अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसकाे अवसरमा “लैङ्गिक समानता तथा महिला हिंसा विरुद्ध विशेष टुक्का लेखन अभ्यास श्रृङ्खला-२६” सम्पन्न

  • १० मंसिर २०७८, शुक्रबार २२:५९ मा प्रकाशित
  • काठमाडाैँ, 
    अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसकाे अवसर पारेर २०७८ मङ्सिर ९ गते टुक्का साहित्य समाजले “लैङ्गिक समानता तथा महिला हिंसा विरुद्ध विशेष टुक्का लेखन अभ्यास श्रृङ्खला-२६” सम्पन्न गरेकाे छ। 

    टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईकाे संयाेजकत्वमा सन्चालन भएकाे उक्त कार्यक्रममा विश्वका विभिन्न स्थानबाट ९२ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे ।

    कार्यक्रमकाे समापनकाे क्रममा संयाेजक/ अध्यक्ष चापागाईंले कानुनमा उल्लेख भएता पनि कार्यन्वयन पक्ष फितलाे भएका कारण विश्वमा नारी र पुरुष बिचमा विभेद र हिंसा कायम नै रहेकाेमा चिन्ता व्यक्त गर्दै, लैङ्गिक आधारमा फरक नछुट्याई समाजमा “नर हाेस या नारी, समान जिम्मेवारी” भन्ने कुरामा सबैलाई सचेत गराउनु पर्नेमा जाेड दिँदै उत्साहपूर्वक टुक्का लेखनमा सहभागी हुने सम्पूर्ण सर्जकहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भयाे । 

    अभ्यासका क्रममा सङ्कलन गरिएका लैङ्गिक समानता तथा महिला हिंसा विरुद्ध सिर्जना गरिएका टुक्काहरू 
    [१]
    १.
    मानव हामी समान देखाै नरनारि बराबरी,
    समान हक र कानुन बनाउँ फरक नगरी । 
    २.
    लैङ्गिक समानता सबकाे अधिकार,
    हिँसा हैन अब सबलाई गराैँ प्यार । 
    ✍️ ताराप्रसाद चापागाई
    धुनिबेसी ।

    [२]
    १. 
    महिला पुरुष बराबरी, अलग नठानौँ
    एकलाई उच्च अर्कोलाई अछुत नमानौँ ।
    २. 
    सम्मान गरौँ महिलाको हामी, उनी छिन् महान
    रातदिन गर्छिन् हेरचाह परिवार जहान ।
    ✍️ राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- प्रवास

    [३]
    १.
    महिला हिंसा अन्त्य बारे मनाउँदै छु दिवस,
    बिहानै ससुराले टोकसेको सम्झन्छु सकस।
    २.
    सङ्घर्ष घरभित्र मर्दै बाँचेको छ चुलो चौकामा नै किन,
    पुरुष सर्दैन अघि स्वास्नी बिमारी हुँदा पनि खान दिन।
    ✍️ पौडेल विमुन्स
    पोखरा कास्की 

    [४]
    १.
    महिला हिंसामा हजुर हुन्छन् महिला नै अगाडि,
    पुरुष त दर्शक रे महिला हुन् राष्ट्रिय खेलाडी ।
    २.
    हिंसा र विभेद अन्त्य गर्नलाई शुरु घरबाटै गरौ,
    निरङ्कुशताको अन्त्य गरेर मायाप्रेम सर्वत्र छरौ।
    ✍️ वसन्त अनुभव 
    घोराही उपमहानगरपालिका  १४ दाङ

    [५]

    महिला पुरुष भन्ने गर्छौ पाङ्ग्रा एकै रथका,
    देखिंदैन कहिल्यै पनि हिड्ने एउटै पथका।

    समान हक र व्यवहारले मात्रै हुन्छ असल,
    भेदभाव रहित हुनुपर्छ मित्रताको पसल।
    ✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    [६]
    १.
    थोपा थोपा मिली सागर बने झैं घरै पिच्छे आवाज उठाऔं,
    चेतना नै महत्वपूर्ण कुरा हो महिला हिंसा आफैँ भगाऔं ।
    २.
    दिनानुदिन हाम्रो समाजमा असुरक्षित छिन् अबोध बालिका,
    विविध पक्षमा नारी बन्नै पर्ने अवस्था आयो माँ दुर्गा कालीका ।
    ✍️ शर्मिला श्रेष्ठ 
    भैंशेपाटी, ललितपुर

    [७]
    १.
    हेपिदै थेचिंदै कुटिदै कति फुटे चुरा,
    खोज्न उठ नारी अब अधिकारका कुरा।
    २.
    सहदै बसे त लुटिन्छ अस्मिता अझै कति,
    आगो बाल्नु पर्छ फुकेर झिल्को रहेको जति ।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [८]

    लैङ्गिक विभेद हो अमानवीय, दण्डनीय अनि पाशविक कार्य
    समाजको विकासमा आधा अकाश नारीहरू नि छन् अपरिहार्य । 

    नारीकै कोखबाट जन्मिएर सुन्दर मुहारमा तेजाब छर्कनेहरू
    यिनै पुरुष नामका जनावर हुन् धराका कलङ्क कोही होइनन् अरू । 
    ✍️ श्रीकृष्ण शर्मा, पोखरा

