
जूनको कुरा गर्छु जब, तिमी सुनको गर्छौ !
सुनकै कुरा गर्दा फेरी, तिमी जूनको गर्छौ !!
खै कसरी मिल्दो होला, जून र सुनको कुरा !
खल्लो नहोस पिरती यो, गर नूनको कुरा !!
यै धर्तिको कुरा गर, आकाश छुनु छैन !
एउटा जुनी एक बारको, धेरै रुनु छैन !!
मेरो गीतको गर बरु, मिठो धुनको कुरा !
खल्लो नहोस पिरती यो, गर नूनका कुरा !!
मायाँ पिरतीमा कहीँ, हुन्न हिसाब किताव !
तिमीलाई दिन्न आरोप, दिन्छु न्याय निसाफ !!
कहिले नहोस हामी बिच, तातो खूनका कुरा !
खल्लो नहोस पिरती यो, गर नूनका कुरा !!
सुशील पराजुली,मकवानपुर

