उदक साहित्य यात्राको १४ औँ अभ्यास शृङ्खला शुक्रवार सम्पन्न, ६१ जना उदक स्रष्टाहरूको सहभागीता

  • ११ भाद्र २०७८, शुक्रबार २०:५९ मा प्रकाशित
  • उदक साहित्य यात्रा नामक फेसबुक पेजको आयोजनामा आयोजित १४ औँ उदक अभ्यास शृङ्खला शुक्रवार सम्पन्न भएको छ ।

    काव्य विधाको उपविधाको रूपमा परिचित उदकको विकास र उन्नयनका लागि नियमितरूपमा अभ्यास शृङ्खला सञ्चालन गरिदै आएको उदकका प्रवर्तक एवं शृङ्खलाका प्रशिक्षक आर्त अकुलीनले बताउनुभयो ।

    उहाँका अनुसार शुक्रबार विहानैदेखि अपरान्ह ५ बजेसम्ममा सहभागीहरूलाई दिइएको चित्रको गहन भाव खुल्ने गरि एक/एक वटा उदक लेख्न भनिएको थियो । जसमा ६१ जना उदकयात्रीहरूले सहभागिता जनाउनु भएको थियो । अभ्यास समापन सँगै उदकका प्रवर्तक एवं शृङ्खलाका प्रशिक्षक आर्त अकुलीनले सहभागी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

    अभ्यासका लागि दिइएको तस्बिर

    तस्बिरमा लेखिएका स्रष्टाका उदकहरू :

    ✍️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️

    स्वतन्त्रता
    निश्चल निर्मल
    जल जमिन आकाश !
    ✍️ रमा पन्त, पाल्पा


    शान्त
    सुन्दर वातावरण
    चरा भएर उड्नु ?
    ✍️ पुष्पा सायरा, विराटनगर


    वातावरण
    धमिलो नहोस्
    एक अर्काको कारण !
    ✍️ पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, पनौती-३, काभ्रे


    गाेधूलि
    समय सार
    सृष्टिकाे मूल आभाष !
    ✍️ राेशन पराजुली, धरान


    स्वतन्त्रता
    सुन्दर शान्त
    हरेक प्राणीको अधिकार !
    ✍️ विश्वनाथ श्रेष्ठ, फिक्कल, सिन्धुली


    व्योम
    सफा स्वच्छ
    पक्षीको खुला रजाइँ !
    ✍️ अमृता देवकोटा, कैलाली


    स्वच्छ
    रमणीय प्रकृति
    चरीको स्वतन्त्र उडान !
    ✍️ सावित्री अधिकारी, काठमाडौँ


    पंक्षी
    निर गगन
    अनुपम सुन्दर वातावरण !
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका-१४, दाङ


    प्रकृति
    मरुभूमिको तातो
    सिउँडीका तिखा काँडा !
    ✍️ सविता के.सी., काठमाडौँ

    १०
    आकाश
    स्वन्त्रताको प्रकाश
    प्रकृति आफैमा कपास !
    ✍️ ईश्वरी अधिकारी, लमजुङ

    ११
    आकाश
    स्वतन्त्र पक्षी
    आहा! सुन्दर प्रकृति !
    ✍️ पवित्रा कुमारी महरा, घोराही, दाङ

    १२
    पक्षी
    गोधूलि साँझमा
    निवासतिर प्रस्थान गर्दै ।
    ✍️ विनय तामाङ, भक्तपुर

    १३
    भानु
    तिम्रो आगमन
    लिएर आशाको किरण !
    ✍️ गोपालप्रसाद पौड्याल, विराटनगर

    १४
    उद्देश्य
    धर्ती आकाश
    चरीकाे उडान मृगतृष्णा !
    ✍️ मुना दाहाल, ललितपुर

    १५
    प्रकृती
    आकर्षक दृश्य
    पक्षी गगन हिमाल !
    ✍️रिता खराल, रुपन्देही

    १६
    मरुभूमि
    भेटिँदैन कुवा
    तिर्खाएको काकाकुल चरी !
    ✍️ पशपती राई, खोटाङ

