
तुलसीपुर
१५ असोज/ पत्रकार हेम प्रकाश वलीको अकस्मात निधन भएको छ । वलीको उपचारको क्रममा नर्सिङ होम बाँकेमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख झलक प्रसाद शर्माले जानकारी दिएका छन ।
वली बिरामी भएपछी आफन्तले तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि वलीलाई थपा उपचारका लागि नसिंङ होममा लगिएको थियो । पत्रकार वलीले रेडियो तुलसीपुर र एसटीएन च्यानल लगाएतका संचार माध्यममा आबद्द थिए । सारांश तुल्सीपुर अनलाईन