    [९]
    १•
    महिला पुरुष एकै रथका दुई पाङ्ग्रा भए,
    भिन्न जाति बनाएर हेर्ने ति दिनहरु गए।
    २•
    आमा दिदी बहिनी नै, हुन् महिला भने पनि,
    यति ठूलो भेदभाव, बनाउॅछौ किन अनि।
    ✍️ घनश्याम पौडेल, सृजना चोक
    पोखरा

    [१०]
    १.
    समानताकाे के कुरा गर्नु बुझ्नु पर्छ सबैले कसि ,
    सूर्यको अघि बिलिन हुन्छ देखिन्‍न कतै हेर शशी। 
    २.
    अधिकार खोज्दै नलडेसम्म हुँदैन तिम्रो भलो कदापि,
    दबाई इच्छा चाहना सबै खुसीयाली बाड्छौ तिमी तथापि।
    ✍️ अनिल खग्रास

    [११]

    यो श्रृष्टि महिला पुरूष बिना सम्भव छैन,
    किन होला महिलाहरू लाई सम्पत्ति भैन।

    नारी पनि त मानिसहरू हुन हिंसा किन,
    जगतको कल्पना गर्न सकिन्न नारी बिन।
    ✍️ सुरेशकुमार पान्डे
    दाङ घोराही-१८

    [१२]
    १.
    सेवा गर्छाे पुरुषलाई सधै भरी न्यानाे ताताे 
    महिलाले केही बाेल्नु परे डरले मुख राताे । 
    २.
    घरेलु ती पेशाहरु, उनका नाममा छाप,
    संस्कार पनि उनकै पेवा नत्र लाग्ने पाप।
    ✍️ मनोहरी पौडेल
    गैडाकोट १-नवलपुर

    [१३]
    १ 
    महिला हिंसा अन्त्य गर्न सबै जुट्नुपर्छ,
    आ-आफ्नाे ठाउँ बाट नारीहरू उठ्नुपर्छ।
    २ 
    बस्नु हुदैन नारी तिमीले चुलाे चम्काे समाई
    समानता ल्याउनु पर्छ समान हुन्छ कमाई।
    ✍️ सीता काफ्ले 
    सि न पा-८ ,भैरहवा 

    [१४]
    १.
    महिला हिंसा विरुद्धमा  ऐक्यबद्धता गर्नु ,
    देवी हुन् नारी, उनको जीवन खुसीले भर्नु।
    २.
    एउटै रथका दुई पाङ्ग्रा नारी जाति सारा
    यिनलाई पनि दिनुपर्छ छुन जुन तारा।
    ✍️ गङ्गा खङ्का
    बुढानिलकण्ठ, काठमाडाैं । 

    [१५]
    १.
    नारी पुरुष समान हुन् अलग नठान
    छोरी पनि त तिम्रै सन्तान भिन्न नमान ।
    २.
    बढेको छ हिंसा नारी माथी झन
    नारी बिना सृष्टि चल्छ भने भन । 
    ✍️ इन्दिरा देवकोटा 
    कपिलवस्तु न .पा .३

    [१६]
    १.
    महिला न्यायको प्राप्ति हिंसामुक्त समाजको ,
    निर्माण गर्न लौ जाग युवा माग छ आजको ।
    २.
    नारीले नारीका माथि हिंसा शोषण जे जति,
    गर्दछौ सब ती च्याती  बढाउ समता गति ।
    ✍️ रामजी लामिछाने, पोखरा-२७

    [१७]
    १.
    लुकेर होइन अब नारी जुटेर आऊ
    अन्धविश्वासको जेलबाट छुटेर जाऊ ।
    २.
    सम्मान गर्नु छोरीलाई  ऊ बिना श्रृष्टी चल्दैन 
    अन्धकार हुन्छ घर, कुनै दिन चुलो बल्दैन ।
    ✍️ सीता आस्था ढुङ्गेल
    हाल: काठमाडौँ

    [१८]
    १.
    कहिले हट्ने हाेला महिला हिंसा अत्यचार 
    न्याय पाउने आशमा वित्याे जीवनकाे सार ।
    २.
    एकपछि अकाे परिरह्याे पीडा बारम्बार 
    सहँदा सहँदै हराई गयाे बाँच्ने आधार।
    ✍️ भावना मञ्जु
    झापा, हाल – माेरङ

    [१९]
    १.
    एक रथका दुई पाङ्ग्रा सधै हाम्रो नारा
    नारालाई सार्थक पार्न बाेकाैं अभिभारा।
    २.
    हत्या, हिंसा, बलात्कार निर्मूल पार्न जुटाैं
    सम भाव फैलाउन नारी पुरुष उठाैं।
    ✍️ मित्र उराठी गाैतम
    अमरपुर-गुल्मी हाल:बुटवल

    [२०]
    १.
    गर्भमै धेरै नारीको वध गरेर पुत्र पाल्यो
    उसैले बेसहारा बनाएर वृद्धाश्रम फाल्यो ।
    २.
    तेल छैन भने सुख्खा दियो बल्दैन
    नारीविना पुरुषको घर चल्दैन ।
    ✍️ रिजाल विनोद 
    बेलबारी-०२, मोरङ

