रौतहटका पत्रकार मोहम्द मोजिबुल्लाह र शेख अतिउल्लाहको मोटरसाइकलमा लागु औंषध राखेर फसाउने दुई जना पक्राउ र दुई प्रहरी निलम्बित ।

  • ७ भाद्र २०७८, सोमबार २२:५२ मा प्रकाशित
  • रौतहट , गौर ०७ गते भदौ , सोमबार ।

    रौतहटका पत्रकार मोहम्द मोजिबुल्लाह र शेख अतिउल्लाहलाई लागुऔषध राखेर फसाइएको घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पत्रकार मोजिबुल्लाहकको मोटरसाइकलमा लागुऔषध राखेर उनलाई र अतिउल्लाहलाई फसाउने कार्यमा संलग्न रहेको आरोपमा माधवनारायण नगरपालिका–१ बस्ने २४ वर्षीय धीरज यादव र सर्लाहीको रामनगर गाउँपालिका–१ बहुअर्वा बस्ने २३ वर्षीय जितेशकुमार यादवलाई पक्राउ गरिएको रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम साहले जानकारी दिए।
    पत्रकार मोसजबुल्लाह चढ्ने बीआर ३० एस १८८७ नम्बरको मोटरसाईकलबाट साउन ३२ गते प्रहरीले लागुऔषध नाइट्राभेट ट्याबलेट १०५ वटा बरामद गरेकोे थियो।

    लागुऔषधसहित प्रहरीले मोजिबुल्लाह र अतिउल्लाहलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रौतहटका सह-सचिव सञ्जय सहनीले पक्राउ परेका यादवद्वयलाई प्रयोग गरी लागुऔषध राख्न लगाएको भन्ने खुलेको साहले बताए।

    लागुऔषध राखेपछि सहनीले प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साह कानुलाई बोलाई कुराकानी गरी दुवै जनालाई पक्राउ गर्न लगाएको खुल्न आएको साहको भनाइ छ।

    लागुऔषध राख्ने यादवद्वयलाई पक्राउ गरी आपराधिक षड्यन्त्र लागुऔषध मुद्दामा जिल्ला अदालतबाट सात दिनको मिलान म्याद लिइएको तथा गैरव्यावसायिक कार्य गर्ने प्रहरी सहायक निरीक्षक यादव र प्रहरी जवान साह कानुलाई निलम्बन गरी संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक साहले बताए।

    साउन ३२ गते लागुुऔषधसहित पत्रकारद्वय पक्राउ परेपछि नेपाल पत्रकार महासंघ रौतहटले घटनाको सिसिटिभी फुटेज सार्वजनिक गरेको थियो। जसमा पत्रकार मोजिबुल्लाह चढ्दै आएको मोटरसाइकलमा लागुऔषध राख्दै गरिएको देखिएको छ।

    Leave a Reply