
उदक साहित्य समाज नेपालको आयोजनामा उदक वाचन कार्यक्रमको तेस्रो शृङ्खला मिति २०७८ साल कार्तिक महिनाको २१ गते आइतबार सम्पन्न भएको छ ।
उदक वाचन कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम साहित्य कला संगीत प्रतिष्ठान टीकापुरका उपाध्याय बालकृष्ण खनालले उदक नेपाली साहित्यमा काव्यिक विधा अन्तर्गत अब्बल रहेको बताउँदै आफ्ना उदकहरू गेयात्मक रूपमा वाचन गर्नु भएको थियो ।
सो कार्यक्रमका विशिष्ट अतिथि वेदविज्ञ तिलकप्रसाद लुइटेलले समाज र राजनीतिक अवस्था परिवर्तन गर्न खातिर साहित्यिक भूमिका महत्वपूर्ण रहेको जानकारी गराउँदै थोरै समयमा धेरै भाव अभिव्यक्त गर्न सहज भएकाले उदक भविष्य उज्यालो भएको बताउनु भयो ।
जम्मा बाइस जनाको उपस्थिति रहेको सो उदक वाचन कार्यक्रममा कविता आचार्य, पुष्प रानामगर, देवेन्द्र शाक्य, सरस्वती श्रेष्ठ, धर्मी शाक्य, लक्ष्मीप्रसाद मिश्र, जमुना कायस्थ, बादल गुरुङ वियोगी, सुरेशचन्द्र घिमिरे, घनश्याम पौडेल, वसन्त अनुभव, तिला लेकाली, प्रद्युम्न चालिसे, श्रीकृष्ण शर्मा, श्रद्धा आचार्य, कमला देवकोटा, बुद्धिप्रसाद लामिछाने लगायतका उदक यात्रीहरूले आ-आफ्ना उत्कृष्ट उदकहरू वाचन गर्नुभएको थियो ।
उदक साहित्य समाज नेपालका अध्यक्ष आर्त अकुलीनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य समाजकी उपाध्यक्ष सविता केसीले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन समाजका महासचिव हिमाल अम्मैले गर्नुभएको थियो ।


हार्दिक आभार सम्पुर्णलाई बधाई