
समर्पण रम्जान
१९ मार्च २०२२, साउदी अरब, ईस्लामिक दावा सेन्टर सनैया जेद्दा द्वारा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिता जेद्दाको सनैयामा समापन भएको छ ।
गत १७ तारिक मार्च बेलुकी ९ बजेदेखि सुरु भएको उक्त प्रतियोगिता शुक्रबार बिहान ११ बजे समापन भएको थियो ।
नेपाली महाबाणिज्य दूतावास जेद्दाका प्रमुख सत्रुधन पोखरेलको प्रमुख आतिथ्यमा युसुफ मियाँद्वारा संचालित उक्त भलिबल प्रतियोगिता कार्यक्रमका आयोजक ईस्लामिक सेन्टरका मुदिर अबु सल्मानको अध्यक्षतामा सम्पन्न भएको थियो ।
औपचारिक रुपमा संचालित उक्त कार्यक्रममा विशेष अतिथिमा नेपाली महाबाणिज्य दूतावास जेद्दाका महाबाणिज्य दुत भुवन पौडेल, सेख मुस्ताक मदनी, अतिथिमा एनआरएनए आरसिसि जेद्दाका अध्यक्ष चेतनाथ निरौला, एनआरएनए आरसिसि अल कासिमका अध्यक्ष रम्जान दिन मियाँ, तथा जेद्दाका आइएमइ प्रतिनिधि प्रदिप रहेका थिए ।
आयोजक टिमका प्रतिनिधि सेख मन्जुर अलि मियाँ को स्वागत मन्तव्य सँगै प्रतियोगिता सुरु हुनु पहिले अतिथि, विशेष अतिथि र प्रमुख अतिथि हरुले आयोजक टिमलाइ धन्यवाद दिदैं छोटो-छोटो मन्तव्य दिएका थिए । मन्तव्यकै क्रममा प्रमुख अतिथि महाबाणिज्य दूतावास जेद्दाका प्रमुख सत्रुधन पोखरेलले यो कार्यक्रम गरि श्रमिकहरुलाई मनोरञ्जनका साथमा नेपालीहरुलाइ भेला गराइ एक आपसी समन्वय गराएको र आफू पनि कर्यक्रममा उपस्थिति हुन पाएर खेलाडीको मनोबल बढाउन पाउँदा खुशी व्यक्त गर्दै आयोजक टिम सेख मन्जुर अलि मियाँलाई बिशेष धन्यवाद दिदै आगामी दिनमा यस्ता कार्यक्रम प्रतियोगिता गर्न पनि सबैमा अनुरोध गर्नु भएको थियो ।
ताइफ,जेद्दा, राबिग क्षेत्रहरूबाट गरि १४ टिमहरुको साथमा करिब १५० जना जति नेपालीहरु सहभागिता रहेको उक्त भलिबल प्रतियोगितामा जेद्दा टिम बिजेता र राबिग टिम उप बिजेता बनेको थियो ।
जेद्दा टिम, राबिग टिमA ,राबिग टिम B, अल मराइ, ताइफ A, ताइफ B, लुलु टिम, पोखरा टिम A, पोखरा टिम B, सुनौलो बिहानी, ग्लास्स कम्पनी,नेस्ले कम्पनी, DP worldip, आयोजक टिम गरि १४ टिमको उपस्थिति रहेको थियो ।
सेमि फाइनलमा ताइफ टिमलाइ हराउदैँ जेद्दा टिम फाइनलमा पुगेको थियो भने सेमि फाइनलमा लुलु टिम लाई हराउँदै राबिग टिम फाइनलमा पुगेको थियो ।
फाइनलमा पुगेका राबिग र जेद्दा टिम बिच भएको फाइनल बेस्ट अफ थ्री खेलमा जेद्दाले दुइटै खेल लगातार जित्दै प्रथम बिजेता बन्न पुगेको र राबिग टिम दोस्रो बिजेता बन्न पुगेको थियो ।
प्रतियोगिताको अन्त्यमा आयोजक टिमका तर्फबाट सेख मन्जुर अलि मियाँ, बिशेष अतिथि सेख मुस्ताक मदनी र अतिथि रम्जान दिन मियाँको हातबाट प्रथम पुरस्कार १५०० रियल, ट्रफी, र प्रमाणपत्र साथै दोस्रो पुरस्कार १००० रियल, ट्रफी र प्रमाणपत्र बिजेता तथा उप बिजेता लाई हस्तान्तरण गरिएको थियो ।
उक्त प्रतियोगिता सफलताका साथ सम्पन्न गराउन आफ्नो निमन्त्रणालाई स्विकार्दै उपस्थित हुनु भएका नेपाली महाबाणिज्य दूतावास जेद्दा का सत्रुधन पोखरेल सर, भुवन पौडेल सर, एनआरएनएका प्रतिनिधिहरु, खेल खेलाउन सहयोग गर्ने सम्पुर्ण आयोजक टिम, तथा उपस्थित खेल प्रेमी नेपालीहरुलाइ सेख मन्जुर अलि मियाँद्वारा धन्यवाद ज्ञापन गरिएको थियो ।









