
पञ्चाङ्ग चित्रपट : भाग: ०८
लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
मिति: २०७८/१२/१०
प्रशिक्षक :
————
सविता के.सी.
नारायण प्रसाद निरौला
मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीवार
चित्र संकलक
—————-
गिता अर्याल
समायोजन
————-
सोमनाथ लुइटेल “रवि पाल्पाली”
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू
हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको पाचौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा पनि दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।
पञ्चाङ्ग ०१
निरोगी हुन बिहान व्यायाम गर्नुपर्छ
याेग गरी याे शरीरकाे राेग हर्नुपर्छ
हाम्रो परम्परामा चलेको योग नबिर्सौँ
रोगलाई पालेमा अकालमा मर्नुपर्छ
हाम्रै प्राचीन संस्कृति कै भर पर्नुपर्छ ।
✍️सोमनाथ लुइटेल ” रवि पाल्पाली”
पञ्चाङ्ग ०२
याेग ध्यान गराैँ साथी निराेगी हुने हाे,
शुद्ध खाना नभएमा राेगले छुने हाे ।
तन मन शुद्ध पाराै सात्विक बनेर ,
तन स्नान मन ध्यान यसरी धुने हाे
समयमा नसाेचेमा धर्धरी रुने हाे ।
✍️चन्द्रावती अधिकारी, बाँके कोहलपुर
पञ्चाङ्ग ०३
याेगबाटै बन्छ मान्छे
निराेगी छु भन्छ मान्छे
ऋषि मुनिहरूकाे याे
स्वस्थ बन्ने मन्छ मान्छे
सय पुगैँ गन्छ मान्छे ।
✍️मधुसूदन प्रसाद घिमिरे, काठमाडौं
पञ्चाङ्ग ०४
योगले हामीलाई सधैं बाँच्न सिकाउँछ,
साथि भाइ सबै मिलेर नाच्न सिकाउँछ ।
प्रातकाल योग हामी ध्यान पूर्वक गरौँ,
मान्यजन र साथीसँग हाँस्न सिकाउँछ ,
सम्मान, सद्भावको माला गाँस्न सिकाउँछ ।
✍️दुर्गा आचार्य, मोरङ
पञ्चाङ्ग ०५
योग गरर स्वस्थ्य जीवन बाँच्न सिकौँ अब हामी
रोगहरूलाई जितेर हाँस्न सिकौँ अब हामी
शुद्ध खानपान दैनिक योग गर्ने बानि गरौँ
पाईँदैन फेरि जीवन साँच्न सिकौँ अब हामी
योग गर्दै खुसी बनेर नाच्न सिकौँ अब हामी
✍️चेतना पोखरेल, मोरङ
पञ्चाङ्ग ०६
भगाउने ध्यान र योग गरेर रोग सबैले
स्वास्थ्यको जोग भरौंन त गरेर योग सबैले
समयमै तन मन दिएर गरिनुपर्दछ
हटाउन पनि सकिन्छ मनको भोग सबैले
स्वस्थ व्यक्तिलाई नै सधैं दिनेछन् ढोग सबैले ।
✍️जमुना आचार्य, सिन्धुपाल्चोक
पञ्चाङ्ग ०७
पञ्चाङ्ग १
प्रात: उठी सबेरैमा तातोपानी खानु पर्छ
खाली पेट गराएर योग गर्न जानु पर्छ
योग गरी रोग भगाउँ ध्यान गरौँ प्रभूको
ठाउँ हेरी आफूलाई ओछ्याउने लानु पर्छ
योगासन प्राणायाम रोग व्याधि सानु पर्छ ।
२
प्राणायाम योग गरौँ रोग बगाउनलाई
चित्त वृत्ति रोक्न अनि शोक भगाउनलाई
काम क्रोध लोभ मोह अहंकार त्याग्नु पर्छ
खान पान सुधारेर भोक जगाउनलाई
सत्य साँचो बाटोतिर लोक लगाउनलाई।
पञ्चाङ्ग ३
काम क्रोध लोभ मोह अहंकार रोग हो
बिषय प्रती आशक्ति भयङ्कर भोग हो
योगले चित्तका वृत्तिहरू निरोध हुन्छन्
यम नियम आसन प्राणायाम जोग हो
तन मन वचन कर्म सुध्रनु योग हो।
✍️गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका
पञ्चाङ्ग ०८
