
१//
मेरो जिन्दगीको ऐना तिमी,
बलियो मियो दरिलो जिमी ।
२//
खानु, लगाउनु, घुम्नु र रम्नु मात्र जीवन होइन,
व्यस्त छु कर्ममा नसकिँदा सम्म मुख पनि धोइन।
३//
आँखामा छन् प्रेम भाका बुझेनौ कसैगरि,
फेरि पनि आशा राखेर हेरेँ घरीघरी।
४//
जिन्दगीको कुनै पाना लाग्छ च्यातूँ,
जोड्न नसकेका खुशी फेरि लाग्छ गासूँ।
✍️
पौडेल विमुन्स, पाेखरा
**********************
१
सबैलाई गरेको थिएँ सेवा आफ्ना ठानी, पीडाले रुँदा,
पार्यो एक्लै अस्पतालले हरे आफू अर्धमुर्छित हुँदा ।
२
पैसाकै लागि यहाँ राजनीति खेल भएछ,
जनसेवाकाे राजनीति गर्ने दिन गएछ।
✍️
रचना शर्मा प्रतीक्षा
ललितपुर, इमाडोल ।
**********************
१.
खै के कुरा गर्नु र सधैं खाइरहने त्यो भातको,
कहिलेकाही त चर्चा गरौं न रंगीन त्यो रातको ।
२.
तिमी आयौ सुस्तसुस्त रत्ती थिइनौं आत्तिएको,
मै पो तिम्रो जवानी देखी विना मद मात्तिएको ।
३.
भुलेको थिए सारा संसार अंगालोमा पाउँदा,
कोमल ति तिम्रा हातले अधरमा सुम्सुमाउँदा ।
४.
लाग्छ सधैं स्थिर रहोस् मधुर रंगीन त्यो पल,
सौम्य बनोस् हरेक रात पुर्णिमा झै झलमल ।
✍️
वसन्त अनुभव
घोराही १४, दाङ
**********************
१
कला र शीप पाेखियाे यहाँ हातले बुनेर,
टपरा दुना बाेहाेता कहाँ पाइन्छ चुनेर ।
२
माैलिक कला सिर्जना सान देखाऊँ खिपेर,
नमूना कला नगर हेलाँ जाेगाऊँ सिकेर ।
३
सालको पातमा बाँसकाे सिन्काे उनेर बुनेकाे,
यूगाैकाे यात्रा रुकेकाे छैन निरन्तर सुनेकाे ।
४
नारीको शीपलाई सन्मान गर्छु याे टपरी हेरेर,
सामाजिक रितलाई बचाऔं आज मायाँले घेरेर।
✍️
रामकृष्ण दुवाडी
पाेखरा ।
**********************
१)
नरसाउने आँखा कसको होला?
जब पस्छ बस्तीमा बाढको खोला।
२)
बाढपूर्व मेलम्ची कति झलमल्ल?
हेर आज जीवन अति अलमल्ल।
३)
पुर्खाले चौपारी नचिनाएको हैन,
सन्ततिले महत्व नै दिएको छैन।
४)
एका तिर कोरोना अर्को तिर बाढी पहिरो,
मान्छे कै कारण आज चोट छ अति गहिरो।
✍️
अरुण कुमार भुजेल, गोरूबथान
कालेबुङ्ग,पश्चिम बंगाल।
**********************
१
गरिबीको पेट भयो भोको,
अघाउने छ तिनको धोको ।
२
आखामा आसुको भेल छ बगेको,
मन भरी पिडा सधैँ झैँ लुकेको ।
३
सानो र ठुलो हुदैन काम,
मिहेनत गरे मिल्छ दाम।
४
प्रदेशिएका लाई पिडा विदेशको सोध
त्यो ठाउँमा पुगे पछि हुन्छन् हजारौं बोझ।
✍️
साधना पौडेल।
**********************
१•
रचनातिर मन जान थाल्यो,
भाबीले पनि खोई के के हाल्यो।
२•
उहिलेका कुरा खुईलिए भन्छन्,
कहिले फेरि अन्धविश्वासी बन्छन्।
३•
देखेको होईन लेखेको पाईयो,
त्यति भएपछि अरु के चाहियो।
४•
आँखामा राख्दा पनि नबिझ्ने खाले,
हिस्सी परेको अचम्मको छ काले।
✍️
घनश्याम पौडेल, सृजना चोक
पोखरा
**********************
१.
बल्ल तल्ल आज हेर मजाले वर्षा लायो,
गाउॅशहर सबैतिर खुशियाली छायो ।
२.
