नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण सम्बन्धि विवाद सिन्धुपाल्चोकमा

  • १० श्रावण २०७८, आईतवार १४:२९ मा प्रकाशित
  • सिन्धुपाल्चोक संवाददाता

    नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण विवाद सिन्धुपाल्चोकमा पनि देखिन थालेको छ । नेपाली कांग्रेसमै रहेर लामो समयदेखि संघर्ष गर्दै आएको हरुलाई समेत सदस्यता वितरण गर्दा ओझेलमा पारेको कांग्रेसका जिल्लातहका सक्रिय नेताहरुले बताउन थालेका छन् ।

    कांग्रेसले टिकट दिएर जितेका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई पार्टिले क्रियाशिल सदस्यता नदिएको भन्दै गुनासो गर्नुभएको छ । “लामो समयदेखि कांग्रेसमै रहेर काम गरे, कांग्रेसकै प्रचार गरे ,पार्टिले नै टिकट दिएर चुनाव लडे अहिले सम्म कांग्रेसकै नेता बनेर काम गरिरहेको छु , अहिले पार्टिले कांग्रेस नेता नभएको जस्तो ब्यबहार गर्र्यो ” हेलम्बु गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका नेपाली कांग्रेसका नेता शेर्पाको भनाइ छ । २ चोटि महासमिति सदस्य समेत भइसकेको, क्रियाशिल सदस्यता दर्ता समेत भैसकेको र कांग्रेस बाटै २०६४ सालमा संविधान सभा सदस्य उमेद्वार समेत रहेका शेर्पा, मैले के कारणले सदस्यता नपाउने पार्टि नेतृत्वले प्रष्ट पार्नुपर्ने बताउनुहुन्छ । कांग्रेस बाटै चुनाव लडेर गाउँपालिका अध्यक्ष भएको ब्यक्तिको समेत क्रियाशिल सदस्यता नविकरण हुँदैन भने कस्को हुन्छ ? शेर्पाले नेतृत्वलाई प्रश्न गर्नुभयो ।

    शेर्पाले क्रियाशील सदस्यबाटै आफ्नो नाम हटाएको जानकारी दिदै ‘एउटा देशभरीकै नमुना गाउँपालिका बनाउन हिडेको मान्छेलाई नेपाली काँग्रेसले क्रियाशील सदस्यता प्रदान गर्न सक्दैन भने देशभरीका काँग्रेसहरुले पार्टी प्रति कसरी विश्वास गर्ने ?, मलाई क्रियाशील सदस्य नै नदिनु भनेको त काँग्रेस हैन भन्न खोजेको हो पार्टीले । मैले काँग्रेसबाटै चुनाव जितेर नमुना गाउँपालिका बनाउने अभियान चलाए, पार्टीले मलाई अहिले चिन्दैन यो काँग्रेसप्रति आस्थावानहरुको लागि समेत दुखद कुरा हो ।’ शेर्पाले भन्नुभयो । ‘यदि म नेपाली काँग्रेस हैन भने २०७४ सालको स्थानीय चुनावमा मलाई किन पार्टीले टिकट दिएको ? अहिले आएर जनताको पक्षमा काम गर्दा पार्टीलाई टाउँको दुखाई भएर मेरो क्रियाशील सदस्यता नै हटाइदिने ?’ अध्यक्ष शेर्पाको आक्रोश थियो ।

    यता जिल्ला सभापति विकास लामाले भने जिल्लाको क्षेत्र नम्बर १का केहि विवाद भएपनि क्षेत्र नम्बर २मा कुनै विवाद नभएको दावि गर्नुभयो । कुनैबेला पार्टि छोडेको हुनाले स्वत क्रियाशिल सदस्यता खारेज हुने कांग्रेसको विधान भएकाले निमा ग्याल्जेन शेर्पाको हकमा समस्या भएको स्वुकार्नुभयो । अर्को पार्टि छोडेर कांग्रसमा आएको कोहि ब्यक्ति क्रियाशिल सदस्य नभएपनि टिकट दिन सकिने भएकाले पार्टिले योग्य ठहरेर टिकट वितरण गरेको सभापति लामाले बताउनुभयो । पार्टिले कांग्रेसनै हैन जस्तो ब्यबहार गरेको भन्दै अब आफु कुन पार्टिको भन्ने चिन्ता थपिएको शेर्पाको भनाइ छ । असार १ गतेको बाढीले लगभग ८० प्रतिशत क्षति पुर्र्याएको यस्तो परिस्थितिमा पार्टिले आफुलाई सदस्यको लागि योग्य नठानेको भन्दै उहाँले काम गर्ने जाँगर समेत नभएको गुनासो गर्नुभयो । आफु कुन पार्टिको भनेर जनतालाई विश्वास दिलाउने र जनता माझ जाने भन्ने अन्योलता भएको शेर्पाको भनाइ छ । कांग्रेको विवाद अन्य जिल्लामा पनि बढ्दै गएको अवस्थामा सिन्धुपाल्चोकमा पनि यस्ता गुनासोहरु बाहिर आउन थालेका हुन् ।

    कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको १४ औं महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका अनुमोदन गरिसकेको छ । महाधिवेशन आउन लगभग महिना दिन बाँकी रहेका बेला कांग्रेसभित्र प्रारम्भिक मतदाता मानिने क्रियाशील सदस्यताको टुंगो लागिसकेको छैन ।

    Leave a Reply