जापान र साउदी अरेबियाको जित, अष्ट्रेलिया बराबरीमा रोकियो

  • १ मंसिर २०७८, बुधबार १०:३१ मा प्रकाशित

  • काठमाडौं । विश्वकप छनोट अन्तर्गत जापानले ओमानमाथि १–० गोलको जित निकालेको छ । जुन्य इटोको निर्णायक गोलमा जापानले लगातार तीन खेलमा जित निकालेको हो ।

    पहिलो हाफमा गोलरहित खेलेको जापानका लागि ८१औं मिनेटमा इटोले गोल गर्दै टिमलाई जित दिलाएका थिए ।
    समूह ‘बी’कै अर्काे खेलमा अष्ट्रेलियाले भने चीनसँग १–१ गोलको बराबरी खेलेको छ । पहिलो हाफमा अग्रता बनाएको अष्ट्रेलियाले अन्तिमसम्म आफ्नो अग्रतालाई जोगाइ राख्न सकेन । ३८औं मिनेटमा मिचेल डुकेले गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाए ।

    ७०औं मिनेटमा वे ले गोल गर्दै टिमलाई हारबाट जोगाए । यता समूहको शीर्ष स्थानमा रहेको साउदी अरेवियाले भेतनाममाथि १–० गोलको जित हात पारेको छ ।
    नतिजासँगै समूह ‘बी’मा साउदी अरेवियाले ६ खेलबाट १६ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको जापानले १२ अंक जोडेको छ । अष्ट्रेलिया ११ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ ।

    Leave a Reply