
१
जीवन
सुख दु:खको
अनुभूति अनुभवको परीक्षा !
२.
जीवन
सामजिक पारिवारिक
मान मर्यादाको बन्धन !
३.
जीवन
सांसारिक रङ्गमञ्चमा
कलाकारिता अनुभवको पेटारो !
४.
जीवन
अनिश्चित यात्रा
निश्चित मृत्यको पर्खाइ !
५.
जीवन
कुम्हालेको चक्र
सृष्टिको चक्रेटो घुमिरने !
- उर्मिला पन्त पाण्डेय
ज्ञानेश्वर, काठमाण्डौँ