    [२१]
    १,
    लैङ्गिक समानता भनेर कानुनमा मात्र लेखियो,
    कार्यान्वयन भएको नत आज सम्म कतै देखियो।
    २,
    महिला का हिंसा दिन दहाडै गरिरहन्छन् जहिले,
    सर्वसाधारण जेलमा ठोसेर दोषी छुट्छन् पहिले।
    ✍️ लक्ष्मी श्रेष्ठ
    बिर्तामोड, झापा

    [२२]
    १.
    हुर्किदै गरेकाे बिरुवालाई नमार,
    बढ्न दिनुहाेस यस धर्ति मै उमार।
    २.
    छाेरी चेली माथि  बारम्बार हिंसा किन,
    नारी बिना संसार चल्दैन कुनै दिन ।
    ✍️ सहयात्री शाेभा अर्याल 
    रुपन्देही

    [२३]
    १•
    नारी बिनाको संसार कस्तो होला सबैले सोच्नु,
    महिला हिंसाको अन्त्य गर्न सुन्दर बाटो रोज्नु।
    २•
    सबै मिली हत्या हिंसा हटाउ बलात्कार,
    नगरौ है नारी माथि अन्याय अत्याचार।
    ✍️ निर्मला शाही ठकुरी, दैलेख

    [२४]
    १.
    सृष्टि वाहकका लागि सम्मान गर्ने दिन आअाेस्
    महिला हिंसा गर्नेले अब कडा सजाय पाअाेस्।
    २.
    जीवन चक्र पूर्ण हुन महिला नै चाहिन्छ,
    पुरुषको प्रगतिमा पनि साथ उनकै पाइन्छ।
    ✍️ कमला  देवकोटा, पाल्पा
    हाल  काठमाडौ

    [२५]
    १.
    किन होलान् सासू बुहारीमा मिल्दैन् तालमेल
    नारीद्वारा नै भएका छन् नारी हिंसाको खेल।
    २.
    सुन ए! राक्षस सुन! अत्याचारी
    जननी हुन् नारी सृष्टिकी पुजारी ।
    ✍️ बी.कुलुङ
    दार्जिलिङ

    [२६]
    १.
    खस्किदै गयाे हाम्रो देशको राजनीति झन्झन्,
    बलियो बनाउनु पर्छ महिला सङ्गठन।
    २.
    राष्ट्र नै कमजोर भएसी अन्तर्राष्ट्रिय के गर्छ,
    महिला हिंसा अन्त्य गर्न राष्ट्र बलियो हुनुपर्छ।
    ✍️हिउँकला हाँसी खतिवडा, कैलाली,

    [२७]
    १.
    समयले सभ्यता माग्छ मान्छे जंगली बन्दै गयो, 
    महिला माथिको हिंसा अपराध डर लाग्दो भयो।
    २.
    अब चेली बेटी बेचबिखन विरुद्ध सशक्त आवाज उठाऊँ,
    जनताले अपराधी समात्न सरकारलाई सचेत गराऊँ।
    ✍️ रवीन्द्रनाथ पोखरेल 
    देबचुली,नवलपरासी 

    [२८]
    १.
    महिला अपमान तिरस्कार को जालो तोडौ
    नारी माथि हुने हिंसा बन्द गरेर नै छौडाै ।
    २.
    कमजोरी नठान नारी को महानता जान 
    नारी माथि हिंसा हैन सदैव गरौं सम्मान ।
    ✍️ सूर्य मणि रेग्मी
    चितवन

    [२९]
    १.
    नारीलाई खेलौना सम्झिने पुरुष अझैपनी संसारमा छन्,
    यिनै पुरुषको अत्यचार सहँदा लजित भएर रुन्छन् झन्।
    २.
    गर्भ लाग्छ नारीहरू अघि बढेकाे देखेर,
    नराेकाै है नारीले नै नारीकै भाग्य छेकेर।
    ✍️ कमला पाण्डे पराजुली, झापा

    [३०]
    १.
    नभए नारी यो सारा जगत् सृष्टि नै चल्दैन 
    संसार नै अन्धकार हुन्छ दृष्टि नै बल्दैन  ।
    २.
    जन्मिन्छे छोरी भनेर पहिल्यै गर्भमा नमार,
    उन्मुलन गरौ महिला हिंसा धर्ममा उमार ।
    ✍️ विबश पारदर्शी 
    भद्रपुर – २ झापा

    [३१]
    १.
    मानवता मरेको देशमा खै के भन्नु,
    लाखौं छन् महिला हिंसा, ती कसरी गन्नु ।
    २.
    कानुन लेख्छन् पानाभरि 
    महिला हिंसा नानाथरी ।
    ✍️ सावित्री पाैडेल
    काठमाडाैं । 

    [३२]
    १.
    नारी हिंसा अन्त्य पार्न सबै लागि परौ
    शान्ति हुन्छ एकदिन बरु दु:ख गरौं। 
    २.
    गर्नै पर्ने देखियो फेरी यहाँ त क्रान्ति 
    हुनु पर्छ समाजमा नारीलाई शान्ति। 
    ✍️ बिक्रम तिरुवा सलिन
    तिला गाउँपालिका-३ कुडारी जुम्ला 

