
काठमाडौँ । प्रहरीले कैलालीको मोहन्याल गाउँपालिका–६ नारासोतीबाट भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नारासोती घर भएका ५० वर्षीय गंगाराम जैशी छन् । इलाका प्रहरी कार्यालय सुगरखालबाट खटिएको टोलीले उनलाई शुक्रबार बिहान पक्राउ गरेको हो ।
सेतीखोर गाउँको जंगलबाट पक्राउ गरिएका जैशीको साथबाट प्रहरीले एक नाले भरुवा बन्दुक बरामद गरेको छ ।
उनलाई प्रहरीले हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान सुरु गरेको छ ।