    १७
    पक्षी
    सूर्यको लाली
    स्वच्छ आकाश प्रकृति ।
    ✍️ अञ्जिता राउत, नेचा सल्यान-५, सोलुखुम्बु

    १८
    चरी
    आकाशमा उडी
    धर्तीमा छैन छहारी !
    ✍️ समुन्द्रा शर्मा, सुनसरी

    १९
    सुन्दर
    यो धरा
    आहा आफैमा अथाह !
    ✍️ हृदय लेकाली, भैरहवा

    २०
    भवमा
    लक्ष्य बोकेर
    बेग हान्दैछ नभमा ।
    ✍️ प्रभादेवी पौडेल, चितवन

    २१
    चरा
    उडेको आकाशममा
    बस्ने ठाउँ  खाेज्न !
    ✍️ राजकुमार राजभण्डारी ,खाेटाङ्गे’, भक्तपुर

    २२
    भानुको
    उज्यालो मिरमिरे
    पक्षी स्वतन्त्र आकाशमा !
    ✍️ सोमनाथ लुइटेल ‘रवि पाल्पाली’
    पाल्पा, हाल: युगाण्डा

    २३
    सूर्यास्त
    ताराहरुकाे उदय
    पक्षी बास खाेज्दै !
    ✍️ नवराज भट्ट, महेन्द्रनगर

    २४
    आकाशमा
    चराको यात्रा
    सुनौलो रविको साहारा !
    ✍️ बालकृष्ण खनाल, टीकापुर

    २५
    आकाश
    उडानमा चरा
    गन्तव्य विहिन यात्रा !
    ✍️ खेमराज पुरी, कैलाली

    २६
    आहा
    प्रकृतिको मेल
    कति राम्रो आकृति !
    ✍️ कमला गौतम, रुपन्देही

    २७
    उदय
    स्वागत गर्दै
    पक्षी धरती गगन !
    ✍️ शान्ता रिमाल, टाँडी, नेपाल

    २८
    पक्षी
    खुल्ला आकाश
    सुन्दर प्रकृतिसँग रम्दै !
    ✍️ चक्र शाही, कैलाली

    २९
    अवस्था
    आँखामा नाच्दै
    मरुभूमिमा चरी उड्दै !
    ✍️ नारायण कोइराला
    तानसेन, पाल्पा, हाल: यूएई

    ३०
    आकाशमा
    चरा उडेको
    देखियो गोधूलिली साँझमा !
    ✍️ सुशीला पौडेल, काठमाडौँ

    ३१
    सुरम्य
    वातावरणमा प्रभाकर
    कञ्चन गगन पक्षी !
    ✍️ इन्दिरा ज्ञावली, पाल्पा

    ३२
    आकाश
    सूर्य प्रकृति
    सजीव निर्जीव सम्बन्ध !
    ✍️ सपना भट्टराई, रुपन्देही

    ३३
    प्रकृति
    धर्ती आकाश
    जीवनको असीमित उडान !
    ✍️ शिव खनाल ‘जीवम’, रुपन्देही

    ३४
    खगाेल
    सुन्दर भूगाेल
    प्रकृतिकाे आवरण सगाेल !
    ✍️ रामकृष्ण दुवाडी, पाेखरा

    ३५
    उडान
    नरोकिएको यात्रा
    पथका काँडा जञ्जीर !
    ✍️ हिमाल अम्मै, घोडाघोडी, कैलाली

    ३६
    चरी
    लैजा सन्देश
    खसम छन् परदेश !
    ✍️ मङ्गला उपाध्याय, कलैया

    ३७
    चन्द्रमा
    रातको चाँदनी
    उड्दै आकाशमा पक्षी !
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा, हाल: मलेसिया