    [३३]
    १ . 
    नारी पुरुष बराबर ,सडकमा कति रट्ने 
    बलात्कार , हिंसा र शोषण अब कहिले हट्ने ।
    २.
    नारीलाई सम्मान गरे, घर स्वर्ग बन्छ 
    छोरी, बुहारी एकै हुन, समाजले भन्छ  ।
    ✍️ बुद्धिमान चौधरी 
    कनकाई नगरपालिका-४ झापा

    [३४]
    १.
    समान भाव लिएर नारी पुरुष जुटाैँ,
    समानताको हक ल्याउन  अब नछुटौँ।
    २.
    यिनै नारी नभए यो सारा सृष्टि चल्दैन जगत 
    हत्या हिंसा नारी माथि पुरुष किनगर्छौ फगत । 
    ✍️ बेदु न्यौपाने, काठमाडौ

    [३५]
    १.
    जुनै सरकार आए नि सत्यता तर्फ ध्यान गएन
    जति नै बखान गरे नि महिला हिंसा कम भएन।     
    २.
    देशमा अब महिला कानुन मन्त्री होस 
    स्त्री दोहन गर्नेको सर्वस्व नै खोसियोस।
    ✍️ परिक्रमा श्रेष्ठ 
    धरान 

    [३६]
    १.
    ललाइ फकाइ सहर बजार रात बिरात घुमायेा
    अनेक जालमा फसाई बेहाेसमा नै इज्जत गुमायाे । 
    २.
    यस्तै छ यहाँको स्थिति बिश्वास र भर कसैको हुन्न 
    अरुलै  भन्दा पढेकालै नैतिकताका पाठले छुन्न ।
    ✍️ पवन कुमार बुढाथाेकी 

    [३७]
    १.
    गंगा सागरको छालले झै पर किन फाल्छौ ?
    मरूभूमि बनाई नारीलाई रापमा गाल्छौ ?
    २.
    परिवार समाजमा टाढा हुँदा नढल अब  ।
    अन्धकार हटाउँदै ज्योति स्वरुप बल तब ।
    ✍️ दुर्गा आचार्य
    मोरङ

    [३८]
    १.
    नारी बिना चल्दैन कसैको घर
    सम्मान गरौ परौ उनको भर।
    २.
    सरकार नारी हिंसा खारेज गर,
    महिला हेप्न काेही नि अघि नसर।
    ✍️ प्रेम सुनार, दैलेख

    [३९]
    १.
    महिला माथि घरेलु हिंसा अन्त भएको छैन
    यसैमा लेखे प्रतिवेदन र कति लेखे ऐन।
    २.
    पुरूष प्रधान समाजमा महिला हिंसा अति
    विवाह प्रणाली नै थोत्रो चलन दासीको पति।
    ✍️ भूषण जंग 
    अस्ट्रेलिया

    [४०]
    १.
    महिला हत्या हिंसा रोक्नु पर्छ अब
    नारी पुरुष सक्रिय भै लागौं सब।
    २.
    एक रथको दुई पाङ्ग्रा भन्छन् हाम्रो नारा
    नारा मात्र सीमित राख्ने के हो हाम्रो पारा।
    ✍️ सरस्वती श्रेष्ठ, इटहरी

    [४१]
    १.
    नारीको पहिचान हुन्न लगाउँदैमा सारी।
    काँधमा बोकेर हिँडेका छन् लाखौं जिम्मेवारी ।
    २.
    नारीलाई किन हाे यति कमजोर ठानेको,
    देख्दैनन् यो संसार मीठो ममताले बानेको।
    ✍️ ज्याेती घिमिरे
    गाेदार, धनुषा । 

    [४२]
    १.
    महिला हिंसा र अत्याचार अन्य गर्न लागाै,
    अाजै देखि एकजुट भई आऊ सबै जागाैं । 
    २.
    सद्भाव, सहयाेग र प्रेमले सम्बन्ध प्रगाढ बनाऊँ,
    आउ अन्तराष्ट्रिय महिला हिँसा अन्त्य दिवस मनाऊँ । 
    ✍️ वसन्ती भण्डारी, सुर्खेत । 

    [४३]
    १.
    आफ्नो मुटुको टुक्रा अर्कैलाई सुम्पिएको हुन्छ,
    सबैको सामु हाँसे पनि नारी एक्लै हुँदा रुन्छ।
    २.
    असल बुहारी बनी आमा भई सुनाउँछन् कहानी
    भिखारीलाई पनि राजा झैं बनाई आफू बन्छिन् रानी।
    ✍️ प्रशान्ती राई
    सामसिङ्ग खासमहल, कालेबुङ्ग 

    [४३]
    १.
    भाकल पूरा नभए पनि मन्दिर त धाउँदैछन् 
    महिला हिंसा बन्द गर नत्र काली आउँदैछन् ।
    २.
    हिजो तिमी आमा नहुँदा बाँच्न सकेनाै
    श्रीमती पायाै आमाकाे पक्षमा बकेनाै ।
    ✍️ गृष्मा पौड्याल
    टोकियो जापान

