करिब ८ महिना देखि साउदीमा संम्पर्कबिहिन दाङका मान शिंह वलीलाइ खोजी गरिदिन परिवारको आग्रह।

  • १५ माघ २०७८, शनिबार १०:२६ मा प्रकाशित
  • २०७४ साल भदौ २५ गते सुनौलो सपना बोकेर घरको कमजोर आर्थिक स्थिती सबल बनाउन र छोराछोरीको उच्चशिक्षाको सपनालाई साकार बनाउने उद्देश्यका साथ केही पैसाको जोहो गर्न श्रीमती बालसिला वलीसंग सर सलाह गरी परदेशीएका थिए दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राना गाउँका मानसिंह वली।

    तर २०७८ साल जेठ २२ गतेकादिन बिहान घरपरिवारसँग फोन सम्पर्कमा रहेका वलीको फोन अचानक सम्पर्कविच्छेद हुनजान्छ र उनी त्यसबेलादेखि पारिवारिक स्रोतसँग सम्पर्क विहिन हुनपुग्छन्।

    उनका छोरा सनु वलीले काठमाडौँ कन्सुलर विभागमा निवेदन गरी बुबालाई खोजीदिन आग्रह गर्दै गरेको निवेदनमा मानशिंह वली २०७४ साल भदौ २५ गते वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब गएको र उनी कार्यरत कम्पनीद्वारा उनलाई काम र तलब नदीएपछी उनी कम्पनीबाट बाहिर गई अवैधरुपमा काम गर्दै आएको र घरपरिवारसँग पनि सम्पर्कमै रहेका थिए।

    तर मिति२०७८ साल जेठ २२ गतेकादिन बिहान करीब मध्यान्ह १२ बजेतिर घरपरिवारसँग फोनमा कुरा गर्दागर्दै सम्पर्क विच्छेद भएका वली अहिलेसम्म सम्पर्कमा नआएको हुनाले छोरा सनु बाबुलाई खोजिदिन आग्रह गर्दै काठमाडौंमा धाईरहेका छन्।
    मानशिङ ओलीको खोजीकार्यमा साउदी अरबमा क्रियाशील गैरआवसीय नेपाली संघ, प्रवासी नेपाली समन्वय समिति लगाएत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले चासो देखाएका छन् साथै
    उहाँको बारेमा जानकारी पाउनासाथ नेपाली दूतावास रियाद वा हिमालयन दृष्टिको ई-मेल वा मेसेज बक्समा जानकारी गराउनुहुन अनुरोध गरिएको छ।

    Leave a Reply