सामाजीक सञ्जालमा बिना अनुमति खिचेको तस्विर र भिडियो राख्नेलाई कारवाही गर्ने

  • १३ माघ २०७८, बिहीबार २०:३२ मा प्रकाशित
  • १३ माघ २०७८! गृह मन्त्रालयले सार्वजनिक स्थलमा जथाभावी रुपमा भद्दा मजाक‘प्र्याङ्क’ गरिएका तस्विर तथा गोप्य भिडियो बनाइ प्रसारण नगर्न निर्देशन दिएको छ ।
    सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करी प्यान्क को नाममा सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने यस्ता भिडियो बनाइ सार्वजनिक गर्ने गरेको गुनासो बढेको भन्दै मन्त्रालयले एक सूचना जारी गर्दै सबैमाझ ध्यानाकर्षण गराएको छ ।

    गृह मन्त्रालयले १३ माघ बिहीबार एक सूचना जारी गर्दै सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिच्ने भिडियो बनाउने र सम्बन्धित ब्यक्तीलाई जानकारी नै नदिई सहमति तथा अनुमति बिना सामाजिक सञ्जालमा प्रसारण गर्ने जोसुकैलाई पनि प्रचलित कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

    ‘सार्वजनिकस्थलमा गरिएका भद्दा ख्यालठट्टाबाट पीडित व्यक्तिमा मानसिक तनाव उत्पन्न हुनसक्ने, वादविवाद र द्वन्द्व तथा सामाजिक सद्भाव एवं शान्ति सुव्यवस्थामा पर्नसक्ने नकारात्मक प्रभावका साथै, व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा पर्नसक्ने असरलाई दृष्टिगत गरी व्यक्तिको अनुमतिबिना व्यक्तिको तस्बिर र भिडियो नखिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन नगर्न’ मन्त्रालयले उक्त सूचना जारी गर्दै सबै नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ आग्रह गरेको छ ।

    गृह मन्त्रालयको सूचना जस्ताको त्यस्तै 👇️👇️

    Leave a Reply