    [४५]
    १. 
    नबिर्स पुरुषहरूको आधी हिस्सेदार नारी हुन् भनेर
    सम्मान गर नारी पुरुषको जिन्दगी बराबर गनेर।
    २. 
    नारी पुरुष एक भई उन्नतिमा लागाैं
    नारी हिंसा विरुद्धमा आवाज लिई जागाै। 
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [४६]
    १,
    दु:खी भएका महिलालाई हसाउनु,
    महिला हिंसा र दास प्रथा हटाउनु ।
    २.
    नमानी सरम लाज मनको कुरा खोल्नु,
    महिला हिंसा बारे पुरुषले पनि बोल्नु ।
    ✍️ साहित्य प्रेमी प्रयासी श्री लिम्बू 
    पाँचथर

    [४७]
    १.
    महिलालाई सम्मान गर्नु जोगाउनु होला
    पति पत्नि मात्र नभएर पार्वती र भोला ।
    २.
    महिलाको सुन्दरता उनको आनन्द होस्
    काली बनी हिड्न दिनुस् आँखा नलाउनुहोस् ।
    ✍️ पुष्पाशायरा,  बिराटनगर ।

    [४८]
    १.
    साक्षर नारी सुखी परिवार,
    नर नारी समान अधिकार।
    २.
    नारी बिनाको जग हुनेछ अन्धकार
    जगमा नहोस अबलाको बलात्कार।
    ✍️ बि के मुखिया
    दार्जिलिङ्ग 

    [४९]
    १. 
    चर्मचक्षु अनि ज्ञानचक्षु स्निग्ध पारेर,
    छोरीलाई  हक दिलाउ  हुँदैन टारेर ।
    २. 
    हिमशैलमा टल्कने त्यो हिउँ जस्तै गोरी,
    भेदभाव नगर अमूल्य रत्न हुन् छोरी ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गाउँपालिका-६, दोलखा ।

    [५०]
    १.
    घरभित्रै छन् विभेदका नियम सुधारौँ सबैले,
    नारीलाई सम्मान दिऊँ हिंसा नगराै है कसैले । 
    २.
    तिमी नारी म पुरुष मिलि बसौं कसैगरि 
    एउटै रथका दुई पाङ्ग्रा हामी बराबरी।
    ✍️ लक्ष्मण समीर
    बर्दिया ।

    [५१]
    १.
    महिला हिंसा बलात्कार बढ्दै गाएको
    थाहा छैन हाम्रो देशमा खै के भएको ।
    २.
    आफ्नै घर समाजमा लैङ्गिक असमानता हुन्छ
    महिला हिंसा भयो भन्दा त मेरो झनै मन रुन्छ।
    ✍️ ललिता अभागी 
    सुनकोशी ५, सिन्धुली

    [५२]

    बाहिर जागिरमा जानु नै हुन्न भन्छन्,
    धेरैको नारी परिवारमा दासी बन्छन् ।

    सचेत नभएर हिंसा बेहोर्नु परेको छ नारीले,
    घरैमा बस्नु पर्ने बाध्यता  छ घुम्टो ओडेर सारीले ।
    ✍️ भगवती दवाडी
    दमक, झापा

    [५३]
    १.
    समान छौँ तिमी हामी भेद गर्नुहुन्न,
    हात छोड्न आवेगमा अधि सर्नुहुन्न।
    २.
    आऊ एक माला उनौँ पिरतीले गाँसी।
    यात्रा गरौँ जिन्दगीको सदा हाँसिहाँसी।
    ✍️ महेन्द्र मान बलामी
    दक्षिणकाली नगर पालिका-९,फर्पिङ,काठमाडौ।

    [५४]
    १.
    कहिले बढ्ने अघि सधैं डराई पछि पर्ने भए 
    हुदैन हिंसा अन्त्य चुल्हो चौको मात्रै गर्ने भए ।
    २.
    आएको छ फेरि पनि हातमा हात मिलाउने
    आफैंले हो नारी पुरुषमा समानता ल्याउने।
    ✍️ हिमा आर सी 
    मेहेलकुना सुर्खेत

    [५५]
    १.
    महिला हिँसा विरुद्ध  ज्ञान छराैँ,
    समान हककाे लागि केही गराैँ । 
    २.
    महिलाहरू हिंसामा नपर्नु
    खराब काम कसैले नगर्नु । 
    ✍️ अरुण नदी खत्री 
    काठमाडाैं । 

    [५६]
    १.
    नारी हुन् सृष्टिको सुन्दर अनमोल फूल,
    संरक्षण गरौं, नगरौं अत्याचार भुल।
    २.
    जगतलाई सुन्दर बनाउन महिलाको खाँचो,
    सफलताको हर पाईलामा उसैको साथ साँचो।
    ✍️ शरद प्रधानाङ्ग, विराटनगर-७

