टुसासद्वारा कुशेऔंसी, बाबुको मुख हेर्ने दिन तथा मोती जयन्तीको अवसरमा टुक्का कविता लेखन कार्यक्रम सम्पन्न

  • २३ भाद्र २०७८, बुधबार १०:४५ मा प्रकाशित
  •  काठमाडौ, २२ भाद्र । टुक्का साहित्य समाज, काठमाडौले   “टुक्का कविता लेखन अभ्यास श्रृङ्खला-१९” कार्यक्रम सम्पन्न गरेकाे छ।उक्त अभ्यास कार्यक्रम यहीँ २०७८ भाद्र २२ गते मंगलबार कुशे अाैंसी, बाबुकाे मुख हेर्ने दिन तथा १५६ अाैं माेती जयन्तीकाे अवसर पारेर सञ्चालन गरिएको थियो ।

    उक्त कार्यक्रममा नेपाल लगायत बिश्व भरीका ६५ जना नेपाली भाषी सर्जकहरूकाे उत्साहजनक सहभागिता रहेकाे शृङ्खला संयाेजक एवं समाजकी सचिव विमुन्स पाैडेलले बताउनुभयो । साथै उहाँले अभ्यासमा एकमुष्ट नभई कुशे अाैंसी /बाबुकाे मुख हेर्ने दिन सम्बन्धी र माेती जयन्ती सम्बन्धी अलगअलग टुक्का सृजना गर्न भनिएको जानकारी दिनुभयो ।

    अभ्यासमा संकलन गरिएका कुशे अाैंसी /बाबुकाे मुख हेर्ने दिन सम्बन्धी टुक्काहहरू

    @ १
    सुनेको थिए आधा धर्ती आमा भए आधा बाबा धाम,भन्ने गर्थे ईमान्दारीको खेती गरी पेट भरि खाम।
    ✍️ पुर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    @ २
    एक दिन मात्र नाम लिने होईन ,कर्तव्य सम्झी गर सेवा दैनिक,
    तिमीले जे जति प्रगति गरेका छौ,त्यसमा बाबा कै हात छ अधिक ।
    ✍️ शर्मिला श्रेष्ठ , भैंसेपाटी,ललितपुर
    हाल अमेरिका

    @ ३
    पिता पुत्र र पवित्र आत्माको महिमा छ संसारभरि,
    बाबुको गरिमाको माहात्म्य पूरा हुँदैन लौ कसै गरी!
    ✍️ भूषण जंग,  इमाडाेल ललितपुर
    हाल अष्ट्रेलिया

    @ ४
    १.
    आशिर्वाद त्याे सदा शिरमा राखेकाे छु बाबा,
    तिम्राै कारण खुसी छु अाज गर्न सक्छु दाबा ।
    २.
    बगेकाे रगत तिम्रै हाे बाबा सपना गढेकाे,
    सु-संस्कार अनि जीउने कला तिमी मै पढेकाे।
    ✍️ ताराप्रासाद चापागाईं

    @ ५
    माथिबाट हेर्दै होलान् पिता मेरा आज,
    कुशे औँशी सम्झनामा बहन्छ समाज।
    ✍️ विमुन्स पाैडेल, पाेखरा

    @ ६
    बाबाको साथ पाएर मान्छे स्कुल पढेका,
    विद्वान् भई बडो उन्नतिको शिखर चढेका ।
    ✍️ रचना मोक्तान “यात्री”
    नमोबुद्द नगरपालिका ५ काभ्रे

    @ ७
    सङ्घर्षका चुली बाबा हुन् भगवान् राम,
    बाबा–आमा पुजे किन धाउनु र धाम ?
    ✍️ श्रीकृष्ण शर्मा, पोखरा

    @ ८
    बाबुको मुख हेर्ने दिन विशेष मलाई लाग्छ,
    बाबासँग लुट्पुटिएर बाँच्ने रहर नि जाग्छ ।
    ✍️ गंगा खड्का
    बूढानीलकण्ठ १, काठमाडौँ

    @ ९  
    जिउँदाेछदै  गर्नु बाबुकाे उच्च सम्मान ,
    बाबुकै प्रेरणा  सद्भावले बन्याै महान ।
    ✍️ प्रधुम्न चालिसे, भक्तपुर

    @ १०
    बाबाको मुख हेरौँला भन्थे कुशे त्यो औँशीमा,
    हेर्दै छु भाइ आउने बाटाे बसेर कौसीमा ।
    ✍️ तारा घिमिरे, संखुवासभा

    @ ११
    रहर त मलाई पनि लाग्दाे हाे बुबाकाे मुख हेर्ने बरा,
    बुबा नै संसारमा नरहे कसकाे मुख हेर्ने म बिचरा ।
    ✍️ गाेपाल कृष्ण डंगाेल
    इटहरी,सुनसरी, प्रदेश नं-१

    @ १२
    बाबकाे  काँध  चढेर  म  त  घुमेँ नि रमन,
    घरको खाँबो देशको खम्बा बालाई नमन ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    @ १३
    पिताको सम्झना गर्ने सन्तान केवल औँशीको दिन
    हृदयमा लगाए बाबुले बाँचुन्जेल छिनका छिन।
    ✍️ परिक्रमा श्रेष्ठ, धरान

    @ १४
    जिउँदा देउता हुन् बाबा आमा सधैँ श्रद्धा गर्नुपर्छ,
    सुखमा बाबाआमालाई बिर्सने , सम्झेर आँशु झर्छ
    ✍️ शरद प्रधानाङ्ग,विराटनगर-७

    @ १५
    उनै हुन् पिता उनै हुन् बाबा ईश्वर समान
    जन्मका दाता कर्मका खाका प्रणेता कमान
    ✍️ त्रिलोचन भण्डारी
    मेचीनगर, झापा

