आफु खुसी बजेट रकम अपचलन गर्न जुनियरलाई प्रमुख प्रशासकीय अधिकृत ।।

  • २७ माघ २०७८, बिहीबार २०:२९ मा प्रकाशित
  • राघबेंद्र चौबे

    कपिलबस्तु

    कपिलवस्तुको मायादेवी गाउँपालिकाको कार्यालयमा प्रशासनका अधिकृतस्तरका दुई जना कर्मचारीहरु हुदा हुदै गाउँपालिकाले कार्यापालिकाबाट निणर्य गराई जुनियर कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत तोकेको छ ।
    सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबारमा आफनो पार्टीको मन्त्रीको पावरमा मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले पशु चिकित्सक परमेश्वर यादवलाइ प्रमुख प्रशासकीय अधिकृतमा भ्रष्टाचार गर्ने उद्दश्यले पदभार ग्रहण गराएका छन् ।
    आउँदो स्थानीय निर्वाचनलाई लक्षित गरी चालु आर्थिक बर्षमा आफनो प्रभुत्व जमाउन गाउँपालिकामा रहेका आफना आसेपासेहरुको सबै कृषक तथा पशु समुह र संघ संस्थामा अनुदानको रुपमा धेरै बजेट बिनियोजन गरेको पाइएको छ ।
    बिगत साढे चार बर्ष देखि गाउँपालिकामा भ्रष्टाचारको सीमा नाघेका र भ्रष्टाचार गर्नको लागी बिभिन्न करारका कर्मचारी समेत नियुक्त गरिएको देखिएको छ । जातीयबादमा चलेको गाउँपालिकाको कार्यालयमा नब्बे प्रतिशत भन्दा बढी चौधरी र यादव जातीका कर्मचारीहरु मात्र नियुक्त गरिएको देखिएको छ ।
    प्रशासन सम्बन्धी ज्ञान समेत नभएका पशु चिकित्सक परमेश्वर यादव भन्दा सिनियर दुई जना रहेका छन् । तर गाउँपालिकाका अध्यक्ष कुर्मीले यादवलाई नै प्रमुख प्रशासकीय अधिकृत तोकेका हुन । राजनितिक शक्तिबाट आफु खुसी बजेट रकम अपचलन गर्न गाउँपालिकाका अध्यक्ष कुर्मी आफना आसेपासे समेतलाई भ्रष्टाचारमा सघाउनका लागी नियुक्त समेत गरेका छन् ।

    Leave a Reply