
काठमाडौ, १० पौष । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १४औं शृङ्खला शनिबार सम्पन्न भएको छ ।
अभ्यासमा ५५ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला नियमित सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिलामा उक्त शृङ्खला सञ्चालनमा ल्याइएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १४औं शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको टुक्का

बलात्कार हत्या हिंसा, गहना हुन् नेपालका,
जवाफ हुन् जनताका, अनैतिक सवालका ।
✍️ वसन्त अनुभव
***********************
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
१//
बन्द आँखा अन्धाे कानुन हत्या हिंसा भयाे अरे,
धन बल शक्ति छ र छुट्छन् बाँकी कसुर ठरे ।
✍️
ताराप्रसाद चापागाईं, धादिङ्ग ।
*************************
२//
नमान लाज रत्तिभर अपराधलाई बढावा देऊँ
कानुनी संरक्षण दिदै तिमी अपराधीकै पक्ष लेऊँ ।
✍️
वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ
*************************
३//
बलात्कार गरेको छ राज्यका सब अङ्गले,
न्याय, इन्साफ मारेको, देखियो गैर ढङ्गले ।
✍️
अम्विका अधिकारी, झापा विर्तामोड
*************************
४//
जस्ले गर्छ हत्या हिंसा बलात्कार, उसैको हुन्छ ठुलो रवाफ ,
सरकार उसैलाई टेवा दिन्छ ,जनतालाई छैन जवाफ ।
✍️
बुद्धिमान चौधरी, कनकाई नगरपालिका ४ झापा
*************************
५//
हत्या हिंसा, बलात्कार कस्ले गर्याे भन्नु,
चाेख्याउछ कानुनले खै कस्लाई गन्नु ?
✍️
अच्युत घिमिरे- दोभान सर्पाङ्ग, भुटान
*************************
६//
हत्या हिंसा बलात्कारलाई जति सक्यो बढावा दिन्छु,
पीरै छैन कानुन छ खल्तीमा पुलिस पहिल्यै किन्छु ।
✍️
शर्मिला श्रेष्ठ, भैंसेपाटी,ललितपुर
*************************
७//
कानुन भएर पनि नभए जस्तो,
पशु झैँ नेपालमा बलत्कार कस्तो।
✍️
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”, पनौती-३,काभ्रे
*************************
८//
बलात्कार र हत्या हिंसा गहना हुन् यदि भने,
थुक्क तिमीभन्दा विवेकशील पशुपंक्षी बने ।
✍️
गुणनिधि घिमिरे #पाँचथर #मोरङ
*************************
९//
सानालाई ऐन ठूलालाई चैन हुने भएछ,
निमुखाले न्याय पाउने दिन त अब गएछ ।
✍️
गंगा खड्का, बूढानीलकण्ठ १, काठमाडौँ
*************************
१०//
हत्या हिंसा बलात्कार जस्तै भयो यहाँ खेल,
विचार ब्यवहारमा सधै नेताको वेमेल।
✍️
सुरेशकुमार पान्डे।दाङ घोराही१८
*************************
११//
अपराध गरी जसले धाक धक्कु लाउँछ,
उसैले नै सुनै सुनको फूली पनि पाउँछ।
✍️
डम्बर थामी ‘अनुपम’, कालिन्चोक गाउँपालिका-६, दोलखा
*************************
१२//
नेताहरुले अवैधानिक चाेट दिए जनता माथि,
जनताले नि अनैतिक भाेट दिए थापी चाेक्टा पाथी ।
✍️
निरज कोइराला बेलका १ उदयपुर हाल: इटहरी
*************************
१३//
चोखो भयो बलात्कारी पाँच दिन बसी जेल ,
माला भिर्यो जुलुसमा, कति हेर्नु यस्तो खेल।
✍️
मनोहरी पौडेल, नवलपुर ,गैडाकोट
*************************
१४//
बलात्कार गरी हत्या हिंसा हुन्छ, आन्दोलन पर्ने गर्नु,
संरक्षण गर्छन् हत्यारालाई, पीडित सधैंभरि मर्नु?
✍️
भगवती दवाडी ,झापा
*************************
१५//
छैन् कानुन यहाँ बोलवालाकै छ जालझेल,
हेर्नुपर्छ दिनदिनै बढ्दै छ फोहरी खेल।
✍️
सुरेखा चाम्लिङ्ग, भक्तपुर
*************************
१६//
हत्या हिंसा बलात्कार त दिनहुुँको खेल,
हाम्रो कानुन कहाँ भाग्यो शान्ति तर्यो भेल।
✍️
इश्वरी अधिकारी
*************************
१७//
मानिसलाई मारेर गुण्डा शक्तिशाली बन्ने,
शक्तिकै खेल रह्यो मानव अधिकार भन्ने।
✍️
भूषण जंग, ललितपुर
*************************
१८//
सीतामाताको जन्मथलो भनिने यो नेपालमा,
चेलीबेटीहरु असुरक्षित देखिन्छ हालमा।
✍️
बी.कुलुङ, दार्जिलिङ (भारत)
*************************
१९//
सत्तामा टिक्न टिकाउन,बिक्न बिकाउन,
अनैतिक उपाए अरु, के छ सिकाउन।
✍️
होम प्रसाद नेउपाने, धरान,सुनसरी ।
*************************
२०//
कुर्सी हत्याउन बलियो दाबेदारी झन,
एक, दुई अपराध देखाऊँ कति छन ?
