भारत भ्रमणमा रहेका नेपाली पत्रकारहरुलाई जम्मुमा भब्य स्वागत तथा सम्मान।

  • ३० श्रावण २०७८, शनिबार ०६:२३ मा प्रकाशित
  • पर्सा सम्वादाता,

    उमेश कुशवाहा पर्सा। भारत भ्रमणमा रहेका नेपाली पत्रकारहरुलाई जम्मुमा पनि स्वागत तथा अभिनन्दन गरिएको छ । उद्योग वाणिज्य संघ जम्मुले एक कार्यक्रमको आयोजना गरि नेपाली पत्रकारहरुलाई स्वागत तथा अभिनन्दन गरेको हो ।


    उद्योग वाणिज्य संघ जम्मुका अध्यक्ष अरुण गुप्ताको अध्यक्षता भएको कार्यक्रमा रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहको नेतृत्वमा भारत भ्रमण गएका १६ जना प्रसेली नेपाली पत्रकारहरुलाई दोस्ला ओढाएर मायाको चिन्होले स्वागत तथा अभिनन्दन गरिएको थियो ।


    कार्यक्रम बोल्ने वक्ताहरूले नेपाल र भारत बिच रहि आएको पारस्परिक र सांस्कृतिक एक नास रहेको वताए ।
    वक्ताहरुले सदियो देखि चल्दै आएको रोटि बेटिको सम्बन्ध थप प्रगाढ बनाउनमा नेपाल र भारतको भुमिका रहेको वताएका थिए।


    उद्योग वाणिज्य संघ जम्मुका अध्यक्ष गुप्ताले भारत सरकारले खारेज धारा ३७० खारेज गरेपछि अवस्था बारे चर्चा गर्नु भएको थियो ।
    कार्यक्रममा उद्योग वाणिज्य संघ जम्मुका वरिष्ठ उपाध्क्ष अनिल गुप्ता, उपाध्यक्ष राजिव गुप्ता, महासचिव स्वरभ गुप्ता, सचिव राजेश गुप्ता, नेपाली पत्रकारको तर्फबाट ध्रुव साह, बृजलाल पासवान, मनोज पटेल, नरेश सरार्फ, शम्भु कुमार सुमन, अजय चौरसिया, हरिशंकर शर्मा लगायतकाले मन्तव्य राखेका थिए ।

    भ्रमणको क्रममा भारतको जम्मु स्थित पुगेका वीरगंजका त्रियाशील पत्रकारहरु धु्रव साह, वृजलाल पासवान, नरेश सर्राफ, हरिशंकर शर्मा, मनोज पटेल, अजय चौरसिया, शम्भु कुमार सुमन, अमित साह, उदय दास, सन्तोष साह, रंजित चौरसिया, विनोद पटेललाई उद्योग वाणिज्य संघले दोसल्लो ओढाई मायाको चिनो सहित सम्मान गरेको थियो ।

    भोजपुरिया टाइम्सका अजय चौरसियाले जनकारी दिएको छन।

    Leave a Reply