
१
तिहार
भगिनी भातृत्व
प्रगाढ प्रेमको प्रतीक !
२
शरद्
बढारी कसिङ्गर
आपसी प्रेमिल मिलन !
३
काग
सर्वाधिक अभिमानी
त्याग समर्पण अनुकरणीय !
४
कुकुर
भैरव बाहान
सरसफाई रछ्यान वातावरण !
५
कुकुर
युधिष्ठिर साथ
गन्तव्य बन्यो स्वर्गबास !
६
गाई
लक्ष्मी स्वरूपा
मलमुत्र शुद्धीकरण संस्कार !
७
यम
यमुना पुजन
कालजयी जीवन कामना!
८
सप्तरङ्गी
टीका अटल
भानु पुञ्ज द्योतक!
९
दुबो
सदा हरित
उर्जावान देव प्रिय !
१०
मखमली
फूल अजर
दाजुभाइ दिदीबहिनीको हार !
११
फूल
माला थुङ्गाका
सहोदरका उनिन्छन् धागामा !
१२
प्रेम
सद्भाव मेलमिलाप
विस्तारित आनन्द विश्वास !
कमला देवकोटा, पाल्पा


साह्रै राम्रो तिहार बिशेष उदकहरु हार्दिक बधाई सष्ट्रालाई