
काठमाडौ,३१ असोज । ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यास शृङ्खलाको चौथो भाग शनिबार सम्पन्न भएको छ । अभ्यासमा ३६ जना टुक्काकारहरूले सहभागिता जनाउनुभएको थियो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला सञ्चालनमा ल्याइएको हो ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथक एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालनमा ल्याइएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
उक्त व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यास शृङ्खलाको संयोजकमा समाजका सक्रिय टुक्काकार वसन्त अनुभव रहनुभएको छ । अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का सञ्चालकका तर्फबाट राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । उहाँका अनुसार उक्त अभ्यास शृङ्खला साप्ताहिक रूपमा सञ्चालन गरिदै आएको छ ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खलाको चौथो भागको अभ्यास लागि कार्यक्रम संयोजक वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको थियो ।
अभ्यासका लागि राखिएको टुक्का

सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
१/
घुस अनि बजेट खायाै देशै बेचि खाऊँ,
भावी पिँढी तड्पि मरुन तिमी स्वर्ग जाऊँ।
✍️
ताराप्रसाद चापागाईं
धुनिबेंशी
२/
खाउ खाउ जति खाएपनि तिम्रो घ्याम्पे भुँडीमा अटाउँछ,
नदीनाला बेच सिमाना बेच त्यो पेटले सबै पचाउँछ।
✍️
लक्ष्मी श्रेष्ठ
बिर्तामोड झापा
३/
जे जति खान्छौ पचाउछौ दुनियाँ नचाउँछौ,
दोहोरी खेल्दै सडकमा दुनियाँ हसाउँछौ।
✍️
बुद्धिमान चौधरी
४/
चिन्ता नगर्नुहोस् महोदय भुँडी एकदिन फुट्नेछ,
झिंगाको राज चल्दैन सदा मौरी एक भइ जुट्नेछ ।
✍️
वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
५/
खानकै निमित्त बाँचेका तिमी जति खानु छ खाऊँ,
जति सकिन्छ भाइभारदारलाई मोज गराऊँ ।
✍️
रचना शर्मा प्रतीक्षा
ललितपुर
६/
पाए भन्दैमा धेरै खानुहुँदैन यार,
कति सम्झाउनु नेतालाई बारम्बार।
✍️
जगत थापा
बझाङ्ग
७/
सानोतिनो भाग देख्दा छुँदैछुन्न,
खान पाए भन्दैमा हसुर्नुहुन्न ।
✍️
भगवती दवाडी
झापा
८/
मेरो देश होईन मलाई बेची खाऊँ बरु,
नेपाल आमा रुवाएर भाषण दिनेहरु ।
✍️
कल्पना थामी
सिन्धुपाल्चोक
९/
पचाएनौ भने पनि सुतेर बसेर उठेर खाऊँ,
कोटा माग्ने न्यायालयले बचाउँछ न्याय माग्न जाऊँ।
✍️ म्यामराज राई
भोजपुर,हाल:-प्रवास
१०/
खाऊँ खाऊँ लुटेर भुटेर जसरी नि खाऊँ,
ऋणको भारी सर्वसाधारणलाई बोकाऊँ!
✍️
भूषण जंग
११/
जे खाए पनि नपच्नेहरू, पेट भर्छन् खोले र सातुले!
आफ्नो त मज्जाले पच्छ बाबै, मैले बनाएको छु धातुले!
✍️
प्रमोद भट्टराई ‘प्रतीक’
कौशलटार, भक्तपुर
१२/
झुक्यायौं नि जनतालाई झुटो भाषण छाँटी,
थाहा पाईसके जनताले कति हिड्छौ ढाँटी।
✍️
अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन -६ संखुवासभा हाल मलेसिया
१३/
सुरुमा जागिर पाउनै प्रलय,पाएपछि मज्जा आउँछ,
त्यसपछि भ्रष्टाचार जति गर,त्यही पैसाले बचाउँछ।
✍️
चिरञ्जीवी ढकाल
नेपालगन्ज-२० राँझा एयरपोर्ट बाँके
१४/
टुक्काकै दाल पाकेछ,भात टुक्का अचारले,
भान्सा रमाईलो पार्छ टुक्काकै परिकारले ।
✍️
रामजी लामिछाने
१५/
