
साउदी अरब।
नेपाली राजदूतावास साउदी अरबको पूर्वी क्षेत्रमा जनसंपर्क सहायक पदमा साउदी अरबमा लामो समयदेखि संघसंस्थामा आवद्ध रही अनुभव संगालेका नारायण पासवान छनौट हुनुभएको छ। जनसंपर्क सहायक पदकालागि परेका ५१आवेदन मध्ये १० जनालाई अन्तर्वार्ताका लागि छनोट गरिएको थियो।
सोहीअनुरुप आज भएको फाइनल अन्तर्वार्तामा दशजना प्रतिष्पर्धी मध्ये नारायण पासवानको छनौट भएको नेपाली राजदूतावास रियादले आज प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ।
यसअघि यो काम जनसंपर्क अधिकारिक हरि घिमिरेले हेर्दै आउनुभएको थियो भने उहाँ आउँदो अक्टुबर १ देखि अवकास लिदै हुनुहुछ !