रहर लाग्न थाल्यो आजकल टुक्का लेख्न,
गुरुहरूको नाम सॅगै आफ्नो नाम देख्न ।
३.
हजारॅौमा रोजें मैले तिमीलाई आज,
मौका मिले भेटॅौ सुटुक्क लौ भरे सॅाझ ।
४.
आमाजस्तो संसारमा मरे हुन्न कोही,
जति झारुन् आँसु तिनी बनेर नै गोही ।
✍️
राजेशराज गड्तौला
रतुवामाई-१०, मोरंग
हाल- अबुधाबी, युएई
**********************
१//
भानुभक्त मर्नु भएको गरिएछ गन्ती
मनाइदैछ दुई सय आठ औं जयन्ती ।
२//
कवि चरित्र मिठो घाँसीमा देखेको
चर्चित छन् काव्य हजुरले लेखेको ।
३//
भानु जन्मे तनहुँ को रम्घा गाउँ
हेर्नुपर्छ सबैले त्यो प्यारो ठाउँ ।
४//
जनमानसमा राखेर छवि
पाए छन् उपनाम आदिकवि ।
✍️
रिजाल विनोद, माेरङ्ग
**********************
१
घोर कलि आयो जात भात भनेनन्,
को आफ्नो र को पराई गन्दै गनेनन्।
२
भारतबाट नेपाल सियो भएर आयो,
उसैले मान्यता सलाम नेपाली के पायो।
३
नाम सम्मान कमाउँन कति गाह्रो हुन्छ,
कठिन सङ्घर्ष गर यहाँ शिखर छुन्छ।
४
गर्छौं समाज सेवा देशको लागि गरेर देखाऊँ,
मरेर गएपनी याँ ईतिहास मा नाम लेखाऊँ ।
✍️
कमला पाण्डे पराजुली, चारआली झापा।
**********************
.१
तिम्रो यादमा म छँदैछु,
पर्खाइमा बसिरहे छु ।
२.
सानुछ मान्छे अनगिन्ती छ काम ,
केही नगरी खान सक्दैन माम ।
३.
न झ्याल न ढोका यहिं बसेकोछु,
देख्नु कतैछैन थुनी रहेकोछु ।
४.
तिमी त मेरो नजिकैको हौ साथी,
रहेछौ धेरैनै म भन्दानी माथि।
✍️
वेदु न्यौपाने, काठमाडाैं
**********************
(१)
म सधैं लेख्छु आफ्नै दिमागको अनुसार,
दिलमा लागेको चोटको हुन्न उपचार ।
(२)
आफ्नै नसिबले हारे पनि मैले,
अभ्यास गर्दिन भन्दिन है कैले।
(३)
म त धर्ती को धुलो,
हजुर नै हो ठुलो ।
(४)
सबैलाई छ मेरो नमस्कार?
टुक्कामा के दिउँ उपहार।
✍️
प्रेम सुनार, दैलेख
**********************
//१//
बर्खा लाग्यो दिनरात नै परिरह्यो पानी,
सबै मान्छे विचलित भएको छ कहानी।
//२//
डुबानमा परेको छ आज सहर,
पहिरोले पीडित भयो गाउँघर।
//३//
बगायो सबै भएका जति लाग्यो भोकमरी,
घरखर्च हामीले तार्ने अब होला कसरी।
//४//
भएको सानो झुपडी पनि मेरो भत्किएर गयो,
दु;खीलाई झन् दु:खी बनाउने दैव कस्तो भयो।
✍️
लालीमाया थापा मगर, प्यूठान
**********************
१.
हातमा बीउ हिलोमा खेत रोपेर फर्कने,
त्यै बेला घर फर्कदा बुढा किन हो झर्कने ।
२.
दिनमा धान रोपेर आए घरमा बेलुकी ,
छोरा र छोरी यो मन भरी मायाले जेलुकी ।
३.
दर्कने पानी बाटोमा होलो जानुछ खेतमा ,
राख्दिन मैले कसैका कुरा मन र पेटमा ।
४.
छुपु र छुपु धान है रोप्ने असारे हिलोमा ,
घरमा पुग्दा भागेछ गाई रैनछ किलोमा ।
✍️
ललिता अभागी
सुनकोशी ५ सिन्धुली


हार्दिक आभार हिमालयन दृष्टि अनलाइन पत्रिका। हामी सदैब आभारी छौँ
लेखेर टुक्का राखेकाे थिएँ पेजकाे माझमा ।
देखेर फुत्त अाभारी भएँ अाजकाे साँझमा ।।
सम्पूर्ण टुक्काकारहरूलाई हार्दिक बधाई तथा शुभकामना