घ्याम्पो जत्रो पेट मेरो तेसै भाको हैन,
सत्तासीन आफ्नैमान्छे मैलाई छ चैन।
✍️
कमला देवकोटा
पाल्पा
१६/
खान्दानी भुँडी पर्यो सबैको भाग एक्लै खोज्छ,
संविधान मिचेर हिड्ने नेता मनले रोज्छ ।
✍️
इन्दिरा देवकोटा
कपिलवस्तु न .पा .३
१७/
जब जब मेरो दिलले खानेकुरा खटाउँछ,
मेरो पेट गोदामनै हो जति पनि अटाउँछ ।
✍️
डम्बर थामी ‘अनुपम’
कालिन्चोक गाउँपालिका-६, दोलखा ।
१८/
भाषण मात्र छाडेर हुँदैन कहिले वेष,
आफु मात्र खाइ जनतालाई गर्यौ निशेष।
✍️
मिलन माझी
पूर्व डुवर्स, कालचिनी,भारत
१९/
पापी रहेछ यो पेट छालाको धोक्रो,
जतिनै भरेपनि रहन्छ यो खोक्रो।
✍️
बि के मुखिया
दार्जीलिङ,भारत।
२०/
भनेकै हो नखानु जे पायो त्यही भनेर,
अब बस जेलभित्र छुट्ने दिन गनेर ।
✍️
राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ, हाल- प्रवास
२१/
भुँडीभित्र पनि भुँडी छ पेटको त के कुरा,
देशमात्र के हो र संसारै खाईदिन्छु पुरा।
✍️
होम प्रसाद नेउपाने
धरान,सुनसरी
२२/
खान पनि सजीव निर्जीव सबै खानथाल्यौ,
देश अनि जनता दुवै भूँडि भित्रैनै गाल्यौ।
✍️
अरुण कुमार भुजेल
गोरूबथान, कालेबुङ्ग।
२३/
नेपाली जनता त हेर ! औधी खुसी छन् यहाँ मीठो न्याय पाएर,
भ्रष्टाचारीहरु दुखी देखिन्छन् लौ! सरकारको भजन गाएर।
✍️
परिक्रमा श्रेष्ठ
२४/
नङ्गा नाचे त हजार हुदाेरहेछ दाउ ,
देशलाई जसरी पनि लुछिलुछी खाउ ।
✍️
प्रद्युम्न चालिसे
२५/
दिन गए रात आउँछ रात गए दिन,
दुखपछि सुख आउँछ ब्यर्थै चिन्ता किन?
✍️
घनश्याम पौडेल
पोखरा
२६/
हाँडी घोप्टे भुँडीमा भ्रष्टाचार गरेर कति खान्छौ खाउ,
छिमेकीको लै लैमा लागेर आफ्नो प्यारो देश नपचाउ ।
✍️
तारा घिमिरे
संखुवासभा
२७/
भनेका थियौँ पहिले देश बचाऊँ भनेर,
मानेनौं खायौं जेलमा बस दलिन गनेर ।
✍️
दुर्गा भट्टराई
मोरङ
२८/
ढुङ्गा माटो सबै पचाउँने कस्तो चङ्गाचेट,
जति खाएनि नअघाउँने नेताज्युको पेट।
✍️
पूर्णबहादुर श्रेष्ठ हृदयङकृत”
पनौती-३,काभ्रे
२९/
अब जनताको आँखाअघि छारो हाल्ने पचाउँने,
भित्र गर्ने भ्रष्टचार बाहिर इज्जत बचाउँने।
✍️
ललिता अभागी
सुनकोशी ५- सिन्धुली
३०/
घुसले हो कि रसले फुल्यो भुँडीको भकारी,
उल्फाको धन खाएर म त बस्याछु डकारी।
✍
नवशिला
बेलबारी -२, लालभित्ती,मोरङ।
३१/
जति मेहनत गरेनि अरुकै हातमा पर्ने लगाम,
कहिले त मन पापी हुन्छ गरिदिउँ कि काम तमाम।
✍️
शर्मिला श्रेष्ठ
भैंसेपाटी ,ललितपुर
३२/
मिठाे मिठाे खान त खाने नै हुन ति कुरा,
देश बेच्ने शाेषकका भएनन् इच्छा पुरा ।
✍️
सहयात्री शाेभा अर्याल
रुपन्देही ,बुटवल
३३/
कमाउने जमाउने समय यही हाे गए जाओस् बरू नाऊँ,
सातपुस्ताको लागी के के कोचुँ यो भकारीमा जानकारी पाऊँ।
✍️
राजेश्वरी राजाेपाध्याय
पाटन, ललितपुर
३४/
आयो खायो र मजाले पचायो, यसरी त शासन टिक्दैन,
चुनाव आउँदैछ सरकार, अब तिम्रो भाषण बिक्दैन ।
✍️
संकल्प पुन सायर
३५/
भाेकै बसि राशन पानी जुटाउने चै हामी ,
भ्यागुतैकाे स्वरुप बनि देखिंदैछाै रे दामी ।
✍️
रामकृष्ण दुवाडी
पाेखरा
३६/
नकचरो यो मनले पटकपटक आफ्नो भाका फेर्छ,
बजियाँ यी आँखाहरूले हेर अरूकै श्रीमती पो हेर्छ ।
✍️
राजेन्द्र प्रधान पासा
दार्जीलिङ ।
:::::: जय टुक्का साहित्य :::::


लेख्ने बानिमा निरन्तरता छावाेस् शुभकामना !!