    @ १६
    कुश काटी घरमा राख बाबू मुख हेर
    एक दिन मात्र हैन  सधैँ नै  माया गर!
    ✍️ कमला  देवकोटा, पाल्पा

    @ १७
    व्यवस्थापक गतिला बुवा भए प्यारा सबका,
    आदरभाव़ मान सम्माननित हुन्छन् भवका।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी

    @ १८
    छोराछोरीका लागि खम्बा बनेर,
    घर रक्षक बन्छन् दु:ख हरेर।
    ✍️ म्यामराज राई
    हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान

    @ १९
    बुबाको मुख हेर्ने पर्वमा  हुन्छ हर्ष,
    रमाइलो भो बुबालाई भेटेँ यो वर्ष ।।
    ✍️भगवती दवाडी, दमक, झापा

    @ २०
    छाेरा छाेरीकाे  खुशी  भनी रात दिन पसिना बगायौ बेसरी ,
    तपाईंको त्याग  बलिदान धेरै थियाे बाबा म  बिर्सूँ केगरी।
    ✍️ रिना यल्माे, दार्जीलिङ्ग

    @ २१
    आफ्ना खुशी बेची बेची हाम्रा खुशी किन्ने
    जता जता सन्तानका पाईला उतै बाटो चिन्ने । 
    ✍️ गृष्मा पौड्याल, टोकियो जापान

    @ २२
    हरेक पलको ढुकढुकी हो  आदर्णीयय बुवा हाम्रो
    कसैले  पनि आफ्नो बुवा प्रति नगर्नू है मन चाम्रो।     
    ✍️ सरस्वती श्रेष्ठ इटहरी

    @ २३
    बाबाको आशिर्वाद अनि मेरो थाप्लोमा रहोस् हात
    बाँचुन्जेल कैले न छुटोस् माया ममताको बर्सात।।
    ✍️ प्रेम सुनार दैलेख

    @ २४
    जसरी तिर्खा लाग्दा,याद अाउछ कुवाको,
    उसै गरी सम्झना, अाईरहेछ बुवाको।
    ✍️ चिरञ्जीवी ढकाल
    ने ग उ म न पा-२०, राँझा एयरपोर्ट बाँके

    @ २५
    आज कुशे औंशी बाबा को मुख हेर्ने त भन्छौं,
    संसार छोडेर गएकाले  बर्षौ दिन गन्छौँ।
    ✍️ कमला पाण्डे पराजुली, झापा

    @ २६
    आऊ सन्तति हो मेरा,मुख हेर्न रमाउदै,
    फोटो खिचाउँदै राख्न,उपहार समाउदै।
    ✍️ रामजी लामीछाने, पाेखरा

    @ २७
    आस्थाका इश्वर हुन् जन्मदाता अन्यत्र खोजी कहाँ पाउने
    बुबाकै  परिश्रमले  खुल्छ भविष्य  ओखती किन लाउने।
    ✍️ अबजस चन्द्र, झापा

    @ २८
    मेरो सुखमा हाँस्नु हुने मेरो बुवा ।
    मेरो दु:ख मा रुनु हुने सम्झेँ कुवा ।
    ✍️ श्री लिम्बू, पाँचथर

    @ २९
    नरोई जाऊ भन्थे बा पराईको घर,
    बुढेसकाल लाग्यो नपरे मेरो भर ।
    ✍️ कल्पना थामी, सिन्धुपाल्चोक

    @ ३०
    सधैँभरी बाबालाई छ नमन सलाम,
    मेरा बाबाको बसाई छ हेर स्वर्ग धाम।
    ✍️ ईशहाक हुसैन,
    सिमरा बारा, हाल-काठमाण्डौ  चावहेल

    @ ३१
    बुवाको मुख हेर्ने दिनको विज्ञापन नगरौँ,
    सधैँ सम्मान गर्दै भोक-तिर्खा मेट्न लागी परौँ।
    ✍️ अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग।

    @ ३२
    घुमिफिरी हरेक वर्ष अाउँछ,
    पिताहरूकाे याद अति धाउँछ ।
    ✍️ लक्ष्मी घिमिरे दहाल,
    दमक-७, झापा

    @ ३३
    अाज बाबुलाई हेरेर हाँसीखुसीबनाअाैं,                                     कवि माेतिरामकाे जन्मजयन्ती यो मनाअाैं
    ✍️ रामकृष्ण दुवाडी, पाेखरा

    @ ३४
    गए है मोति साहित्य फाँटमा उज्यालो छरेर,
    कम्तिनै  हुन्छ  सकिन्न उनको  बयान  गरेर।              
    ✍️ नवशिला।
    बेलबारी -२, लालभित्ती, मोरङ
    हाल: गोदावारी, ललितपुर।

    @ ३५
    अहो ! धन्य मेरो तक्दिर,
    बा देवता  घर जागिर  ।
    ✍️ बिके माकजु, झाैखेल भक्तपुर  ।

    @ ३६
    जिम्मेवारी जति सबै आफ्नै काँधमा राख्ने,
    बाबा नै हुन दुःख गरी कहिल्यै नथाक्ने।
    ✍️ साधना पाैडेल, अाेखलढुंगा

    @ ३७
    बुबा नङ्ग्रा खियाउँदा खियाउँदै बूढो हुनुभयो
    जब मेरो कमाई देख्नुभयो बेसरी रुनुभयो
    ✍️ लक्ष्मण समिर, बर्दिया

    @ ३८
    आकाश भन्दा पनि विशाल बुवा,
    कहिल्यै नरित्तिने मायाको कुवा।
    ✍️ घनश्याम पौडेल, सृजना चोक
    पोखरा

