उदक यात्री खगेन्द्रप्रसाद बस्यालका उत्कृष्ट उदकहरू

  • २५ पुष २०७८, आईतवार २०:४६ मा प्रकाशित

  • औँसीमा
    उज्यालो विश्वास
    छिट्टै हुनेछ पूर्णिमा !


    रहर
    पूर्णिमा निमित्त
    नजाउ फेरि शहर !


    हिमालचुली
    आफै भित्रको
    खोजौँ अब नभुली !


    जिन्दगी
    जानेमा पक्कै
    सबैमा फुल्छ कि !


    हुटहुटी
    काँचुली फेर्न
    बनाऔँ सबैको ढुकढुकी !


    दियालो
    हेर्न नबिर्सौँ
    पूर्विय सभ्यताको उज्यालो !


    पुकार
    नसुन्ने बहिरा
    पार्यौ जिन्दगी धिक्कार !


    अनन्त
    उदकको भित्रै
    हामीले खोजेको वसन्त !

    खगेन्द्रप्रसाद बस्याल
    रुपन्देही

    0 thoughts on “उदक यात्री खगेन्द्रप्रसाद बस्यालका उत्कृष्ट उदकहरू

    Leave a Reply