
ऋषिकेश पन्थीले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायबाट “Performance of Trading Sector’s Public Enterprises in Nepal” (नेपालमा रहेका व्यापारिक क्षेत्रका सार्वजनिक संस्थानको कार्यसम्पादन स्तर) शीर्षकमा विद्यावारिधि अध्ययन सम्पन्न गर्नूभएको छ ।
व्यापारिक क्षेत्रमा रहेका सार्वजनिक संस्थानहरुको कार्यसम्पादनको अवस्था, सबल तथा दूर्बल पक्षहरु पत्ता लगाउने उद्देश्यले गरिएको उक्त अनुसन्धानमा प्राथमिक र द्वितीय दुवै श्रोतहरुको प्रयोग गरी मिश्रित विधिको माध्यमबाट उक्त अनुसन्धान सम्पन्न गरिएको छ ।
अनुसन्धानबाट व्यापारिक क्षेत्र अन्तर्गत सार्वजनिक संस्थानहरुको कार्यसम्पादन स्तर लगानीको तुलनामा कमजोर रहेको पाइएको छ । सार्वजनिक संस्थानमा कार्यसम्पादन स्तरको मापन, कार्यसम्पादन मुल्याêन, कार्यसम्पादन करार, कार्यसम्पादनमा आधारित तलब भत्ताको व्यवस्था, कार्यसम्पादनमा आधारित नेतृत्व चयन लगायतका विषयहरु विगत लामो समयदेखि अवलम्बन गर्दै आएता पनि सार्वजनिक संस्थानको कार्यसम्पादन स्तर निकै कमजोर देखिनुमा सार्वजनिक संस्थानको कमजोर नेतृत्व, मानव संशाधन व्यवस्थापनको चूस्ततामा कमी तथा समयसापेक्ष रुपमा प्रविधिमैत्री उत्पादन तथा वितरण प्रणाली लागु गर्न नसक्नु जस्ता कारणहरु अनुसन्धानको निष्कर्ष रहेको छ ।
प्रखर बक्ता पन्थी हाम्रो हिमालयन दृष्टिका कानुनी सलाहकार हुनुका साथै नेपाल वायु सेवा निगमको आधिकारिक ट्रेड युनियनका कार्यकारी अध्यक्ष पनि हुनुहुन्छ !