✍️
म्यामराज राई,भोजपुर
*************************
२१//
देशको संविधान अनि कानुन,
बाठाको भयो सोझाले के जानुन।
✍️
बिके मुखिया, दार्जीलिङ, भारत।
*************************
२२//
भएका छन् नेता ठुला यस्तै काम गरी,
बस्दैछन् जनता मार चपेटामा परी।
✍️
अनुग्रह राना मगर ‘पुष्प’, संखुवासभा हाल मलेसिया
*************************
२३//
भ्रष्टाचारी, बलात्कारी र अपराधिलाई प्रोत्साहन र पदक,
फाँसीदेऊ राम्रो काम गर्ने, सत्य बोल्नेलाई हुन् देशका बाधक।
✍️
रामकुमारी खड्का
*************************
२४//
हत्या हिंसा बलात्कार दिन दिनै बढ्दै गयो,
त्यही कानूनको खोस्टो पनि नेताज्यूकै भयो ।
✍️
इन्दिरा देवकोटा, कपिलवस्तु न .पा .३
*************************
२५//
बलात्कार गर्ने संसदमा छन्, हत्या गर्ने मोजमा,
हामी लाग्नुपर्ने रातदिन अपराधीकै खोजमा ।
✍️
राजेशराज गड्तौला, रतुवामाई- १०, मोरङ, हाल- प्रवास
*************************
२६//
भ्रष्टाचारी बलात्कारीका हात माथी,
थिचोमिचोमा नै भए जनता साथी।
✍️
टिकाराम पुन (टिपु), सल्यान छत्रेश्वरी २
*************************
२७//
हत्याहिंसा, बलात्कार, ठान्दा रैछन् हतियार ,
स्वार्थ लुट्न पल्किएका, सत्ताका ती मतियार ।
✍️
केशवप्रसाद ढकाल `प्रीतबीज´,गाेरखा
*************************
२८//
दुखे पनि दुखे छैन भन्नु छोरी सहिदिनू,
दुनियाँका दुःख पीडा आफैँभित्र भरिलिनू।
✍️
पौडेल विमुन्स 💕 पोखरा कास्की 💕
*************************
२९//
कानुन माथि सवार गर्छ अपराधी कहाँ?
जवाफ आयो कसैको नेपाल देश छ जहाँ।
✍️
अनिल खग्रास, पर्वत
*************************
३०//
शासक र कानुन अन्धो भएपछि के गरोस् देशले?
तिनले त जानीजानी छोपेकै छन् आँखा कालो भेषले।
✍️
दीपक ठटाल जलन,खरसाङ,दार्जीलिङ।
*************************
३१//
बलात्कारी र भ्रष्टाचारीलाई सम्मान छ नेपालमा ।
कति बोल्नु हामी जनताले हत्याहिंसाको सवालमा ।
✍️
श्री लिम्बू आङ्बुहाङ पाँचथरे
*************************
३२//
हत्याहिंसा र बलात्कार गर्ने सबै ठूला-बडा हुन्छ,
मान सम्मान त्यस्तैलाई मिल्छ मान्छे पाउ सम्म छुन्छ।
✍️
अरुण कुमार भुजेल, गोरूबथान,कालेबुङ्ग,भारत।
*************************
३३//
हत्या हिंसा बलात्कारकै रजाइँ भयो देशमा,
दस नङ्ग्रा कसरी खियाउनु यो परिवेशमा ?
✍️
संझना (कुसुम)
*************************
३४//
देशमा कानुन छैन ठोस, के गर्नु खै रोष,
चल्छ सधै मनपरी तन्त्र, हुन्न कुनै दोष !
✍️
बिबश पारदर्शी, भद्रपुर न०पा० २ झापा
*************************
३५//
नेपालमा हत्या हिंसा बलात्कार धेरै हुन्छ ,
यो मेरो मन घरीघरी बेसरी यहाँ रुन्छ ।
✍️
बिक्रम तिरुवा सलिन, तिला गाउँपालिका ३ कुडारी जुम्ला
*************************
३६//
विधि विधान छ देशमा राम्रो पालना गरे पो हुन्छ
बलत्कार र हत्या गर्ने लाई नियमले कहाँ छुन्छ ।
✍️
सूर्यमणि रेग्मी, चितवन
*************************
३७//
दिन दहाडै हत्या अपराध हुन्छ मेरो देशमा,
रक्षक आफै भक्षक बनि आउँछ छद्म भेषमा ।
✍️
कर्ण दयाल, मेलौली नगर पालिका ७, बैतडी
*************************
३८//
हत्या हिंसा बलात्कार गर्न सक्छ जसले,
बुबा मन्त्री आमा नेता के गर्छ र कसले?
