
साउदी अरब सरकारले ५ मार्च २०२२ देखि सार्वजनिक खुलाठाउँहरुमा मास्कको अनिवार्यता हटाएको छ। तथापि, तिनीहरू बन्द ठाउँहरूमा भने लगाउन आवश्यक हुनेछ।
साथै अब उप्रान्त साउदी अरब भित्र प्रवेश गर्ने यात्रुहरुलाई पि.सि.आर. टेस्टको रिपोर्ट देखाउन पनि आवश्यक नरहेको तर खोपभने पुर्नरुपमा लगायको हुनुपर्ने छ।
यहाँको आन्तरिक मन्त्रालयको आधिकारिक स्रोतले जनाएअनुसार
सरकारद्वारा गरिएका कोरोना भाइरस सम्बन्धि रोकथाम सम्बन्धित सबै प्रयास लगायत खोप प्रतिरोधात्मक क्षमताको उच्च दरका कारण यो निर्णय गरिएको जनाएको छ।

