
१)
सयपत्री मखमली गुरदौली बेली,
किन फुले बगैंचामा रुवाउन चेली।
२)
बगैंचामा जानु हुन्न आँशु बरबर,
किन फुले मखमली लाउने को छर?
३)
परदेशीए दाजुभाइ फर्कने नि हैनन्,
आफैँ जाउँ भनेपनि लग्दिने कोही छैनन्।
४)
हातमा फुलको माला लिइ बसेकी छु कुरि,
कहिले आउँला भेट हुने ती समय जुरि।
५)
भाइ मेरो परदेश गयो दाइ मुग्लान् पसे,
भन्छन् सधै दिदिबहिनी पिर नमानी बसे।
६)
हाम्रो धर्म सस्कृतिलाई नमाने नि हुन्न,
तिहारमा हात खाली कसको मन रुन्न।
७)
दाजु उता रुदै होलान् बहिनी यता रुन्छे,
आफ्नो माइती सम्झिई आँसुले मुख धुन्छे।
✍️ मन्दिरा सेढाई
मलेखु,धादिङ

