
१० कार्तिक २०७८ ! नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अब थप ३ वर्ष नेपालमै रहने बताएका छन् ।
नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको उपविजेता बनाएका अलमुताइरीले सामाजिक सञ्जाल फेसबुक मार्फत् थप ३ वर्ष टोलीको प्रशिक्षणको जिम्मेवारी सम्हाल्ने जानकारी गराएका छन् ।
उनले संजालमा आफ्नो फ्यानहरुलाइ सबैलाई धन्यवाद दिदै जानकारी गरेका छन् । उनले भनेका छन् :-
“कर्मा छिरिङ शेर्पा र क्युएफए पदाधिकारीहरुसँगको भेट छलफलपछि मैले नेपालमा मेरो जागिरलाई निरन्तरता दिन अखिल नेपाल फुटबल संघसँग ३ वर्षको लागि नयाँ सम्झौता गर्ने निर्णय गरेको छु र सहयोग गरेकोमा कतार फुटबल संघलाई धन्यवाद र मलाई नेपाल फर्काउनको लागि सबै कुरा गरेको छु ।
नयाँ मिसनमा सफलताको कामना गर्दछु.. हामी हाम्रा आगामी २ वर्षको लक्ष्य र योजना छिट्टै प्रकाशित गर्नेछौं, तपाईहरुलाई मेरो वाचा छ नेपाली फुटबलको भविष्य राम्रो हुनेछ तर हामीलाई समय मात्र दिनुहोस्।
तपाईंले देखाउनुभएको माया अरू कुराहरू भन्दा धेरै महत्त्वपूर्ण छ त्यसैले मलाई सधैं तपाईंको हृदयमा बस्न दिनुहोस् 🙏
मलाई मात्र हैन नेपाली फ्यानहरूको साथ र माया चाहिन्छ खेलाडीहरूलाई पनि चाहिन्छ त्यसैले हामीलाई समर्थन गर्नुहोस्, हामीलाई विश्वास गर्नुहोस्, हामीलाई माया गर्नुहोस्। “