    ३८
    नग्न
    अँधेरोको उदय
    पक्षी बासको खाेजी !
    ✍️ दुर्गा भट्टराई, मोरङ

    ३९
    गोधूलि
    समयको गोजी
    आफ्नो गन्तव्य खोजी !
    ✍️ बादल गुरुङ वियोगी
    संखुवासभा, हाल: काठमाडौँ

    ४०
    सोच
    बचाउ प्रकृति
    पक्षी जस्तै जिन्दगी !
    ✍️ बुद्धिप्रसाद लामिछाने, कैलाली

    ४१
    सुन्दर
    रात जुनेली
    रात्री जीवन रतेली !
    ✍️ टीकाराम जाेशी, टीकापुर

    ४२
    पंछी
    उजाड मरुभूमि
    जीवनको खोजीमा उडान !
    ✍️ रामप्रसाद दहाल, सुर्खेत

    ४३
    काग
    बिहानै करायाे
    बेचैनीले मनै डरायाे !
    ✍️ श्रद्धा आचार्य, पोखरा

    ४४
    चरी
    सुन्दर दृश्य
    पृथ्वी आकाश माझमा !
    ✍️ विजया घिमिरे, जनकपुर

    ४५
    सुन्दर
    रमणिय प्रकृति
    अदृश्य मानव आकृति !
    ✍️ सुरेशचन्द्र घिमिरे, लमजुङ

    ४६
    सुन्दर
    आकर्षण दृश्य
    सूर्यको किरण धर्तीमा !
    ✍️ जानकी अधिकारी, पाल्पा

    ३७
    गोधुली
    उराठिलो साँझ
    गुँडको खोजीमा चरा!
    ✍️ कमला देवकोटा, पाल्पा

    ४८
    चन्दन
    निधारको टीको
    शान्त सुन्दर मस्तक !
    ✍️ होम प्रसाद नेउपाने, धरान, सुनसरी

    ४९
    घर
    खुल्ला आकास
    प्राकृतिक मनोरम बास !
    ✍️ राम न्यौपाने, कैलाली

    ५०
    अनुपम
    साैन्दर्य प्रकृतिको
    स्वच्छ स्निग्ध शान्त !
    ✍️ सुधा बाँस्काेटा ढकाल, काठमाडौँ

    ५१
    उड्दैछ
    खुला आकाशमा
    स्वतन्त्रता राेजेर पक्षी !
    ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    ५२
    भिन्न
    सूर्य पक्षी
    सबेरै आकाश चुम्बन !
    ✍️ फणीन्द्र थापा, बेलबारी-२, माेरङ

    ५३
    आकाश
    स्वतन्त्र सबै
    आफ्नो कला देखाउन !
    ✍️ वैद्यनाथ श्रमजीवी, वीरगञ्ज

    ५४
    प्रकृति
    देखिन्छ मनोरम
    पृथ्वीको अनुपम उपहार !
    ✍️ सुरेन्द्र साही, बाजुरा

    ५५
    संसाँझ
    मनमाेहक उपवन
    प्रकृतिकाे रङ्गिलाे जीवन !
    ✍️ मनोज थापा, कैलाली

    ५६
    गाेधूलि
    पक्षीकाे  उडान
    धरामा मनाेरम दृश्य !
    ✍️ नारायणप्रसाद उपाध्याय, कैलाली

    ५७
    रहर
    आकाश चुम्ने
    उन्मुक्त पखेटा फिजाइ ।
    ✍️ ईश्वर लामिछाने, धरान

    ५८
    सन्ध्या
    लाली किरण
    मनमोहक गोधूलि दृश्य !
    ✍️ कविता आचार्य, कैलाली

    ५९
    मरुभूमि
    चरीको तृष्णा
    थकित जून तारा !
    ✍️ आर्त अकुलीन, कैलाली

    ६०
    उद्देश्य
    छुने आकाश
    आक्रमण सूर्यको प्रकाश !
    ✍️ लक्ष्मी बस्याल, बर्दिया

    ६१
    शान्त
    सुन्दर वातावरण
    चरा भएर उड्नु ?
    ✍️ पुष्पा सायरा, विराटनगर

    Leave a Reply