
मेघराज राय जिराभवानी माघ १५
ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र ईलाका प्रहरी कार्यालय एकटाङ्गाका सयुक्त प्रहरी टोलीली बिशेष सूचनाको आधारमा सखुवाप्रसौनी गाउँपालीका वार्ड चारको ओझैयाप्रसौनी टोलमा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाको कमान्डमा खटेका टोलीले अबैध रूपमा लगाएका अन्दाजी १३ कठामा लागाएको ४हजार ५सय गाजाको बोट फाडेर आगो लगाई स्थानीय भद्रभलादमी तथा संचार कर्मीहरुको रोहवरमा नस्ट गरिएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक थापाले जानकारी दिनुभो सो लागुऔषध गाजा कस्ले रोपेकोहो भने प्रहरी द्वारा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