✍️
मन्दिरा सेढाई, मलेखु,धादिङ
*************************
३९//
हत्या हिंसा बलात्कार नै राष्ट्रका हुन् खेल ,
जो जो सक्छन् खेल्न तिनको हुन्छ पूर्ण मेल।
✍️
रामजी लामिछाने
*************************
४०//
अन्यायीको पक्षपोषण जो जसले गर्छ सुन,
हत्या हिंसा बलात्कारका भागिदार तिनै हुन।
✍️
बिके माकजु ,भक्तपुर ।
*************************
४१//
के के हुन्छ के के यहाॅ, हिजो भन्दा झनै आज,
गर्नेलाई भन्दा ज्यादा, देख्नेलाई हुने लाज।
✍️
घनश्याम पौडेल
*************************
४२//
मेरो चोटहरुले बिर्सने छैनन्, कस्तो लज्जाहीन कानुन,
आजै बलात्कार हत्याहिंसा बिरुद्ध बज्नेछ बिगुल धुन।
✍️
जिकुमार गौतम भद्रपुर -१ पृथ्विनगर झापा
*************************
४३//
भ्रष्टाचारी महोदय कानुन हात लिन्छन् ,
जनताका प्रतिनिधि उसकै साथ दिन्छन् ।
✍️
त्रिलोचन भण्डारी, झापा
*************************
४४//
बलात्कारी,हत्या, हिंस्रकलाई सधै मिल्छ चैन,
गरिब, दलित, निमुखाले बोल्न पाउने हैन ।
✍️
जमुना आचार्य, कपन काठमाडौं
*************************
४५//
हत्या हिंसा र बलात्कारले छ समाज विकृत भएको,
जनताले बनाएको सरकार खै जनतामा गएको ।
✍️
पुष्पाशायरा । बिराटनगर ।
*************************
४६//
छोरीको न्यायको लागि बुबा अदालत धाउने,
बेचिएकाे न्यायालयबाट उल्टै पिडा पाउने।
✍️
सुमिना तिमल्सिना, भक्तपुर
*************************
४७//
हत्या हिंसा किन घट्थ्यो कानुन उनकै हात,
जनता हामी उस्तै सबै बढाइदिन्छौं मात ।
✍️
कमला देवकोटा, पाल्पा
*************************
४८//
घातक एमसिसि’को चलायो तीर,
पास नभए त उडाउँछ रे शिर ।
✍️
रिजाल विनोद, बेलबारी ०२ मोरङ
*************************
४९//
बलात्कार हत्या हिंसा,भए नेपालका खजाना,
जनता भुलाउने आश्वासन नेताका बहाना ।
✍️
दुर्गा भट्टराई, मोरङ
*************************
५०//
बलात्कार ,अन्याय, घुसखाेरी ,दुई नम्बरी जसले गर्छ,
संरक्षित हुन्छ त्यही मान्छे यहाँ जसको मन्त्री आफ्नाे पर्छ।
✍️
रामकृष्ण रिजाल, बा न पा १३ बागलुङ
*************************
५१//
रातोदिन हत्या हिंसा बलात्कार आफै बन्छ हतियार,
दुख लागेर आउँछ गरिबकै सधैं भएको छ हार ।
✍️
सहयात्री शाेभा अर्याल, रुपन्देही बुटवल
*************************
५२//
नेपालमा बलात्कारको त फेसन नै भयो,
नियम कानुनको कुरा गर्ने खै कता गयो?
✍️
ललिता अभागी, सुनकोशी५ सिन्धुली
*************************
५३//
बाबु, दाइ, काका घरकैबाट ईज्जत् लुटिने डर,
अब कहाँ जानु, कता भाग्नु र कसको गर्नु भर?
✍️
दुर्गा आचार्य, मोरङ
*************************
५४//
हिंसाप्रेमी प्रभु आफैं उनै रच्छन् बलात्कार,
आउ आजै ख्वामितलाई चढाऔँ उपहार।
✍️
रामकृष्ण दुवाडी
*************************
५५//
हत्या हिंसा बलात्कार गर्नेलाई उनै गर्छन् सम्मान जान,
सिधासाधा सत्यमा हुनेलाई गर्छ न्यायले त्यो अपमान ।
✍️
बेदु न्यौपाने काठमाडौ
*************************
जय टुक्का ! जय साहित्य !!