    [५७]
    १. 
    अँध्यारो समाजमा ज्ञानको ज्योति बाल्छन् 
    छोरीले पनि युद्धको गाण्डीव उचाल्छन् ।
    २. 
    पापी, दुष्टहरूले लिंदै आए छोरीहरूको ज्यान,
    सबै मिली सफल पारौं बेटी बचाउ अभियान ।
    ✍️ रचना मोक्तान “यात्री”
    नमोबुद्ध नगरपालिका-५, काभ्रे ।

    [५८]
    १.
    पितृसत्ता नै हो नि नारी हिंसा कारक
    देखियो पुरुष हिंसक रुप धारक ।
    २.
    हुनुपर्छ अब बहुमतको कदर
    गर्नुपर्छ नारीले पितृ सत्ता बदर।
    ✍️ ईशहाक हुसैन
    सिमरा उ. म. न. पा. १४  जि.बारा
    २ नं. प्रदेश

    [५९]
    १.
    लैंगिक समानताको कुरा भ्रमजाल झै भयो यो देशमा
    वकालत गर्नेले नै चीरहरण गर्छन् साधुको भेषमा।
    २.
    महिला विरुद्धको हिंसा कलंक हो समाजको
    यस विरुद्ध लड्नु नै आवश्यकता हो आजको। 
    ✍️ दीपक ठटाल जलन
    खरसाङ,दार्जीलिङ।

    [६०]
    १.
    सेवा भावना सबैमा बढेर आओस्
    समानताको नारा सबै मिली गाओस्।
    २.
    नारी पुरुष समान मुखले भनेर हुँदैन,
    कागजी नाराले मात्र कसैको दिल नैं छुँदैन।
    ✍️ सुशीला पाैडेल
    अर्घाखाँची 

    [६१]
    १.
    महिला हिंसा अन्त्य गर्न कानुन निकै बलियो बनाउनु
    महिला, जनता र सरकार सबैले अगाडि बढाउनु ।
    २.
    समान शिक्षा दिनु पर्छ कानुन बनेको
    कार्यन्वयन नभय र हिंसा यो बढेको। 
    ✍️ नविन जोशी
    प्रदेस ७, कैलाली

    [६२]
    १.
    अर्काकै मुख ताकेर बसेमा केही हुन्न चेली,
    हिंसा बिरूद्ध आफै उठ्नु पर्छ चमेली र बेली।
    २.
    महिलाले महिलालाई कहिल्यै हिंसा नगर्नु,
    लैङ्गिक समानताको जुलुसमा भर नपर्नु।
    ✍️ अरुण कुमार भुजेल 
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [६३]
    १.
    पुरुष तिमी जन्म लियौ नारी कै यो कोखमा
    नारी माथी नै हिंसा गर्छौ ठुलो बन्ने सोखमा।
    २.
    तिम्रो मनको मैलोहरु सबै लुकाएर
    नारी माथि सम्मान गर दिल फुकाएर ।
    ✍️ मन्दिरा सेढाई 
    मलेखु, धादिङ

    [६४]
    १.
    समर्पित हुन्छिन् नारी सबलाई माया गर्छिन्
    त्यही नारी कुनै न कुनै खाले हिँसामा पर्छिन् ।
    २. 
    नियति हैन नारीको सधैं नै हिंसा सहने
    सधैं चुप लागि नबस्नु गर्नु पर्छ कहने ।
    ✍️ रचना शर्मा प्रतीक्षा
    ललितपुर , इमाडोल ।

    [६५]

    इरादा सहि हुँदा मन्जिल टाडा भए पनी लक्ष्यमा पुग्न सक्छिन नारी 
    उधारिएका दु:ख टाली छिचोल्छिन् सफर पूरा गर्छिन साह्रा जिम्मेवारी।

    लैङ्गिक समानता र महिला हिंसा विरुद्ध अन्तराष्ट्रिय महिला दिवस 
    थिचोमिचोमा पारेर नारामा सिमित राखी मनाउनु बाध्यता की विवश?
    ✍️ अबजस चन्द्र, झापा

    [६६]
    १.
    महिला हिंसा  अपराध  हाे भन्ने कुरा जान्नुपर्छ,
    नारी पुरुष एकै रथका दुई पाङ्ग्रा ठान्नुपर्छ ।
    २.
    सरकार सामु राखेका छाैँ लिखित माग हाम्रो ,
    महिला हिंसा गर्नेलाई मृत्युुदण्ड दिनु राम्रो ।
    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [६७]
    १.
    परिवर्तन ल्याउनु छ ए छोरी सासू बुहारी
    हिंसा सहेर मौन नबसौ बन्नलाई संस्कारी।
    २.
    शिक्षा,स्वतन्त्रता,कानुन समान हुनु पर्छ
    नारी माथि बज्रने पहाडहरू यसै टर्छ।
    ✍️ अरुणा श्रेष्ठ ‘अनु’
    भद्रपुर ३, झापा

    [६८]
    १.
    नारी हिंसाको गराैं सधै खुलेर प्रतिकार
    नारी हुन आधा शक्ति सबैले शुभ विचार ।
    २.
    नारी पुरुष दुबै उस्तैे हुन् आधार सृष्टिको
    असमान व्यवहार मात्र भ्रम हो दृष्टिको।
    ✍️ रुपा पाैडेल
    कुपण्डाेल, ललितपुर । 