    @ ३९
    बुवाको मुख हेर्ने दिनको प्रतीक्षा थियो,
    दिन अनि रातले नि छिटै भेटाई दियो।
    ✍️ धनुष न्यौपाने

    @ ४०
    हिजो बा हुँदा बा जस्तो भैदिन,
    छोडेर जाँदा बासँग गैदिन ।
    ✍️ विष्णु पादुका

    @ ४१
    बाबाको मुख हेर्ने दिन भन्छौ,
    कति पटक बर्षमा सम्झन्छौ।
    ✍️ राम रावल सागर
    अत्तरिया-कैलाली

    @ ४२
    बाबा सबैका महान हुन् सम्मान गर्नु पर्छ,
    पिताजीको महत्व बुझ्नेले गौरव नै गर्छ।
    ✍️ निर्मला शाही ठकुरी, दैलेख
    हाल दार्जिलिङ

    @ ४३
    बुवा नै हुन्  उनी समस्त घरका शिर,
    गर्छन् रक्षा परिवारको  बनेर धीर ।
    ✍️ राजेन्द्र प्रधान पासा, दार्जीलिङ्ग

    @ ४४
    मुख हेर्न नपाए नि बाबा खुसी  हुनु ,
    बाध्यताले टाढा भयौँ कहिले नरुनु ।
    ✍️ कान्छि बिनिता बिश्वकर्मा, बाजुरा

    @ ४५
    बुबाको मुख हेर्ने कुशे औशी पो आज,
    मीठो सम्झना छ बुवाको यो मुटु माझ ।
    ✍️रिता खराल , रुपन्देही

    @ ४६
    कुशे औँशीको बारेमा केही टुक्का लेखेँ
    मैले ईश्वरको रूपमा बालाई देखेँ
    ✍️हिमा आर.सी
    मेहेलकुना सुर्खेत

    @ ४७
    दुःख गरी आफ्ना सन्तानका लागि बगायौ पसिना धारा,
    बुवाका  सपनाहरू साकार पार्नुछ आऊ उज्याला तारा।
    ✍️ तारा कुमार थापा, इलाम

    @ ४८
    सन्तानलाई हुर्काउन जस्तै परे गर्छन्,
    बाबु नै हुन् हर विघ्नमा सधैँ अघि सर्छन् ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    @ ४९
    देखाएर सुमार्ग पुर्याएर शिखर पिताले
    अर्ति उपदेश पिताकै मिठो छ भन्छ गीताले ।
    ✍️ माधव पोखरेल गोज्याङ्ग्रे
    उदयपुर गाईघाट, हाल ताप्लेजुङ

    @ ५०
    बाले सधैँ छोराछोरीको भलो चिताए,
    छोराले भने आश्रम लगेर बिताए ।
    ✍️ ऋषिराम खनाल, पाल्पा । हाल मध्यबिन्दु ६ नवलपरासी ।

    @ ५१
    बुवा प्रतिको सद्भाव र प्रेम नै हो सन्तानको पहिचान!
    अनुहारमा देखिँदैन भावनामा जाग्नुपर्छ स्वाभिमान!
    ✍️ प्रमोद भट्टराई ‘प्रतीक’
        कौशलटार, भक्तपुर

    @ ५२
    ठूलो चाड औँशी गोकर्णे हो आज
    बुबाको मुख हेर  हाम्रो समाज
    ✍️ सूर्य मणि रेग्मी, चितवन

    @ ५३
    सम्मान गर्छु बा-आमालाई भनेको सबै टेरी,
    उपहार दिए आजको दिन बाको मुख हेरी।
    ✍️ रविन भण्डारी
    कानेपोखरी-२,दलेली मोरङ

    @ ५४
    पढन सिकायौ बाबा मनलाई जित्न संसार देखायौ,
    आज त्यही सिकोलाई जतनले सबैसामु भेटायौ।।
    ✍️ सुरेखा चाम्लिङ्ग
    सुर्यबिनायक २, भक्तपुर

    @ ५५
    त्यो बिरानो मुलुकमा सपना खोज्दै ढलेको,
    सम्झन्छु आशाको दीप नबल्दै बाबा जलेको।
    ✍️ रिजाल विनोद
    बेलबारी ०२, मोरङ

    @ ५६
    मूल्य मान्यता अनि संस्कृतिलाई  बचाई राख्नु पर्छ,
    कुशे औँशीले नै पालनहारको प्रतिनिधित्व गर्छ ।
    ✍️ ईश्वरी अधिकारी, लमजुङ्ग

    @ ५७
    बाबा!तिमी बिना ‘म,’म”कहाँ हुन्थेँ?
    यी धरती!यो गगन!  कहाँ छुन्थेँ?
    ✍️ अर्जुन उप्रेती “अप्रतिम”, असम (भारत)

    @ ५८
    सिकाउँथ्यो सधैँ सत्कर्म गर्न  मात्र बाबा,
    गर्नु हुन्न भन्थ्यौ पराईको धनमा दाबा।
    ✍️ काेकिला चाैधरी, बर्दिया

    @ ५९

    बुवा नै प्यारो यस संसारमा हुन् एकदेवता,
    दु:ख कष्ट सही संतानकै जप गर्छन् बेपता।
    ✍️ दुर्गा भट्टराई , मोरङ

    @ ६०
    दु:ख दर्द हजुरका के सक्नु र मैले गर्न सामना ,
    आत्मा शान्ति रहोस् बाबा हरपल यही गर्छु कामना !
    ✍️ धनु शर्मा, पाेखरा ।

