
७ नोभेम्बर २०२१! गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल-कासिम द्वारा दशै, तिहार साथै छठ पर्वको पावन अबसरमा अल कासिम क्षेत्रमा रहेका दाजुभाइहरुलाइ भेला गरि शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।।
बिगत दुई बर्षदेखि कोरोना कहरले गर्दा राम्रोसँग आफ्नो चाडबाड मनाउन नपाएको र यो बर्षमा अबस्था सामन्य रहेकोले गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अल- कासिमले गत शुक्रबार, ५ नोभेम्बर २०२१ का दिन सिग्गा बुरैदा स्थिति एक इस्त्राहमा दशै, तिहार साथै छठ पर्बको अवसरमा भब्य तथा सभ्य कार्यक्रम आयोजना गरेको क्षेत्रीय समितिका सचीव ध्रुब कटुवालले जानकारी दिए ।
बुरैदा आस पासमा रहनु हुने नेपाली दाजु भाइ तथा दिदी बैनीहरुलाइ नेपालमा रहेर परिवार संगै मनाइएको आभास महसुस गराउनका लागि गरिएको उक्त कार्यक्रम समितिका वरिष्ठ उपाध्यक्ष कृष्ण अधिकारीको अध्यक्षतामा सचिब ध्रुब कटुवालले संचालन गरेका थिए ।
उक्त कार्यक्रममा उपस्थित सम्पुर्ण दाजुभाइहरुले यसरी कार्यक्रम संचालन गरेकोमा एनआरएनए आरसिसी टिमलाइ धन्यवाद प्रदान गर्दै देउसिको सांस्कृतिक मनोरञ्जन लिदैं एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए ।
कार्यक्रममा आर सि सी अल-कासिमका सम्पुर्ण पदधिकारी लगायत बुरैदा आस पासमा रहनु हुने ४०- ५० जना नेपाली दाजुभाइहरुको उपस्थिति रहेको थियो।
कार्यक्रम सहभागीहरुलाई दिपावलीको मौलिक परिकार सेलरोटी लगायत नेपाली खाना खुवाइएको थियो ।
उक्त कार्यक्रमलाइ सभ्य तथा भब्य रुपमा सफल पार्न सहयोग गर्नुहुने आफ्नो सम्पुर्ण आरसिसि टिम साथै विशेष गरेर श्री धमेन्द्र कार्की ज्यु, श्री सबिन श्रेष्ठ ज्यु लगायत सम्पुर्ण उपस्थित हरुमा आर सि सी अल कासिम आभार प्रकट गरेको थियो ।