    [६९]
    १.
    नारी उठाैँ जागौ गाउँ बस्तीबाट उठाैँ 
    अन्याय र नारी हिंसा अन्त्य गर्न जुटाैँ ।
    २.
    समाजमा नारी हिंसा सधैं हुन्छ बलात्कार 
    रास्ट्रपति नारी हुँदा रोक्न लागौं लगातार।
    ✍️ तारा घिमिरे
    सङ्खुवासभा । 

    [७०]
    १.
    किन हुन्छन् आफ्नैबाट चेली बलात्कार मरण?
    अझै पनि बारम्बार ती द्रौपदीकै वस्त्र हरण।
    २.
    हामी सबै मिलेर महिला हिंसा अन्त्य गराैँ
    समाज आधुनिकीकरण गरि अघि सराैँ।
    ✍️ पूजा जिज्ञासु
    पाल्पा, हाल बुटवल । 

    [७१]
    १.
    आमा दिदी, बहिनी भाउजू देवीका रुप थरीथरी
    नगराैँ कसैले भेदभाव नारी पुरुष बराबरी ।
    २.
    उठ नारी अवसर खाेजी लड्नुपर्छ माैकामा,
    संकुचित हुनु हुँदैन केवल चुला चाैकामा । 
    ✍️ रामकृष्ण रिजाल 
    बा न पा १३ बाग्लुङ

    [७२]
    १.
    महिलामाथि राेकिएन हिंसा अत्याचार ,
    पुरुष भए हाबी निकै राखे व्यभिचार ।
    २.
    हिंसा राेक्ने अभियान हाे याे नरनारी नछुटाै ,
    व्यभिचार निर्मूल पार्न अाउ मैदानमा जुटाै ।
    ✍️ रामकृष्ण दुवाडी
      पाेखरा

    [७३]
    १.
    नारी जगतकाे जननी हुन उनकाे सम्मान गरौ
    अत्याचार र बलात्कार राेकेर मनमा खुसी छराै।
    २.
    नारी कहिल्यै तिमिले कमजोर छु नभन्नु 
    अाफुमाथि हिंसा परिअाए दुर्गा, काली बन्नु।
    ✍️ रिना याेल्माे 
    दार्जिलिङ्ग 

    [७४]
    १.
    महिला हिंसा समाजबाट निर्मुल हुनुपर्छ,
    समानताको नाराले सबैलाई नि छुनुपर्छ ।
    २.
    महिला प्रति हेर्ने दृष्टि सकारात्मक  राखौं,
    सभ्य समाज सिर्जनाको प्रतिफल लौ चाखौं ।
    ✍️ त्रिलोचन भण्डारी 
    मेचीनगर,झापा

    [७५]
    १.
    घरदेखि बाहिर असुरक्षित हुन्छिन् नारी
    सधैं बोक्नु पर्छ काँधमा ती सारा जिम्मेवारी।
    २.
    कमजोर नसम्झ यहाँ नारीलाई देश हाँकेकिछन्
    बलात्कार, हत्यारा देखि कयौं अपराध ढाकेकिछन्
    ✍️ रिना सापकाेटा
    बारा 

    [७६]
    १.
    इश्वरको अनमोल सिर्जना नारी प्रकृति हुन
    गरौँ इज्जत बचाउ लाज उनै वसुमती,जून।
    २.
    बढ्दो छ हिंसा नारी जाति माथि भो मानवता म्लान
    आउ गरौँ अन्त्य हिंसाको चिनाऔं जननी महान।
    ✍️ अर्जुन उप्रेती (अप्रतिम)
    असम (भारत)

    [७७]
    १.
    दुराचारी भ्रष्टाचारी,
    देशका ती बलात्कारी ।
    २.
    दिन्छन् नारा लैङ्गिक हिंसा विरूद्ध अपार ,
    हरे शिव हुन्छ दैनिक यहाँ अत्याचार ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर 

    [७८]
    १.
    हत्या हिंसा अन्त्य गर्न अब  जुट्नू,
    गाउँ बस्तीबाट सबै नारी  उठ्नू।
    २ 
    नबसौं नारी  सधैं चुल्हो चौकाे मात्रै समाई
    समानता ल्याउनु छ समान हुन्छ कमाई।
    ✍️ दुर्गा भट्टराई 
    मोरङ

    [७९]
    १.
    सच्चा हुन् एक हाम्रा विधाता
    समान हुन् दुबै मातापिता।
    २.
    समान ज्याला समान अंश आगाडि बढौ हात दिएर
    अन्त हुन्छ लैङ्गिक समानता हत्या  हिंसा साथ लिएर।
    ✍️ कृष्ण आनन्द भट्ट
    पञ्चेश्वर-०५, बैतडी

    [८०]
    १.
    अकालैमा चेलीलाइ पार्छौ मर्न वाध्य,
    हिंसा भाेग्ने कति भए छैन भनि साध्य।
    २.
    संस्कारी होइन सुरक्षित हुन सिक नारी
    नबाेक आफू माथि यस्तो अत्याचारको भारी।
    ✍️ नानीबाबा अधिकारी
    काठमांडाै

    [८१]