    @ ६१
    मेरो सृष्टि मेरो गुरू बाबा भगवान,
    आमा संसारको सबैभन्दा हुन् महान।
    ✍️हिउँकला हाँसी खतिवडा कमलबजार अछाम,

    @ ६२
    १.                        
    कुशेऔंसी तथा बुबाको मुख हेर्ने दिन,
    मुख हेरेर भएपनि चुक्ता गर्छु रिन  ।
    २.                            
    गुरु,बुवा अनि भगवान हुनु भयो,
    आधा जीवन संघर्ष हाम्रो निम्ति गयो।
    ✍️ अम्बिका गिरी, विराटनगर

    @ ६३
    १.
    हाम्रो  खातिर हजुर ले उठाउनुभयो बुबा कति हो शोक,
    अर्काको देशमा बगाउनु भयो पसिना बिर्सेर प्यास- भोक !
    २.
    ऋणी छौँ आखिरी सास सम्म हजुरको पसिना को खातिर,
    बिहान- साझ हजुरको फोटो अगाडि श्रद्धा ले झुक्छ शिर !
    ✍️ विशनु सिंह बस्नेत
    ल. पु. १३, कुसुन्ती !

    @ ६४
    १.
    धर्ती देखायौ ज्ञान दियौ सीप दियौ,
    छोराको खुसीको लागि हजारौ साल जियौ।
    २.
    छोराछोरीको खुसीको लागि पसिना को बनायौ कुवा,
    दुःखख होइन सुखको चौतारीमा घुमायौ बुवा।
    ✍️ नवीन जाेशी

    🌹🌹            🌹🌹

    अभ्यासमा संकलन गरिएका माेती जयन्ती सम्बन्धी टुक्काहरू 

    @ १
    १.
    भाद्र बाईसमा जन्मेका युवाकवि मोति,
    उनै बने साहित्यका ठुलै ज्ञानको ज्योति।
    २.
    नाम अनुसारको काम गर्ने हुन् मोतिराम,
    लाग्न थाल्यो साहित्यको आकाशमा जून घाम।
    ✍️ पुर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    @ २
    १.
    कुशे औँशीकै दिन जगमा एक साहित्य ताराका भयो अवतरण,
    विविध साहित्यका उजागर गर्दा गर्दै त्यही दिनमै भयो मरण।
    २.
    संगठनकर्ता,निर्देशक,प्रबन्धक,समालोचक अविस्मरणीय,
    साहित्याकासमा अब्बल गजलकार शृङ्गारिक कवि अतुलनीय ।
    ✍️ शर्मिला श्रेष्ठ , भैंसेपाटी,ललितपुर
    हाल अमेरिका

    @ ३
    १.
    नेपाली धरतीमा उदाए साहित्य तथा कलाका मोति,
    कलिलैमा भानुभक्त चिनाएर फैलाए ज्ञानका ज्योति।
    २.
    भाद्र कुशे औँशीमा मोतीले पहिलोपटक आँखा खोले,
    हराउनै लागेका भानु खोजी तीस वर्से आयुमै बोले।
    ✍️ भूषण जंग,  इमाडाेल ललितपुर
    हाल अष्ट्रेलिया

    @ ४
    १.
    भानुकाे प्रशंसक भई लेखेका हौ सार,
    माेति हाै नेपालका प्रथम गजलकार ।
    २.
    साहित्यमा माेति बनी चम्किएका तारा,
    खाेज र उत्थानमा जीवन लायाै सारा।
    ✍️ ताराप्रसाद चापागाईं

    @ ५
    १.
    मोति बनेर मोती संसारमा उदाए,
    नेपाल काव्य लाई उत्कर्षमा पुर्याए।
    २.
    शृङ्गार शैली प्यारो लेखे विधा अचम्म,
    सानै थिए तथापि बाँचे अनन्त सम्म।
    ✍️ पौडेल विमुन्स, पोखरा

    @ ६
    १.
    भानुभक्तका  कीर्तिहरू  नि  मुद्रण गरेका,
    अमूल्य वाणी ज्ञान र गुण संसारै छरेका ।
    २.
    जीवनी लेख्ने कामको पनि शुरु नै गरेथे,
    साहित्य बोकी ती मोतिराम सागरै तरेथे ।
    ✍️ रचना मोक्तान “यात्री”
    नमोबुद्द नगरपालिका ५ काभ्रे

    @ ७
    १.
    यो नेपाली साहित्यमा गजलका हौ पिता,
    माध्यमिक युगका तारा मोति साक्षात् गीता ।
    २.
    भानुलाई आदिकविको सम्मान दिने दूरदृष्टि,
    तिमीविना अधुरो छ पुरै माध्यमिक काल सृष्टि ।
    ✍️ श्रीकृष्ण शर्मा, पोखरा

    @ ८
    १.
    नेपाली साहित्यमा कहिल्यै ननिभ्ने  उज्यालो दीप,
    युगयुगसम्म बाँचिरहने छ मोती  तिम्रो सीप ।
    २.
    भानुलाई जलप लगाउने  तिमी राष्ट्रिय विभूति ,
    तिमीप्रति भइरहनेछ मोती हाम्रो गाढा आहुति ।
    ✍️ गंगा खड्का
    बूढानीलकण्ठ १, काठमाडौँ

    @ ९
    १.      
    हाम्राे कला संस्कृति अनि संस्कार, 
    पूर्खाले बाँधे माैलीकता आचार ।
    २.        
    भाद्रकृष्ण अमावश्य तिथि,
    बाबुकाे मुख हेर्ने छ रीति ।
    ✍️ प्रधुम्न चालिसे, भक्तपुर

