नक्कली नेपाली रुपैयाँसहित सुनसरीबाट दुईजना पक्राउ

  • ४ भाद्र २०७८, शुक्रबार १७:२५ मा प्रकाशित
  • प्रहरीले नक्कली नेपाली रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भारत अररिया रामनगर बस्ने ४० वर्षीय नबल किशोर पाल र ३२ वर्षीय सुमन पाल रहेका छन् ।

    देवानगञ्ज गाउँपालिका-२ मध्यहर्षाईस्थित पेट्रोल पम्पबाट १ सय रुपैयाँ दरका १६ थान नक्कली नेपाली रुपैयाँसहित दुईजनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

    बीआर ५० एस ८४०६ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

    पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले छ ।
    अनलाइन खबर वाट

    Leave a Reply