    वंशले बाबा अंशले छोरा खुशी हुनेभयो
    त्यही खूनको छोरी रुँदै पराई घर गयो।

    बाबा आमाबाटै छ छोरा र छोरीमा विभेद 
    छोराछोरी समान भन्न खुल्छ कहाँ संवेद।
    ✍️ जित बुढाथोकी छन्त्याल
    म्याग्दी नेपाल,हाल बेलायत।

    [८२]
    १.
    हत्या हिंसा र बलात्कार गर्नेहरूलाई कडा कानुन लेऊ,
    सरकार नारी अस्मितामा खेलवाड गर्नेलाई फासी देऊ।
    २.
    आफू महान देख्ने पुरुषहरूले बुझ नारीको मर्म,
    नारीले घरगृहस्थिमा दैनिक गरेको हजारौँ कर्म । 
    ✍️ उषा के सी
    ललितपुर

    [८३]

    महिला हिंसा अझै अन्त्य भएको छैन ,
    अब अघि नबढी दिदी बहिनी भैन।

    महिला समानता कहिले हुन्छ ,
    सोचे भने मेरो मन सारै रून्छ।
    ✍️ कान्छी बिनिता विश्वकर्मा 
    बाजुरा

    [८४]
    १.
    सोह्र दिने अभियान चल्छ हरेक वर्ष ,
    मात्र ब्यानरमा लेखिन्छ महिला संघर्ष ।
    २.
    काम दाम सम्मान बराबर पाउनु पर्छ ,
    लागु गर्दैन सरकार कानुन पास गर्छ ।
    ✍️ कर्ण दयाल
    मेलौली ७ बैतडी

    [८५]
    १.
    रगत सबैको रातो हो पुरुष र नारी,
    भेदभाव कसैले नगरौ हृदय पारी ।
    २.
    किन हुन्छ हिंसा महिलामाथि मात्र
    महिला यहाँ हुदैछन् हत्याका पात्र ।
    ✍️ अम्बिका गिरी 
    बिराटनगर 

    [८६]
    १.
    नारीले सोचेको हुन्न कि जीवन के हुन्छ भनेर 
    जन्म घर आउने बस्दै छिन किन दिन गनेर।
    २.
    हाँसो अनि खुशीमै लजाउछ्यौ तिमी दु:ख किन 
    महिला हिंसा सम्बन्धी कुरा गराै न एकै छिन।
    ✍️ साधना पाैडेल
    अाेखलढुङ्गा । 

    [८७]
    १.
    नदेख्नु ठुला सपना तिमीले पूरा हुदैनन् तिम्रा रहर 
    नारी हिंसा गरी कुरिती ल्याउनेले नै छाएको छ  सहर।
    २.
    कलम चलाउछिन् नारीले युद्ध गर्न परे पनि सर्छिन्
    मनमा हेँला हिंसा लुकाई मुस्कुराउँदै हिडने  गर्छिन्।
    ✍️ सुमिना तिम्सिना
    भक्तपुर । 

    [८८]
    १.
    नारी शक्ति ज्याेती घरकाे उज्यालाे जून,
    हेला नगर्नु कहिल्यै उनी लक्ष्मी हुन । 
    २.
    सधै पटुकी बाँधेर भोक खप्दै सन्तान पाल्ने,
    तिनै आमालाई फेरि किन बृद्धाश्रममा फाल्ने ।
    ✍️ रश्मि रिमाल, झापा

    [८९]
    १.
    एकै तराजुमा तौल जोखिएको थियो
    महिला भन्दा पुरुष लाई मान दियो।
    २.
    नरनारीले चलाएको  यो हाम्रो सार
    सबै मिलेर महिला हिंसा गरौँ पार।
    ✍️ धनुष न्यौपाने
    गुठिचौर गाउँपालिका ०४ बिगारे जुम्ला

    [९०]
    १.
    अझैपनि महिला हिंसा छैन रोकिएको,
    कालो बादल न फारेर छैन चोखिएको ।
    २.
    जगाउनु छ यी चेतना हिंसा गर्नेलाई,
    मानवरूपी दानव ती आँखा तर्नेलाई ।
    ✍️ ऋषिराम खनाल 
    मध्यविन्दु ६, नवलपुर

    [९१]
    १.
    हातमा हात मिलाई उठ अब, 
    रोकिन्न महिला हिंसा त्यहाँ तब ।
    २.
    के पायौ मान्छे लैङ्गिक हिंसा गरेर ,
    बोल्छन् सधैं झुटा प्यार गर्छु  भनेर ।
    ✍️ कल्पना थामी 
    सिन्धुपाल्चोक

    [९२]
    १.
    महिला हिंसा हट्याे भन्छ सरकार खै त हटेकाे 
    कस्ताे मानिस राखिस् डिउटीमा देख्दिन म खटेकाे ।
    २.
    कहीँ बलत्कार , कहीँ अपहरण महिलानै बन्छन् 
    घट्छ हाेला भन्याे सरकार किन बढ्दैछ यहाँ झन् झन् ।
    ✍️ ल्युजर शर्मा 
    बाग्लुङ गल्काेट ।

    <<<<< जय टुक्का! जय साहित्य!! >>>>>

    Leave a Reply