    @ १०
    नेपाली युवा कवि हौ तिमी चिनियौ मोति,
    साहित्य प्रति फैल्यायौ नाम उज्यालो ज्योति।
    ✍️ तारा घिमिरे, संखुवासभा

    @ ११
    ️१
    तिमी त त्यहाँसम्म पुग्याै जहाँ पुग्न सक्दैनथे रे रवि,
    युवा छँदै गजलमा कलम चलायाै बन्याै युवा कवि।

    भानुकाे महिमा तिमीले गायाै, नेपाली रामायण चुलियाे नभमा,
    साहित्यकाे प्रष्फुटनमा, शृङ्गार रस बग्दथ्याे, हामी कवि सबमा ।
    ✍️ गाेपाल कृष्ण डंगाेल
    इटहरी,सुनसरी, प्रदेश नं-१

    @ १२
    १.
    प्रथम  गजलकार  थिए  मोतिराम  भट्ट,
    शृङ्गारिक धार भित्र्याई ल्याए उनैले चट्ट ।
    २.
    समालोचना  गरेर  उन्ले  अठोट  लिएका,
    नेपाली भाषा साहित्यलाई योग्दान दिएका ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    @ १३

    “मोति” त ” मोती ” नै थिए नेपाली साहित्य-आकासको
    श्रीवृत्ति गरी गए साहित्यिक सुनौलो-आभासको।

    अल्पायुमै निकै ठूलो गुन लगाएर गए मोतिले,
    जाज्वल्यमान बनाएर नेपाल, साहित्यिक ज्योतिले।
    ✍️ परिक्रमा श्रेष्ठ, धरान

    @ १४
    १.
    सम्झना सधैँ रहनेछ युवा कवि मोति,
    नेपाली माझमा भानुलाई बनायौ ज्योति!
    २.
    युवा अवस्थामा छोडीगयौ नेपालीलाई अमूल्य नासो,
    नेपाली साहित्यमा सधैँ अमर रही रहनेछ चासो !
    ✍️ शरद प्रधानाङ्ग,विराटनगर-७

    @ १५
    १.
    जस्तो  छ नाम उस्तै छ काम माेतिकाे देशमा,
    चम्काए भानु विश्वका सामु उत्कृष्ट भेषमा।
    २.
    रसका धनी गजलकार श्रद्धेय अग्रज,
    युगले सम्झोस् अनन्त काल मानेर दिग्गज।
    ✍️ त्रिलोचन भण्डारी
    मेचीनगर, झापा

    @ १६
    १.
    अल्पायुका युवा कवि तिम्रो उच्च छवि,
    भानुलाई संसारमा डोर्याउने कवि।
    २.
    साहित्यका  धरोहर झललल ज्योति,
    सागरका अवशेष  जल्दाबल्दा  मोति।
    ३.
    गजलका नायक हौ  सरस्वती पुत्र,
    आशिष  बर्सिरहोस काव्य रस भित्र।
    ✍️ कमला  देवकोटा, पाल्पा

    @ १७
    १.
    साहित्यको सङ्गम भानु, मोतिराम  भट्ट,
    भाषा शैली रचना लिपी राम्रा भए चट्ट ।

    जन्म मरण ,जन्मदिवस युग -युगान्तकारी,
    साहित्य मनले सम्झिरहन्छन्  बनेर आभारी।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी

    @ १८
    १.
    नेपाली साहित्यका आकर्षक,
    माध्यमिक कालका प्रवर्तक।
    २.
    एक युगको नायक भई मोतीराम भट्ट युवाकवि बने,
    जसले प्रमाण जुटाएर भानुभक्तलाई आदिकवि भने।
    ✍️ म्यामराज राई
    हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान

    @ १९
    १.
    नेपाली पहिलो गजलकार हुन् म‍ोतीराम भट्ट ,
    शृङ्गारिक भावमा सुन्दर गजल लेख्दथे चट्ट
    २.
    मोतीराम भट्टले भानुभक्तका छपाई कृति,
    हामी माझ छोडेर गए गजलका धेरै स्मृति ।
    ✍️भगवती दवाडी, दमक, झापा

    @ २०
    १.
    आदि कवि बन्यौ देशको हामीलाई शान छोड्यौ,
    कथा,कविता,गजल कोर्यौ हामीले बाटो त्यतै मोड्यौँ ।
    २.
    भानु भक्त तिम्रै चेला अझै को को थिए,
    मैले पनि प्रेरणा मनमा राखी लिए ।
    ३.
    आदि कवि मोति जस्तै  टललल टल्क्यौ,
    देशको सम्मान कथा,कवितामा झल्क्यौ ।
    ✍️ गृष्मा पौड्याल
    टोकियो जापान

    @ २१
    १.
    मोतिराम भट्टले भानु भक्तको रचनालाई चम्काए,
    आफ्नो र भानुको नाम बाबरी फूलको बास्ना झै गम्काए।
    २.
    मोतिराम भट्ट युवा कवि,
    हाम्रो राष्ट्रका सुन्दर छवि।
    ✍️ सरस्वती श्रेष्ठ,  इटहरी

    @ २२
    १.
    मोति झैँ हेर धर्म कर्म गरेर बस्नु,
    सबैको मनमा शीतल छायाँ भै पस्नु।
    ३.
    मोतिराम जयन्तीको सबैलाई छ लाख शुभकामना,
    धर्म कर्म को कसम बनाएको हुँदै होइन बाहना।
    ✍️ प्रेम सुनार, दैलेख

    @ २३
    १.
    क्षणभरमै बगाई दियौ, साहित्य कलकल,
    याद अाईरहेछौ मोति,मष्तिष्कमा पलपल।
    २.
    समुन्द्रको मोतीलाई,भन्छन् अरु चहकिलो,
    म चैँ देख्छु तिम्रै रङ्ग, किन मोति गहकिलो?
    ✍️ चिरञ्जीवी ढकाल
    ने ग उ म न पा-२०, राँझा एयरपोर्ट बाँके

