प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीद्वारा मानव सेवा आश्रम तुलसीपुरलाई साठी हजार मुल्य बराबरको औषधि तथा सामग्री सहयोग प्रदान

  • १६ कार्तिक २०७८, मंगलवार १७:३४ मा प्रकाशित
  • तुलसीपुर, १६ कार्तिक । प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरी दाङले तुलसीपुर स्थित मानव सेवा आश्रमलाई औषधि तथा सामग्री सहयोग प्रदान गरेको छ। धनवन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसको अवसर पारेर उक्त सहयोग प्रदान गरिएको चिकित्सालयका निमित्त निर्देशक डा.महेश कुमार खनालले बताउनुभयो।

    मानव सेवा आश्रमकै प्रागणमा आयोजित कार्यक्रमको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि एवं तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया आचार्यले पानसमा दीप प्रज्वलन र भगवान धनवन्तरीको फोटोमा माल्यार्पण गरेर गर्नुभएको थियो। त्यसपश्चात प्रमुख अतिथि आचार्यले आश्रममा आश्रीत वृद्ध वृद्धाहरूलाई न्यानो कपडा तथा पौष्टिकजन्य औषधि प्रदान गर्नुभएको थियोे। साथै उहाँले बाकी न्यानो कपडा, औषधि तथा सामग्री एकमुष्ट रूपमा आश्रमका जिल्ला संयोजक उरविन सापकोटालाई हस्तान्तरण गर्नुभएको थियो।

    हस्तान्तरण गरिएको औषधि तथा सामग्रीहरूमा न्यानो कपडा ३५ थान, च्यवनप्रास अवलेह ३५ थान, अविपत्तिकर चुर्ण ३५ थान, अश्वगन्धा चुर्ण ३५ थान, हरपिक ३० थान, फिनेल ३० थान लगायत गरेर लगभग ६० हजार मुल्य बराबरको सामग्री रहेको कार्यक्रम संयोजक नरेन्द्र के.सी.ले बताउनुभयो।

    कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया आचार्य, राप्ती आयुर्वेद चिकित्सालयका अस्पताल विकास समिति अध्यक्ष नारायण कुमार आचार्य, राप्ती आयुर्वेद चिकित्सालयका प्रमुख डा.मदन कुमार बि.सी. प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीका निमित्त निर्देशक डा.महेश कुमार खनालले शुभकामना मन्तव्य राख्नुभएको थियोे।

    प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरी दाङका अस्पताल विकास समितिका अध्यक्ष कृष्ण बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा तु.उ.म.न.पा.की उपमेयर माया आचार्य, रा.आ.चि. तुलसीपुरका अस्पताल विकास समिति अध्यक्ष नारायण कुमार आचार्य, प्रा.आ.चि. विजौरीकी अस्पताल विकास समिति सदस्य सुधा बस्नेत, रा.आ.चि. तुलसीपुरका प्रमुख डा.मदन कुमार बि.सी. प्रा.आ.चि. विजौरीका निमित्त निर्देशक डा.महेश कुमार खनाल, कन्सल्टेन्ट शल्य चिकित्सक डा.मदन भण्डारी, मानव सेवा आश्रम जिल्ला संयोजक उरविन सापकोटा, तु.उ.म.न.पा.का प्रेस संयोजक ओपेन्द्र बस्नेत, तुलसी पत्र दैनिककी अन्जना चौधरी, रेडियो हाम्रो पहुँचका मनोजकुमार आचार्य, प्रादेशिक आयुर्वेद चिकित्सालयका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको उपस्थिति रहेकोे थियो।

    कार्यक्रमको सञ्चालन प्रादेशिक आयुर्वेद चिकित्सालयका लालकृष्ण डि.सी.ले गर्नुभएको थियो।

    भगवान धनवन्तरीको पुजाआजा

    प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरी दाङमा आयुर्वेदका प्रवर्तक भगवान धनवन्तरीको विहानै पुजाआजा गरिएको छ। प्रत्येक वर्ष आजकै दिन आयुर्वेद चिकित्सा प्रदायक स्वास्थ्यसंस्थाहरूमा भगवान धनवन्तरीको पुजाआजा गरेर जन्म जयन्ती मनाउने गरिन्छ।

    प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीको प्रागणमा रहेको आयुर्वेदका प्रवर्तक भगवान धनवन्तरीको मुर्तिमा विधिविधान बमोजिम मन्त्रोच्चारण सहित पुजाआजा गरि प्रसाद ग्रहण गरिएको थियोे। उक्त पुजा समारोहमा प्रादेशिक आयुर्वेद चिकित्सालय, अस्पताल विकास समितिका अध्यक्ष कृष्ण बहादुर बस्नेत, अस्पतालका नि.निर्देशक डा.महेश कुमार खनाल, कन्सल्टेन्ट शल्य चिकित्सक डा.मदन भण्डारी, आयुर्वेद चिकित्सक डा.शिवराज सुवेदी, वरिष्ठ कविराज निरीक्षक वसन्त के.सी. नर्सिङ निरीक्षकद्वय बिमला भण्डारी र राधा के.सी., प्रशासन शाखा प्रमुख लालकृष्ण डि.सी., वैद्य निरीक्षक नरेन्द्र के.सी., वरिष्ठ वैद्य चाहना शर्मा, वैद्य रामकुमारी खड्का, अमर थापा, शालिकराम भण्डारी, राजन चौधरी लगायतको उपस्थिति रहेकोे थियो।

    Leave a Reply