
काठमाडौं । जाजरकोटका एक युवा १८ महिनादेखि स्वास्थ्य समस्याका कारण छटपटाइ रहेका छन् । उनको अवस्था देख्दा एक मनले कठै भन्न मन लाग्छ । अर्को मनले यी सोझा सीधा नेपाली युवालाई यस्तो अवस्थामा पु-याउनेहरुमाथि मध्ययुगीन सजाय होस् भन्ने पनि लाग्छ ।
जाजरकोटका आयुष राना छटपटाएको १८ महिना भयो । तर उनलाई साउदी पु-याउने ललितपुरको न्यू वल्र्ड ओभरसिज म्यानपावरले नेपाल फर्काउने दया देखाएन । उनी हुन् भेरी नगरपालिका –१ रावतगाउँका स्थायी बासिन्दा हुन् । वैदेशिक रोजगारीका लागि साउदीको जेद्धा पुगेका उनी थलिएको १८ महिना भयो ।
व्यथाले यो हदसम्म पु-याउँदा पनि आयुषको उपचार खर्च भएन । नेपाल फर्किन्छु भन्दा कम्पनीले दिएन र नेपालको म्यानपावरले यी युवाको पीडा महशुस गरेन । मेनपावरले उनको जिम्मा पनि लिएन ।
यस्तो दर्दनाक अवस्थामा छन आयुष
डिसेम्बर १६, २०१९ मा उनी साथीसँगै साउदी पुगे । छारे रोग जस्तो देखिने समस्याबाट १८ महिनादेखि आयुष थलिएका छन् । यसबीच उनले न उपचार पाए, न खाने बस्ने सुविधा नै ।
साउदीको कानुनअनुसार बिरामी व्यक्तिको उपचारका लागि सरकारी सहयोग माग्नु पर्छ । तर आफैैंले लिएर जान मिल्दैन ।
ललन बिहीबार दिउसै मात्रै नेपाल फर्किएका छन् । आयुषसँगै ललनले पनि साउदीमा ठूलो सास्ती व्यहोरे । त्रिभुवन विमानस्थल उत्रिसकेपछि ललनले लामो सास फेर्दै भने – बाँच्ने आशै थिएन । अर्को जीवन पाएको महशुस गरिरहेको छु ।’
फिर्ता ल्याउने म्यानपावरकाे वाचा
२५ महिना अघि उनीहरु न्यू र्वल्ड ओभर्सिज म्यानपावरबाट साउदी पुगेका हुन । उनीहरुलाई साउदी पु-याउने ललतिपुरको चाकुपाटीस्थित न्यू र्वल्ड ओभर्सिज म्यानपावरलाई सम्पर्क गर्दा म्यानपावरले फर्काउने प्रयास भइरहेको प्रतिक्रिया दिएको छ । म्यानपावरका अध्यक्ष तीला काप्रीसँग भेटेरै कुराकानी गर्न खोजेपनि उनले आफ्नो स्वास्थ्य राम्रो नभएको जानकारी दिए ।
१८ महिनासम्म जीवन र मृत्युको दोसाँधमा छाड्ने काप्रीले पत्र पत्रिकाको चासो पछि एक हप्तामा आयुषलाई फिर्ता ल्याउने वाचा गरे ।