    @ २४
    १.
    औँशी कै दिनमा जन्मिए मोतिराम भट्ट,
    पढाईमा प्रश्न सोध्दा जवाफ दिन्थे फट्ट।
    २.
    मोतिराम भट्टले इतिहास मा नाम राखेको भेटिन्छ,
    उनको मिठो कविता पढेर मनको रहर मेटिन्छ।
    ✍️ कमला पाण्डे पराजुली, झापा

    @ २५
    १.
    मोतिराम सधैँ देख्छु कुशे अौशी उदाउँदा,
    श्रद्धाले दिल यो छुन्छ मोति-भानु खुलाउँदा ।
    २.
    भानुभक्त कहाँ हुन्थे मोतिराम नअाउँदा !
    अल्पायू तर दीर्घायू भानुका गीत गाउँदा ।
    ✍️ रामजी लामीछाने, पाेखरा

    @ २६
    १.
    मोति भए राष्ट्रका विभूति चम्के अमर भै सारा,
    कवि हुन् मूर्धन्य साहित्यका बनेर नेपाली तारा।
    २.
    खँदिला शृङ्गारका काव्य पस्किएर नेपाली जनमा,
    साहित्यका  सशक्त  कवि बनी  बसे सबका  मनमा।
    ✍️ अबजस चन्द्र, झापा

    @ २७
    १.
    साहित्यमा कलम चलाई भएको छ मोति, ‌
    त्यसैले जिन्दगीमा बलेको सधैँ झल्ल  ज्योति ।
    २.
    मोतीराम ज्योति पठाइदेऊ मलाई पनि,
    साहित्यमा निकाल्नेछु मोति कलमले खनी।
    ✍️ कल्पना थामी, सिन्धुपाल्चोक

    @ २८
    १.
    बजिरहेको यहाँ मेरो दिलको तार,
    सम्झनामा मोतिको लाखौँ लाख हजार।
    २.
    नेपालको उज्यालो साहित्यका हौ ज्योति,
    राष्ट्रिय विभूति नै तिमी भ’का छौ मोति।
    ✍️ ईशहाक हुसैन,
    सिमरा बारा
    हाल-काठमाण्डौ  चावहेल

    @ २९
    १.
    मोति तिमीले भानुको रामायण छाप्न सघायौ,
    नेपाली साहित्यमा तिर्न नसक्ने गुण लगायौ।
    २.
    गजल,नाटक र जीवनी सबै विद्या लेख्यौं,
    भानुलाई अघि ल्याउने काम उचित देख्यौ।
    ✍️ अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग।

    @ ३०
    १.
    साहित्यका अनमाेल सम्पत्ति  नै माेतिराम भट्ट,
    उनकै नामले चल्दैछ नेपाली वङ्मयकाे  घट्ट ।
    ३.          
    प्रसिद्ध छन् भनेर उनी युवा कवि,
    अमर भएछन् बनेर सुधा रवि ।
    ✍️ लक्ष्मी घिमिरे दहाल,
    दमक-७, झापा

    @ ३१

    सागर हुदै सतहमा “माेती”चम्की रहे ,
    साहित्यकाे दाैरानमा अनेक धम्की सहे ।
    २.
    समकालीन सर्जकका थिए अशल साथी ,
    शालिन शैली पस्किएर पुगे छिट्टै  माथी ।
    ✍️ रामकृष्ण दुवाडी, पाेखरा ।

    @ ३२
    १.
    गए है मोति साहित्य फाँटमा उज्यालो छरेर,
    कम्तिनै  हुन्छ  सकिन्न उनको  बयान  गरेर।
    २.                            
    गीत र गजल काव्य रस धारा सलल बगेको,
    मोतिले हो नि मलजल गरी हुर्काउदै लगेको।                
    ✍️ नवशिला।
    बेलबारी -२, लालभित्ती, मोरङ
    हाल: गोदावारी, ललितपुर।

    @ ३३
    १.
    जो कवि कवियित्री मोतिमार्ग पक्रे,
    साहित्यको डालीमा हराभरा फक्रे ।
    ३.
    मोतिको नाम,
    कविको शान ।
    ✍️ बिके माकजु, झाैखेल भक्तपुर  ।

    @ ३४
    १.
    औंशी कै दिनमा जन्मिए मोतिराम भट्ट,
    पढाईमा प्रश्न सोध्दा जवाफ दिन्थे फट्ट।
    २.
    मोतिराम भट्टले ईतिहासमा नाम राखेको भेटिन्छ,
    उनको मिठो कविता पढेर मनको रहर मेटिन्छ।
    ✍️ कमला पाण्डे पराजुली,  झापा

    @ ३५
    १.
    भानुलाई अगाडि ल्याउने उनको काम,
    साहित्यको विधामा नै कमाएको हो नाम।
    २.
    भानु साहित्यका विभिन्न विधामा प्यारा मलम,
    भानुका छन् यहाँ बिर्सन नसक्ने छापमा कलम।
    ✍️ साधना पाैडेल, अाेखलढुंगा

    @ ३६

    नक्षत्र एक जुगको साहित्यका थिए भक्त,
    लेखी गजल र कविता मोति भए  सशक्त ।
    २.
    युवाकवि उनी राष्ट्रका विभुति र विद्वान्,
    कुन शब्दमा गरौँ म मोतीरामको बखान्।
    ✍️ लक्ष्मण समिर, बर्दिया

