
@१**))
१.
चोखो मायालाई बिश्वासघात गरेर,
पराई भयौं सिउँदोमा सिन्दूर भरेर।
२ .
गर्दिन भन्थ्यौं मायामा विश्वासघात,
आज फेरि कहाँ गयौं त रातारात।
🙏जगत थापा, बझाङ्ग
@२**))
१.
काटेको छु दिन मैले आँशु पिएर,
गयौ तिमी हे निष्ठुरी धोका दिएर।
२.
सँगै जिउने सँगै मर्ने भन्थ्यौ हुँदा साथमा,
आज एक्लै तड्पेको छु तिम्रो बिश्वास घातमा।
🙏-पुर्ण बहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे
@३**))
१.
मलाई छोडी पराई रोजेर तिमीले के पायौ?
गाँऊको झुपडी छाडी शहरको महल धायौ।
२.
माँयामा बिस्वास गरेँ गयौ नि धोका दिएर,
बित्छ मेरो रातहरु भट्टी गई पिएर ।
🙏कल्पना थामी, सिन्धुपाल्चोक
@४**))
आज भोलि माया मा विश्वासघात गर्ने धेरै हुन्छ,
पछुताउँदै पुर्पुरामा हात लगाएर याँ रुन्छ।
लिनदीन याँ माया प्रेम विश्वासघात गर्ने भेटिन्छ,
त्यस्ता कैयौं पाखण्डी हरु हेर हैं जरैबाट रेटिन्छ।
🙏कमला पाण्डे पराजुली, झापा
@५**))
१.
पुञ्जी प्रधान समाजमा माया खास हुँदैन,
पैसा नभैकन मायाले कसैको मन छुँदैन।
२
माया गर्नैछ भने मातृत्वलाई गर,
चोखो संसारभरि त्यहीँ पर्छन भर।
🙏सुरेशकुमार पान्डे, दाङ
@६**))
१•
जता हेर्यो त्यतै बिश्वासघात मात्र,
को हो सच्चा को हो छदमभेषी पात्र?
२•
तलदेखि माथिसम्म घोकै धोका,
डाला फटालेर के बन्थ्यो र डोका।
🙏घनश्याम पौडेल,
सृजना चोक, पोखरा
@७**))
१
मान्दिन भन्दथ्यौ जातपात ,
फेरि मै माथि बिश्वासघात ।
२
मेरो प्रेमलाई बिश्वासघात गर्यौ,
अर्कैको सिउँदोमा पो सिन्दुर भर्यौ ।
🙏भगवती दवाडी, झापा
@८**))
१.
जसलाई मन देखि चाएको थिएँ,
मेरो मन मुटु राजिनाम मा दिएँ।
२.
आखिरी किन बिश्वासघात गर्यौं,
मलाई छोडेर तिमी अन्तै सर्यौं।
🙏शाेभा अर्याल
बुटवल १४ रूपन्देही
@९*”))
१
व्रत पनि बसिएन मन्दिर गइएन,
पवित्र छ,मन भक्त भइयो भइएन?
२
देवालयछेउ पुगे झुक्छ आफैँ शिर ,
मानिसका दुखभित्र भेट्छु आफ्नै पिर।
🙏धनु शर्मा, पाेखरा
@१०**))
१.
अर्थहिन भई जिउनु न मर्नुको ,
सिमा हुन्छ नि विश्वासघात गर्नुको।
२.
रुदै हिड्ने बनायौँ बाटोमा ,
घृणा पाएँ मायाको साटोमा ।
🙏ललिता अभागी
सिन्धुली ।
@११**))
१.
तिम्रै लागि मर्छु भन्ने गर्थो कुरा
त्यहीँ मान्छेले मुटुमा हान्यो छुरा ।
२.
कसैलाई काखा कसैलाई पाखा गर्ने पक्षपाती
आफ्नै देश बेचेर खाने ती दलाल हुन् राष्ट्रघाती ।
🙏 रिजाल विनोद, माेरङ्ग
@१२**))
१.
पत्थर मा खोजे तेस्मा आत्मा भेट्छु
तपाईं को जिज्ञासा सकेसम्म मेट्छु
२.
श्रीङारले सम्पती धेरै बढाउछ
मन सफा गरे सबैले सजाउछ
🙏रघु न्यौपाने
@१३**))
१.
भोलि देशमा के हुन्छ केही थाहा छैन
खराबी ठिक गर्न कसैको जन्मे भैन?
२.
