ठोरी गापा ४ को स्याउलीबस्तीमा किशोरीहरुमा अनौठो रोग गाउँनै आतंकित

  • १८ असार २०७८, शुक्रबार १८:१५ मा प्रकाशित

  • मेघराज राय जिराभवानी असार १८/

    ठोरी गाउँपालिकाको वडा नं. ४ निर्मलबस्तीका किशोरीहरुमा अचानक बेहोस हुने, चिच्याउने, अचानक रुने हांस्ने समस्या देखिएको छ ।
    १४/१५ बर्षका किशोरीहरुमा सुरुमा १,२ जनामा यस्तो समस्या देखिएको र उक्त समस्या देखिएको बिरामीलाई हेर्ने वा भेट्ने अरु किशोरीहरुमा पनि उस्तै समस्या देखिन थालेपछि गाउँ नै आतंकित बन्दै गएको छ । अहिले सम्म स्याउलीबस्तीका ७ जना किशोरीमा यस्तो समस्या देखिएको स्थानीयले बताएका छ्न । उक्त समस्याको बारेमा ठोरी गाउपालिकाको जनस्वास्थ्य प्रमुखलाई सम्पर्क गर्न खोज्दा मोबाइल नेटवर्कको गडबडीका कारण सम्पर्क हुन सकेको छैन । उक्त समस्याको बारेमा आजै जिल्ला जनस्वास्थ्य कार्यालय पर्सामा जानकारी गराइएको र ठोरी गाउँपालिका बाट औपचारिक जानकारी सहितको सिफारिस आए तुरुन्तै बिशेषज्ञ सहित डा. सहितको टोली पठाउने जनस्वास्थ्य प्रमुखले बताए ।
    एक बाट अर्कोमा यस्तो समस्या बढ्दै गएकाले सम्बन्धित निकायले तत्काल समस्याबारे जानकारी लिएर मनोचिकित्सकको सल्लाह लिएर तत्काल समस्या समाधान गर्न स्थानीयले माग गरेका छ्न ।

    Leave a Reply