बिरामी परेर छटपटाइरहेका नेपालीको एनआरएनए साउदीले गर्यो उपचार, खान खर्च तथा बस्नका लागि सेल्टरको ब्यबस्था ।

  • १२ माघ २०७८, बुधबार ०१:१८ मा प्रकाशित
  • २५ जनवरी २०२२, साउदी अरब ! बिगत केहि दिन देखी साउदी अरवको जेद्धामा बिरामी परि छटपटाइरहेका जाजरकोट घर भएर बिगत २५ महिनाअगाडि न्यु वल्ड ओभर्जिस बाट साउदी आएका आएस रानाको एनआरएनए साउदी अरबले सम्पुर्ण उपचार तथा खाना खर्च र बस्नका लागि सेल्टरको ब्यबस्था गरेको छ ।

    बिरामी परि कोठामा छटपटाइरहेका भिडियो भाइरल भए लगत्तै एनआएएनए साउदीका अध्यक्ष डम्बर यादवले उहाँको उद्दारका लागी महाबाणिज्य दूतावास जेद्दामा समन्वय गरि सम्पुर्ण उपचार खर्च, खाना खर्च र सेल्टरको ब्यबस्था गरि पीडितलाई आज सेल्टरमा लगिएको छ ।
    उक्त कम्पनीमा कार्यरत उहाँहरुलाइ कम्पनीले इकमा पनि नदिएको, करार अबधी सकिंदा समेत नेपाल पनि नपठाएकोले अलपत्र अबस्थामा रहेका थिए । ९ जना नेपाली मध्ये एकजना लमिन लामा पहिलेनै नेपाल फर्किसकेका र अरु ६ जना आज २५ जनवरी का दिन दिउसो २:१५ बजे अल जजिरा एयर मार्फत कुवेत हुँदै नेपाल फर्किएका जेद्वा महाबाणिज्य राजदुतावास तथा एनआरएनए साउदीका अध्यक्षले जानकारी गराएका छन्।

    आजको फ्लाइटमा स्वदेश फर्कनेहरुमा सल्यानका यम ब पुन:मगर, हस्त ब पुन: मगर ,सर्लाहीका जितेन्द्र सिङ्दवा,स्याङ्जाका जीवन जेठ्ठी मगर, रुकुमका सुशील बुढा र धन बहादिर बिश्वकर्मा रहेका छन् । भने बिरामी आएस रानाको साउदीमा केस रहेको र मेग बहादुर कल्लीको बहिर्गमनका लागि आवाश्यक पेपर तयार नभएकोले अहिले उडान नभएको उनीहरु दुवैलाइ आज बेलुकी जेद्दाको सेल्टरमा राखिएको अध्यक्ष यादवले जानकारी गराए ।।


    उहाँको यो अबस्थाको भिडियो भाइरल भए लगत्तै “साउदी अरबमा हामी नेपाली” भन्ने ग्रुपका एड्मिन हरु चन्द्र चुदाली, रवि साप्कोटा, एनआरएनए साउदिका अध्यक्ष डम्बर यादव, तथा नि वर्तमान उपाध्यक्ष बिशाल श्रेष्ठ, एनआरएनए आरसिसि अध्यक्ष रमजान दिन मियाँ, हरुले उद्दारका लागि महाबाणिज्य दूतावास जेद्दामा समन्वय गरि उद्दारका लागि अनुरोध गराएका थिए ।
    बिरामी राना र अर्का मेघ बहादुर कल्लिको नेपाल फिर्तिको लागि पनि महाबाणिज्य दूतावास जेद्दाले पहल गरिसकेको र केही दिनमा नै उहाँहरु पनि नेपाल फर्किने जानकारी अध्यक्ष यादवले जानकारी गराए ।।


                                                                  

    Leave a Reply