्धी समस्या तथा सामाधानमा केन्द्रित रहेर कार्यक्रम सञ्चालन हुने भएको छ।
कार्यक्रमको चौथो शृंखलामा रोजगारीमा रहँदा संतुलित आहार” को महत्वमा आधारित सचेतनामूलक कार्यक्रममा केन्द्रित रही सम्पन्न भएको थियो ।
अब आगामी कार्यक्रम वैदेशिक रोजगारीमा के-कस्ता कारणले गर्दा तनाव सिर्जना हुने गर्दछन्? तिनको व्यवस्थापन गर्न सकिएन भने अन्तत्वगत्व त्यसको परिणाम कस्तो हुने गर्दछ? भन्ने विषयहरुमा केन्द्रित रहने बताइएको छ।
कार्यक्रममा छलफल, सुझाव लगायत वैदेशिक रोजगारीका कारण आइपर्ने समस्या कम गर्नको लागि परामर्शकर्ता द्वारा सैद्धान्तिक तथा व्यावहारिक सत्रहरू समावेश हुने भएकोले आउँदा दिनहरुमा वैदेशिक रोजगारीमा रहनुभएका सबैले आफू लगायत आफ्नो घर परिवार साथीभाईलाई यस्तो समस्या आइपरेको खण्डमा यसलाई कसरी सहजै निराकरण गर्न सकिन्छ भन्ने उद्देश्य रहेको पिएनसीसी आईएलओ प्रोग्रामका संयोजक भरत नेपालले बताउनुभयो।
कार्यक्रम आगामी शुक्रबार नेपालको समयानुसार बेलुका ७:३०मा हुनेछ भने सऊदी अरब, कतार, बहराइन, कुवेत लगायत मध्यपूर्वका देशहरुमा स्थानीय समयअनुसार बेलुका ४ बजेर ४५ मिनेटमा सुरु हुनेछ र मलेसियामा रातीको ९:४५ बजे हुनेछ।
कार्यक्रममा जुम आईडी २८९७४१४०६३ तथा पासकोड pncc जोडिन सक्नुहुनेछ यो कार्यक्रम हिमालयन दृष्टि तथा हिमाल टाईम्स लगायत पिएनसीसीको आफ्नै आधिकारिक फेसबुक पेज बाट सीधा प्रसारण पनि गरिनेछ।

