एसपी र डिएसपीको छड्के, जमुनाहका १७ प्रहरी जिल्ला तानिए

  • १३ आश्विन २०७८, बुधबार १९:०४ मा प्रकाशित
  • बाँके असोज १३ गते ।
    नेपालगन्जको जमुनाह प्रहरी चौकीबाट ठूलो संख्यामा प्रहरीलाई जिल्ला तानिएको छ । नाकामा खटिएर सन्तोषजनक काम नगरेको भन्दै प्रहरी हवल्दारसहित १७ जनालाई जिल्ला तानिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले अनलाइन खोजखवरलाई जानकारी दिनुभयो ।

    आज विहानमात्रै एसपी अधिकारी र डिएसपी मधुसुदन सादा पोषाकमा नाकामा छड्के अनुगमनमा जानुभएको थियो । नाकामा नागरिकलाई अनावश्यक दुख दिने प्रहरीको काम होइन एसपी अधिकारीले भन्नुभयो केही प्रहरीले त्यो क्रियाकलाप गरेको पाइयो उनीहरुलाई जिल्ला तानिएको हो ।

    एसपी र डिएसपी सादा पोषाकमा

    उहाँका अनुसार इन्चार्ज समेतलाई तान्ने तयारी थियो । तर सबै तान्दा सन्देश राम्रो नजाने भएपछि प्रारम्भिक चरणमा १७ जनालाई जिल्ला तानिएको हो ।

    उनीहरुको ठाउँमा अर्को टोली खटाइएको छ । नाकामा बसेर बदमासी काम गर्नेलाई कारवाही गरिने एसपी अधिकारीको भनाइ छ ।

    हिन्दु धर्मावलम्बीहरुको महत्त्वपूर्ण चाड दसैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर घर फर्कने नेपालीहरुको नाकामा महिलाहरुको समेत भिडभाड हुने गर्छ, उनको सहजताका लागि थप १ जना महिला असइ समेत खटाएको एसपी अधिकारीले बताउनुभयो ।

    प्रहरीका अनुसार नाकामा इन्चार्ज लगायत २७ जनाको टोलि रहेको छ, त्यस मध्य महिला प्रहरी ५ जना छन ।

    श्रोत:ऑनलाइन खोज खबर बाट

    Leave a Reply