ओविसी पर्साद्वारा सरिसवा नदी प्रदुषणमुक्त बनाउन पर्सा प्रजिअलाई ज्ञापन पत्र

  • १४ कार्तिक २०७८, आईतवार २०:१७ मा प्रकाशित
  • पर्सा संवाददाता/

    वीरगंज,कार्तिक १४
    अखिल नेपाल पिछडावर्ग महासंघ (ओविसी) पर्साले सरिसवा नदी प्रदुषणमुक्त बनाउन  पर्साका प्रमुख  जिल्ला अधिकारी उमेश ढकाललाई ज्ञापन पत्र बुझाएको छ ।

    हिन्दूहरूको महान पर्व छठ लाई मध्य नजर गरी सरिसावा नदिमा विभिन्न करकालखाना बाट बगिरहेको दुषित पानी नियन्त्रण गर्न ज्ञापनपत्र बुझाएको हो । छठपर्व नदि छेउमा हुने गरेको र साँझ र बिहान अर्घ पनि नदीमै दिने भएकोले कम्तिमा छठ अवधि सम्म कलकारखानाको दुषित पानी नदीमा नमिसाईदिन अनुरोध गर्दै ज्ञापन पत्र बुझाइएको ओविसि पर्सा अध्यक्ष अकलेश साहले जानकारी दिनुभयो ।

    ज्ञापन पत्र बुझदै प्रजिअ ढकालले प्रदुषण नियन्त्रणबारे गम्भिर भएर लाग्ने बताउनुभयो । उहाँले छठ सम्म नदि स्वच्छ हुने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो । गाँउपालिका उपाध्यक्ष भगवानलाल पटेलको नेतृत्वमा गएको टोलीमा जिल्ला सचिव राजन साह, अमित कर्ण लगायतको सहभागिता रहेको थियो

    Leave a Reply