
नेपाल विश्व हिन्दु महासंघ द्वारा ४ अगस्त २०२१ का दिन पाकिस्तानको भोङ्ग शहर स्थित हिन्दु मन्दिरमा भएको आक्रमण र तोडफोड बारे पाकिस्तान का माननीय प्रधानमन्त्री इमरान खान लाई काठमाडौं स्थित रहेकोे पाकिस्तानी दूतावास मार्फत ज्ञापन पत्र बुझाएको छ।
नेपाल विश्व हिन्दु महासंघको केन्द्रिय अध्यक्ष डा. केदारनाथ दाहाल तथा केन्द्रिय सचिव अभिषेक तिवारी द्वारा संयुक्त रूपमा उल्लेखित ज्ञापन पत्रमा पाकिस्तानमा रहेका अल्पसंख्यक समुदाय र तिनका आस्था माथि बारम्बार यस्ता अमानवीय घटनाहरु हुदै आएको प्रति महासंघ गम्भीर रूपमा चिन्तित रहेको भनिएको छ। महासंघले पाकिस्तान सरकार लाई अल्पसंख्यक समुदाय, उनीहरुको आत्मविश्वास र रक्षा को लागी ठोस प्रतिबद्धता का साथ अगाडि आउन आग्रह गर्दै जबरजस्ती धर्म परिवर्तन गराउने कार्य विरुद्ध पाकिस्तानी क्षेत्र भित्र अल्पसंख्यक समुदाय को सुरक्षा को लागी कडा कानून प्रवर्तन को माँग गरेको छ।

महासंघका केन्द्रिय अध्यक्ष डा. केदारनाथ दाहाल एवं केन्द्रिय वरिष्ठ उपाध्यक्ष बिजय प्रकाश निषाद द्वारा पाकिस्तानी दूतावासलाई हस्तान्तरित उक्त ज्ञापन पत्रमा पाकिस्तानमा रहेका अल्पसंख्यक समुदायहरु संग नेपाल विश्व हिन्दु महासंघको गम्भीर सहानुभूति रहेको साथै अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्र मानव अधिकार परिषद लाई यस्तो हिंसा र हमलाहरुलाई गम्भीरतापूर्वक लिन समेत अनुरोध गरिएको छ।

