” जूनको कुरा गर्छु म त …”

  • १९ भाद्र २०७८, शनिबार १३:४० मा प्रकाशित
  • जूनको कुरा गर्छु जब, तिमी सुनको गर्छौ !
    सुनकै कुरा गर्दा फेरी, तिमी जूनको गर्छौ !!
    खै कसरी मिल्दो होला, जून र सुनको कुरा !
    खल्लो नहोस पिरती यो, गर नूनको कुरा !!

    यै धर्तिको कुरा गर, आकाश छुनु छैन !
    एउटा जुनी एक बारको, धेरै रुनु छैन !!
    मेरो गीतको गर बरु, मिठो धुनको कुरा !
    खल्लो नहोस पिरती यो, गर नूनका कुरा !!

    मायाँ पिरतीमा कहीँ, हुन्न हिसाब किताव !
    तिमीलाई दिन्न आरोप, दिन्छु न्याय निसाफ !!
    कहिले नहोस हामी बिच, तातो खूनका कुरा !
    खल्लो नहोस पिरती यो, गर नूनका कुरा !!

    सुशील पराजुली,मकवानपुर

    Leave a Reply