निरोगी बन्नलाई हामीले योग गर्नुपर्छ
रोगलाई जितेर हेर्नुस अगाडि सर्नुपर्छ
कत्ती हिम्मत नहारी दिनहुुँ संघर्ष गरौँ
तन्दुरुस्त हुन शरीर व्यायामले भर्नुपर्छ
स्वस्थ भइ जिन्दगीको खोला तर्नुपर्छ ।
✍️आर्मित्मा थापा मगर, स्याङ्जा
पञ्चाङ ०९
निरोगी बन्न योग अभ्यास जरुरी छ
स्वास्थ्य जिन्दगी हुनु नै खास जरुरी छ
जीवन स्वास्थ्य हुनु ठूलो धन हो हाम्रो
आफू स्वास्थ्य छु भन्ने विश्वास जरुरी छ
मस्तिष्क स्वस्थ्य छ भन्ने आस जरुरी छ।
✍️तारा घिमिरे सङ्खुवासभा
पञ्चाङ्ग १०
सबैले गरौँ योग ध्यानी बनेर,
सुखीले जिऊँ है ज्ञानी बनेर।
मिली आज साथी सबैसाथ जुटी
सबैको पियारो र ज्यानी बनेर।
नजाने सिकौँ सिघ्र यानी बनेर।
✍️ नारायणप्रसाद निरौला, काठमाडौं
पञ्चाङ्ग ११
स्वस्थ शरीर हुनेछ गरेमा योगले हित गर्न सक्छ
तनाव भगाउने कोसिस गरे एवम् रीत भर्न सक्छ
हिताहार मिताहार अनि ऋताहार खाना मिलाएमा
तन्तुरुस्त भई आफ्नै विविध ती रोगहरू हर्न सक्छ
त्यो नै हो जीवनको सहयोगी जसले ज्ञान छर्न सक्छ ।
✍️प्रेम थापा “मन “बागलुङ
पञ्चाङ्ग १२
योग र ध्यान तन मन पो जोड्ने साथी
मन शान्त पार्ने कुलत पो छाड्ने साथी
प्रणायम र व्यायायम नै हुन् धेरै जाती
सत्यको बाटो रोझ्न यसैले मोड्ने साथी
आत्मामा अमृत रोपी फूल गोड्ने साथी।
✍️सरिता काफ्ले कोहलपुर बाँके
पञ्चाङ्ग १३
योग गरेर निरोगी हुनुछ
रोग हरेर निरोगी हुनुछ
हर बिहान एक एक घन्टा
ध्यान भरेर निरोगी हुनुछ
शन्त बनेर निरोगी हुनुछ।
✍️सुमित्रा पोखरेल काठमाडौं
पञ्चाङ्ग १४
सधैँ योग गरी रोग भगाउँ हामीले।
प्रतिरोधात्मक शक्ति बढाउँ हामीले।
मन आत्म स्वच्छ राख्न ध्यान दिने गरौं,
आत्म,मनमा शुद्धता जगाउँ हामीले।
जीवन शैली विकास गराउँ हामीले।
✍️सुशीला पौडेल, काठमाडौं
पञ्चाङ्ग १६
योग एउटा साधना हो रोग निको पार्छ साच्चै
ब्यायाम त हामी सहि गरौँ किटाणु मार्छ साच्चै
बिहान उठि योग गरेमा रहन्न रोग ब्याधी
अल्छिपना नि रहन्न बाबै तनमा हार्छ साच्चै
छैन पैसा पासमा आफ्नो योगले पो टार्छ साच्चै।
गिता अर्याल, नेपालगन्ज
पञ्चाङ्ग १७
शरीरलाई योग नै चाहिन्छ साथी
योग गरेपछि बाँच्न पाइन्छ साथी
दिनहुुँ योग गर्नाले शरीर बन्छ
बाँच्दासम्म नै योगमै छाइन्छ साथी
आफू सधैँ योगतिर धाइन्छ साथी
✍️देवि कार्की खुलाल, झापा
पञ्चाङ्ग १८
सही साेच ब्यायाम नित्य गरी सब दिन ।
सात्विकी खाना सादा नाना धरी सब दिन ।
अठासी हजार ऋषिकाे ध्यान सम्झी सारा ,
बन्नेछ तन स्फुर्ति उस्तै भरी सब दिन ।
याेगले जान्छ दीर्घ राेग टरी सब दिन ।
✍️भवानी घिमिरे
सर्लाही
पञ्चाङ्ग १९
योग गरौँ,ज्ञान लिनलाई अघि सरौँ सदा
स्वास्थ्य नै ठूलो धन हो अब ख्याल गरौँ सदा
स्वर्ग नर्क कहिँ छैन यहाँ सदाचार ठूलो
श्रममा शक्ति हुन्छ यसकै भर परौँ सदा
स्वस्थ रहन व्यायाम गर्न बेसी झरौँ सदा।
✍️निर्मला सुवेदी, बागलुङ।


हार्दिक आभर हिमालयन दृष्टि अनलाइन पत्रीकालाई साथै वसन्त सरमा आभार व्यक्त गर्दछु ।