
हरिवन – पूर्व-पश्चिम राजमार्ग अन्तर्गतका पुलहरुमा निरन्तर हुने जामले यात्रुहरु निकै मर्कामा पर्दै आएका छन् ।
उखु बोकेका टायरगाढा, ट्याक्टर लगायतका सवारीका कारण पुलमा जाम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । पुल अत्यधिक जिर्ण रहेको र उखु बोकेका गाडी बिस्तारै पास हुनुपर्ने भएकाले पुलमा जाम बढ्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक केदारमान दोङले बताए ।
लखन्देही पुलमा केही दिनदेखि हरेक दिन साँझको समयमा गाडीको लामो जाम लाग्ने गरेको छ ।
अन्य समयमा समेत जाम हुने लखन्देही पुलमा उखु बाेक्ने टायरगाढा र ट्याक्टर चल्न थालेपछि भने घण्टाैं सम्मपनि जाम हुने गरेकाे छ । ठूलाखाले सवारी एकतर्फी रुपमा पास हुने सो पुलमा साँझको समयमा काठमाडौं जाने रात्री बसहरुको जाम भइरहने गर्छ । केही दिनअघि हरिवनको चिनी उद्याेग संचालनमा आएसँगै उखु बोकेका सबारी धेरै गुड्न थालेपछि राजमार्ग र पुलहरुमा जाम बढ्न थालेको ट्राफिक प्रहरी निरीक्षक दोङले बताएका छन् । विशेष गरि विपरित दिशाबाट आएका सवारी साधन नहेरी ठूला-ठूला सवारी साधन पुल भित्र पसाउँदा घण्टाैंसम्म जाम हुने गरेकाे स्थानियले बताएका छन् ।

त्यस्तै, पूर्व–पश्चिम राजमार्गस्थित जिर्ण अवस्थामै रहेको चापिनी खोलाको पुल भने केही साताअघि मर्मत भएपछि सो पुलमा अहिले जाम कम हुन थालेको छ । लखन्देही पुलमा मर्मतको काम नहुँदा खाल्डाखुल्डीका कारण सवारी पास हुन समस्या भइरहेको चालकहरुले बताएका छन् । त्यस्तै, केही साताअघि मर्मत गरिएको सर्लाही खण्डको पूर्व-पश्चिम राजमार्गमा पुनः खाल्डाखुल्डी पर्न थालिसकेको छ । हुन त यहाँ का नेताहरु आसगरेर बसेका होलान कि यो त अब एसियन हाइवे बन्ने मा पर्छ तर त्यो कार्य कहिले होला भन्न सकिदैन एस बखत मा यहाँ का जनता ले जुन पिडा भोग्नु परेको छ त्यो सफर गर्ने व्यक्ति नै जान्दछ्न। अब ध्यानाकर्षण को लागि केन्द्र ले चासो देखाउनु पर्यो्।


