बाडी र कोभीड़ पीडित ९० जनालाई राहत बितरण

  • १० श्रावण २०७८, आईतवार १३:५७ मा प्रकाशित
  • उमेश कुशवाहा,बीरगंज/

    कोभीड़ १९ को दोस्रो भेरीयन्ट तथा बाडीपीडित समेतबाट प्रत्यक्ष रुपमा प्रभावित भई चुल्हो बालन गाह्रो भएको गरीब, दलित, एकल महिला अपांग लगायतका ९० जना घरपरिवार हरुलाई राहत बितरण गरिएको छ।

    ANTA को आर्थिक सहयोगमा हैप्पी फॉउंडेशनको आयोजनामा चांदन जैसवाल को अध्यक्षतामा तथा प्रमुख अथिति वड़ा अध्यक्ष मंगरु राउत, सशस्त्र प्र.नी केदार राई, नेपाल प्रहरी को नायब प्र.नी. राजा बाबू यादव,समाजिक अभियन्ता प्रकाश थारू र बृजेश्वर चौधरी लगायतको उपस्थितिमा राहत बितरण गरिएको छ।


    पर्सा जिल्लाको जगरनाथपुर गा. पा. वार्ड नम्बर १ को टोल बिषुनपुर्वा मा ३५ घरपरिवार ,जिराभवनी गाऊँ पालिकाको वार्ड नं १ को पीपरा १६ घरपरिवार वार्ड नं २ सेड़वा नया टोलमा ३१ घरपरिवार तथा ठोरी गाऊँ पालिका वार्ड नं ५ स्वर्णपुर को ८ घरपरिवार ग़री जम्मा ९० परिवार लाई खाद्यान्न सामग्री प्रति परिवार चामल(२५ किलो )१ बोरा
    आलू २ किलो,खानेतेल १ लीटर , प्याज 1किलो र स्वाबिन १ किलोका दरले बितरण गरिएको छ ।

    समाजिक अभियन्ता प्रकाश थारूले जनकारी दिनु भएको छन।

    Leave a Reply