आ भने आउने जा भने जाने
यै चालले खाडी मुलुक छाने।
🙏इश्वरी अधिकारी, लमजुङ्ग
@१४**))
१.
बचन बद्धता बिरूद्ध चल्छ विश्वासघाती,
चाहिन्छ यिनलाई नै धेरै प्रंशसाका पाती।
२)/.
धोकेबाज र विश्वासघाती छन यत्र-तत्र,
यिनकै कारण इमान्दार हुन्छ अलपत्र।
🙏अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ्ग।
@१५**))
१.
जति जोगि आए पनि कानै चिरेको
उता छोडी मलाइ हेर्न मन फेरेको
२.
पहिला बोलिले लठै पार्ने
अर्को छोडी आफुमा सार्ने
🙏साधना पौडेल, ओखलढुंगा
@१६**))
१.
बिश्वासले मैले तिमीसँग प्रेमगरे लौ तिमी त घातक रहेछौ ,
लुकिलुकी अर्कोतिर नपत्याउने गरि आफ्नो मनदिन गएछौ।
२.
तिमी सँग प्रेमगरेको बेकारभयो मलाई,
बिश्वासको मनको बह भनुअब कसलाई।
🙏बेदु न्यौपाने, काठमाडाैं
@१७**
१.
तिमीलाई हात दिनु अनि साथ दिनु ठुलो भूल भयो,
सबै लुट्यौ जिन्दगीमा निरन्तर अश्रुधारा मूल बह्यो ।
२.
खाली एउटा बिन्तीमात्र विश्वासमाथि खेल्न छोड,
निर्दोष सुन्दर बस्तीबाट अन्यत्रै पाइला मोड ।
🙏 वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
@१७**))
१.
अर्कालाई भन पाए भनेर प्याच नबोल
आफ्नै इजत जाला है पैलाका कुरा नखोल
🙏प्रेम सुनार, दैलेख
@१९**)
१.
पौरख नगरी त बाँच्न पाइन्न
बसेर शक्ति पनि साँच्न चाहिन्न ।
🙏दुर्गा भट्टराई, झापा
@२०**))
१.
सबै मिलि बिबाद मिलाउनु पर्छ,
नत्र त यो हाम्रो टुक्का साहित्य मर्छ।
२.
टुक्का पुञ्जमा रस,रंग भरौँ,
अनावश्यक होहल्ला नगरौँ।
🙏महेश तामाङ, नुवाकाेट
@२१**))
१.
दुनियॅा स्वार्थी छ र विश्वासघात गर्छ,
थाकेपछि आई तिम्रै चरणमा पर्छ ।
२.
बधाई छ तिम्रो त्यो विश्वासघातलाई मायामा
जति बुझे पनि पार्यौ मेरो प्रेमलाई छायामा ।
🙏राजेश राज गडतौला
रतुवामाई-१०, मोरंग ,हाल- प्रवास
@२२**))
१.
बुझेर नै सिकौँ नबुझेर सोधौँ
मनको कसिङ्गर कहाँ छ खोजौं ।
२.
सिकौ सिकाऔ मनै खोलेर
पिएर हुन्न रसै घोलेर ।
🙏माधव प्रसाद पोखरेल गोज्याङ्ग्रे उदयपुर
@२३**))
१.
यही मुटुमा बजारी कडा लात ,,
बैगुनीले गर्दियाे विश्वासघात ।
२.
दिन्छु भन्थ्याे जुनीभर मेरै साथ,,
स्वार्थ लुटी थमायाे विश्वासघात ।
🙏शर्मिला कार्की “सरु”
पैयुँ -२ , पर्वत
@२४**))
१.
मान्दिन म तिम्रा कुरा मान्य छैन सर्त ,
साउनको साेमबार बस्ने गर्छु बर्त ।
२.
मुखले त राम राम गर्छाैं मीठा कुरा,
थाहा हुन्न कति वेला धस्ने गर्छाैं छुरा ।
🙏केशव ढकाल
@२५**))
१.
मेरा टुक्काहरु मिले मिलेनन् सुन्न पाए हुन्थ्याे
सहि छन् भनिदिए मन ढुक्क मुटु छुन्थ्याे ।
🙏लक्ष्मी घिमिरे दहाल
*************************


सम्पूर्ण टुक्काकार हरूमा हार्दिक बधाई तथा शुभकामना। हिमालयन दृष्टि अनलाइन पत्रिका प्रति कृतज्ञता प्रकट गर्दछु