दशजना टुक्काकारहरूद्वारा सृजना गरिएका उत्कृष्ट टुक्काहरू

  • ११ भाद्र २०७८, शुक्रबार ००:२८ मा प्रकाशित
  • टुक्का साहित्य समाजले नियमित टुक्का लेखन अभ्यास कार्यक्रम शृङ्खला सञ्चालन गर्दै आएको छ ।

    टुक्का कविताको विकास र उन्नयनका निम्ति दैनिक, साप्ताहिक र विभिन्न पर्व एवं दिवसको अवसर पारेर टुक्का लेखन अभ्यास कार्यक्रम सञ्चालन गर्दै आएको समाजका अध्यक्ष एवं टुक्का प्रवर्तक ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    प्रस्तुत छ, शिवशङ्कर शीर्षक अन्तर्गत सृजना गरिएका १० जना टुक्काकारहरूको उत्कृष्ट टुक्काहरू

    १.
    भोला तिमी मलाई विश्वास साँच्न देऊ,
    आराधना जगाऊँ तिम्रो सदैव छेउँ।
    २.
    उस्तै हुदैन यात्रा सोझो सलक्क बग्ने,
    हुन्छन् कुनै नकारा मान्छे चिनेर ठग्ने।
    ✍️ पौडेल विमुन्स, पाेखरा
    ~~~~~~~~~~~~~~~~~~~~~~

    १.
    देवादिदेव महादेव हुन् शिवशङ्कर भोला,
    जीवन सार्थक पार्न प्रभु दर्शन दिनुहोला ।
    २.
    त्रिदेवमध्ये एक रूप शिव संहारकर्ता,
    मानिसको जीवनबाट अनिष्टलाई हर्ता ।
    ३.
    त्रिपुण्डधारी त्रिपुरारी कैलाश अधिपति,
    शिवजीको नामले भवसागर तरे कति ।
    ✍️ श्रीकृष्ण शर्मा, पोखरा
    ~~~~~~~~~~~~~~~~~~~~~~

    १.
    लाग्दछ मलाई रमाइलो शंकरजीको दरबार,
    दर्शन पाउने इच्छाले छोडेर आयौ त्यो घरबार।
    २.
    बग्दछिन् गङगा धर्तीमा तिम्रै शिरबाट झरेर,
    नागहरू बेरिएछन्  गलामा  गहना  बनेर ।
    ३.
    बाघको छाला ओछ्याई पलेटी कसेका भोला,
    मानिस भई  बाँच्नलाई कठिन भयो यो चोला।
    ✍️ तारा घिमिरे, संखुवासभा
    ~~~~~~~~~~~~~~~~~~~~~~

    १.
    अब कसैले पनि भाङ्ग धतुरा नखाए,
    नसिलो वस्तु सँग कत्ति साईनो नलाए।
    २.
    धर्मको सार बुझौँ, पालौँ आमा बाबा
    ढाँटी चोरी नगरौँ बनौँ सच्चा खाँबा
    ३.
    राम्रो कथालाई सिक अंगालन सबै,
    नराम्रो बानी ब्यहोरा नराखन कबै।
    ✍️ सुरेशकुमार पान्डे, दाङ घोराही-१८
    ~~~~~~~~~~~~~~~~~~~~~~

    १.
    अनेक रुप धारण गर्ने शिव शंकर भाेला,
    तिम्रै ध्यानमा लगि रहाेस सारा मानव चाेला।
    २.
    शिव शम्भाे महादेव तिमी हाै कैलाश पति,
    राैद्र रुप नदेखाउनु संसार हुन्छ खती ।
    ✍️ ताराप्रसाद चापागाईं
    धुनिबेशी नगार पालिका -९, धादिङ

    ~~~~~~~~~~~~~~~~~~~~~~

    १.
    सनातनीहरू सत्यम् शिवम् सुन्दरम् भन्छन् ,
    ओम नमः शिवाय  जप्न  मै  मस्त रहन्छन्।
    २.
    साउन महिनाको अन्तिम सोमबार हो आज,
    शिवलाई  जल अर्पण  गर्यो र  नमानी लाज।
    ३.
    धैर्य-सहनशीलता र अनेकतामा एकताको चित्र,
    शिव परिवारबाट सिक्नु पर्ने कुरा सिक्यौ के त मित्र?
    ✍️ अरुण कुमार भुजेल , गोरूबथान,कालेबुङ्ग।
    ~~~~~~~~~~~~~~~~~~~~~~

    १.
    जयजय हे महादेव शिव भोलेबाबा,
    शिवको नाममा कोही पनि नहूँ है काबा।
    २.
    श्रावणको अन्तिम दिन शिव व्रत बसेर,
    पुजापाठ रमाइलो गरौँ  घरमै जमेर ।
    ३.
    हरि ॐ नम: शिवाय भजौँ सबैले ,
    आफ्नो कर्तव्य नछोडौँ है कसैले ।
    ✍️ बेदु न्यौपाने , काठमाडौ
    ~~~~~~~~~~~~~~~~~~~~~~

    १.
    मानिसको मरिजाने दुईदिने  चाेला,
    काे पहिले  काे पछि निर्णय  गर्ने भाेला।
    २.
    भाेले बाबा पुकार्छू  लगाएर  भक्ति ,
    शिव आफैँ मलाई  दिनुहाेला शक्ति ।
    ३.
    कैलाशपति भनिने शिवशङ्कर भाेला,
    हामी दु:खी भक्तलाई दर्शन  दिनुहाेला।
    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    ~~~~~~~~~~~~~~~~~~~~~~

    १.
    ॐ नम: शिवायःजय: पार्वतीका पति,
    जप ध्यान नगरेरै  बिग्रिएछ मति ।
    २.
    अात्मैदेखि निरन्तर गरून् नित्य भक्ति,
    भक्तिभावले प्राप्त हुनेछ दिब्य शक्ति।
    ३.
    तेत्तीसकाेटी देवता छन् भुवनमा अाज,
    सबैभन्दा ठूला शिव एउटै तिम्रो राज ।
    ✍️ रामकृष्ण दुवाडी, पाेखरा ।
    ~~~~~~~~~~~~~~~~~~~~~~

    १.
    पूजन गर्नुछ  आज भोलेबाबालाई,
    उनकै भक्तिमा मन मन्दिर सजाई।
    २.
    आयौं हामी भक्त हे नाथ शरणमा छौ आज,
    सदैव  देऊ सत्वुद्धि सप्रोस् हाम्रो समाज ।
    ३.
    हुन् भगवान् सकलका मात्र एक,
    तर पुकारिन्छ लिई नाम हरेक ।
    ✍️ दुर्गा भट्टराई ,  मोरङ

    ~~~~   जय टुक्का! जय साहित्य!!  ~~~~

    3 thoughts on “दशजना टुक्काकारहरूद्वारा सृजना गरिएका उत्कृष्ट टुक्काहरू

    1. हार्दिक आभार हिमालयन दृष्टि अनलाइन पत्रिका प्रति तथा वसन्त अनुभव सर प्रति कृतज्ञता प्रकट गर्दछु। सम्पूर्ण टुक्काकार ज्यू हरूमा हार्दिक बधाई तथा शुभकामना।

    2. हार्दिक बधाई समस्त टुक्का सर्जकहरूलाई ।

    Leave a Reply