    @ ३७
    १•
    नाम जस्तै काम गर्ने ती मोति,
    अन्तर चक्षुका ननिभ्ने ज्योति।
    २.
    मोति साहित्यमा ननिभ्ने तारा बने,
    शृङ्गारिक गजलको गौरेटो खने।
    ✍️ घनश्याम पौडेल, सृजना चोक
    पोखरा

    @ ३८
    १.
    प्रशंसा के गर्नु सागर को थोपाले अब,
    साहित्यका पाना नै पल्टे मोति जागे जब।
    २.
    नाम झैँ सधैँ बहुमूल्य काम गरी गया,
    उनका राम्रा कृतिले नै  सबै खुशी भया।
    ✍️ धनुष न्यौपाने, जुम्ला
    हाल सुर्खेत

    @ ३९
    १.               
    कुशे अौंशीकै दिन जन्मेका मोती,
    तृष्णा बुद्धिका थिए ज्ञानका ज्योति।
    २.                  
    साहित्यको विभिन्न विधामा अौधी रुचि,
    कविता गजल मुक्तकमा लामो सुची।
    ✍️ राम रावल सागर
    अत्तरिया-कैलाली

    @ ४०
    १.
    मोति तिम्रो जन्म अनि मृत्यु यही दिन भयो,
    सहित्यको इतिहासमा अमर नाम रह्यो।
    २.
    समस्या पूर्ति कवितामा प्रतिभा देखायौ,
    गजल लेख्यौ भानुको त जीवनी लेखायौ।
    ✍️ निर्मला शाही ठकुरी, दैलेख,
    हाल दार्जिलिङ

    @ ४१

    मोतिराम मोती हुन् साहित्यका महान कवि,
    नेपाली जगत् मा कहिल्यै नअस्ताउने रवि ।
    २.
    भानुलाई चिनाउने उही मोति नै भए,
    नेपाली साहित्यमा नाम कमाएर गए ।
    ✍️ राजेन्द्र प्रधान पासा, दार्जीलिङ्ग

    @ ४२
    १.
    मेरो नसामा हुनुहुन्छ मोतिराम,
    कति राम्रो थियो लेखाई अनि  काम।
    २.
    साहित्यमा अमर  नाम मोति,
    झारेका छन् आकाशबाट ज्योति।
    ✍️ कान्छि बिनिता बिश्वकर्मा, बाजुरा

    @ ४३
    १.
    जन्म भएको थियो आजको दिन,
    मोति जयन्ती मनाऔँ एक छिन ।
    २.
    मोति भट्ट एक महान कवि,
    उनको थियो धेरै राम्रो छवि ।
    ✍️रिता खराल , रुपन्देही

    @ ४४
    १.
    अन्धकार हटेको हो ज्योतिबाट,
    साहित्यमा जन्मिएका मोतिबाट ।
    २.
    यसरी चर्चा चलिरहोस् मोतीरामको,
    सिको गरुन् सबैले तिम्रो राम्रो कामको।
    ✍️हिमा आर.सी
    मेहेलकुना सुर्खेत

    @ ४५
    १.
    शृङ्गारिक धाराका प्रवर्तक प्रिय युवा कवि,
    मोति तिमीले नै साहित्यमा बनायौ उच्च छवि।
    २.
    तिम्रो छोटो जीवन लीला श्रद्धा  मेरो मोति,
    नेपाली साहित्यमा तिमी छौ उज्याला ज्योति।
    ✍️ तारा कुमार थापा, इलाम

    @ ४६
    १.
    माध्यमिक काल साहित्यमा ईट्टा थप्यौ चट्ट,
    आकाशको तारा बन्यौ कवि मोतीराम भट्ट ।
    २.
    तिम्रै कारण चम्के भानुभक्त बने आदिकवि,
    नेपाली गजल विधा छेड्यौं त्यसमै राख्यौ छवि ।
    ✍️वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    @ ४७
    १.
    मोति थियौ नि अझै छौ चम्किलो,
    गजल विधा नै भयो गम्किलो ।
    २.
    ल्याएर गजल रोपेर बीउ,
    फलायौ तिमीले मासेर जीउ ।
    ✍️ माधव पोखरेल गोज्याङ्ग्रे
    उदयपुर गाईघाट, हाल ताप्लेजुङ

    @ ४८
    १.
    साहित्य जगत् मा मोतिराम मोती दाना,
    जनफाट्ने यिनले बुनेनन् ताना बाना ।
    २:
    नेपाली कविता र गजलकार हुन् मोति,
    भित्र्याए भाषामै नेपालीका कानका लोती ।
    ✍️ ऋषिराम खनाल, पाल्पा, हाल मध्यबिन्दु ६ नवलपरासी ।

    @ ४९
    १.
    कोही पथ प्रदर्शक चाहिएको थियो रुमलिएको समाजमा,
    कवि मोतिरामले नै छरिदिए सन्देश साहित्यिक आवाजमा।

    बाटो देखाउन बाली दियौ तिमीले साहित्यको ज्योति,
    आफ्नो छवि उच्च बनाउन सफल भयौ कवि मोति।
    ✍️ प्रमोद भट्टराई ‘प्रतीक’
        कौशलटार, भक्तपुर

    @ ५०
    १.
    जन्मे मोति आजै हट्यो कालो जालो,
    जल्यो धरामा  गजलको दियालो।
    ३.           
    गयौ तिमी छिट्टै नै धर्तीका तारा,
    दिदैँछन् श्रद्धाञ्जली नेपाली सारा ।
    ✍️ सूर्य मणि रेग्मी, चितवन

