घोराही कारागारबाट भागेका कैदी परियार पक्राउ

  • १० माघ २०७८, सोमबार १९:५३ मा प्रकाशित
  • घोराही,१० माघ/ घोराही कारागारबाट भागेका कैदी यमराज परियारलाई प्रहरीले एक महिना पछि पक्राउ गर्न सफल भएको छ । उपचारका लागि भन्दै अस्पताल लगिएका परियार गत पुस ८ गते साथमा गएका प्रहरी जवानको मोटरसाईकल लिएर भागेका थिए ।घटना लगत्तै जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुुकुुन्दप्रसाद रिजालको कमाण्डमा खटिएको टोलीले परियारलाई नेपाल भारतको सिमा जमुुनाह नाका क्षेत्रबाट पक्राउ गर्न सफल भएको हो । कर्तव्य ज्यान मुुद्धामा २० बर्ष कैद तोकिएका राजपुर गाउँपालिका ३ घर भएका २९ बर्षिय परियारलाई प्रहरीले सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।कारागारबाट अस्पताल जाने भनि निस्कीएका प्रहरी जवान धनबहादुर चौधरी र परियार अस्पताल नगई घोराही कै थकाली रेष्टुुरेन्टमा दुुई जना महिला सहित गएका थिए । त्यही होटलबाट प्रहरी जवान चौधरीको लु ३१ प १५० नम्बरको मोटरसाईलमा परियार भागेका थिए ।अर्को दिन मोटरसाईकल लमहीको जंगलमा फेला परेको थियो । उक्त घटनामा अहिले प्रहरी जवान चौधरी र उनि सँग होटलमा बसेकी तुलसीपुर १० की समि चौधरीलाई गत पुस १९ गते दाङ देउखुरी जिल्ला अदालतले पुुर्पक्षका लागि कारागार चलान गरेको छ ।पक्राउ परेका कारागारका सुरक्षा इञ्चार्ज प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन ठकुरीसंग १० हजार र प्रहरी हवल्दार गणेशकुुमार थारुलाई ५ हजार धरौटीमा छोड्न आदेश दिएको थियो । सो घटनामा होटल सञ्चालक सौजन्य खनाल र घोराही १६ की विपाशा चौधरीलाई अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको थियो ।साथै पुस १२ गते पक्राउ परेका कारागारका जेलर युवराज परियार भने कारागार बिभागले मुद्धा चलाउन अनुमति नदिए पछि गत पुस १६ गते रिहा भएका थिए । २० वर्ष कैद सजाय तोकिएका परियारले अहिलेसम्म साढे सात वर्ष कैद सजाय भुक्तान गरिसकेका थिए ।कारागार ऐन २०१९ को दफा २४ को ३ मा कैद म्याद तोकिएको कैदी भागेमा पक्राउ पछि बाँकी कैदको डेढी बढाई कैद सजायको व्यवस्था गरेको प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिएका छन ।

    Leave a Reply