    @ ५१
    १.
    साहित्य क्षेत्रमा नै बनाए ठूलो छवि,
    पहिचान छ उनका युवा मोति कवि।
    २.
    धेरै दिए साहित्यमा नौलो योगदान,
    आजको दिन गरौँ उनलाई सम्मान।
    ✍️ रविन भण्डारी
    कानेपोखरी-२,दलेली मोरङ

    @ ५२
    १.
    कविमा कविवर महानताको छटा छ मोती भट्ट,
    हेर्दा जता त्यतै कविता गजलमा कोटी कोटी चट्ट।
    २.
    कवितामा शृङ्गारको रचना कविवर मोति भट्ट महान,
    गर्छु सधैँ नै उहाँको उच्च शिखरको हृदयले गुणगान ।
    ✍️ सुरेखा चाम्लिङ्ग
    सुर्यबिनायक २ भक्तपुर

    @ ५३
    १.
    शब्द रूपि कलमले छर्ने प्रकाश घाम,
    नेपाली गजलका प्रवर्तक मोतिराम ।
    २.
    मोतिरामलाई अङ्गाल्ने चम्किऊन्
    साहित्यको बाटोमा सबै लम्किऊन्।
    ✍️ रिजाल विनोद
    बेलबारी ०२ मोरङ

    @ ५४
    १.
    नेपाली साहित्य जगत् का नै खुङ्खार हस्ती,
    शृङ्गारिक गजल हृदयमा छुने मस्ती।
    २.
    होनहार  प्रतिभामै गनिने मोतीराम  कवि,
    कलात्मक एवं न्याट्य जगत् मा भट्टजीको छवि ।
    ✍️ इश्वरी अधिकारी, लमजुङ्ग

    @ ५५
    १.
    कसले चिनायो भन!हाम्रा आदिकविलाई?
    मोतिले बढाई हात दिए जगमा चिनाई।
    २.
    नमनमा शब्द थोर छन्, हौ नयनका ज्योति,
    आन बान शानका प्रतीक तिमीनै हे!मोति।
    ✍️ अर्जुन उप्रेती “अप्रतिम” असम (भारत)

    @ ५६

    साहित्यमा पनि तिम्रो पाइन्छ देशभक्ति,
    लेखनकलामा थियो रे भन्छन् महाशक्ति ।
    ३.
    सुरुवात गरी गजल लेख्न सिकायौ,
    साहित्यको जरा बलियो पारी टिकायौ।
    ✍️ काेकिला चाैधरी, बर्दिया

    @ ५७


    जन्म भयो कुशेऔंशीका नै दिनमा,
    मोती अमर रहे साहित्य जगमा ।
    २.
    अब्बल मोतिराम साहित्यका रहे अविस्मरणीय,
    अमर तारा बनी नेपाली जगत् मा अनुकरणीय ।
    ✍️ दुर्गा भट्टराई , मोरङ

    @ ५८
    १.
    विविध भाषा साहित्यमा दख्खल ठिटो ,
    नाम पनि मोति आहा! काम उस्तै मिठो ।
    २.
    जगत् लाई रङ्गीन पार्ने शृङ्गारिक धारा जोड्यौ ,
    आफ्नोमात्र होइन नाम भानुको नि सँगै छाेड्यौ ।
    ✍️ धनु शर्मा, पाेखरा ।

    @ ५९
    १.
    मोति राम तिमी रचेर कविता नेपालमा चम्कियौ,
    उज्यालो छरेर करोड जनमा सर्वोच्चमा लम्कियौ ।
    २.
    मोती राम तिमी भुलेर कसले बस्ला र संसारमा,
    नेपाली भवमा अपार गुण त्यो ,सद्भाव आधारमा ।
    ✍️ तारा घिमिरे, संखुवासभा

    @ ६०
    १.
    नाम कमाउन सफल भयौ गजल दुनियाँमा,
    पहिलो व्यक्ति बनी उच्च नाम राखे यो हियामा ।
    २.
    जन्म पश्चात् कवि शब्दले संसार छाए,
    हृदय इङ्गित कवि कविता दिए निदाए।
    ✍️ नवीन जाेशी

    @ ६१
    १.
    मेरो सृष्टि मेरो गुरू बाबा भगवान,
    आमा संसारको सबैभन्दा हुन् महान।
    २.
    नेपाली साहित्यमा उदाएका रवि,
    हुनुहुन्थ्यो मोतीराम प्रसिद्ध कवि।
    ✍️हिउँकला हाँसी खतिवडा, कमलबजार अछाम

    @ ६२
    १.
    अाहाे!मोति तिमी साच्चैका रत्न रहेछौ!
    अाफ्ना कृतिले नै आफू चिनिने भएछौ।
    २.
    मोतिराम भट्ट तिम्रो जयन्ती मनाउन पाउँदा,
    खुशी छौँ तिम्रा कृति र नामका गीतहरू  गाउँदा।
    ✍️ नानीबाबा अधिकारी, काठमाडाैं

    @ ६३
    १.
    उदाए मोतिराम चम्किलातारा बनी,
    चिनाए जगतलाई युग कवि भनी ।
    २.            
    भाद्र कुशे औंशीमा उनको जन्म भयो,
    मृत्यु पनि त्यही तिथिमा नै हुन गयो ।
    ✍️ अम्बिका गिरी, विराटनगर
    जय टुक्का! जय साहित्य 

    One thought on “टुसासद्वारा कुशेऔंसी, बाबुको मुख हेर्ने दिन तथा मोती जयन्तीको अवसरमा टुक्का कविता लेखन कार्यक्रम सम्पन्न

    1. हिमालयन दृष्टि परिवार तथा वसन्त अनुभव सर प्रति हार्दिक आभार
      सम्पूर्ण सर्जकमा हार्दिक बधाई

    Leave a Reply