निक्षेप नथपिएसम्म ८ बैंक थप ऋण दिन नसक्ने अवस्थामा

  • ५ श्रावण २०७८, मंगलवार १६:५५ मा प्रकाशित
  • ८ वटा बैंक थप निक्षेप संकलन नभएमा ऋण दिन नसक्ने अवस्थामा पुगेका छन्। ८ वटा बैंकको सिसिडी रेसियो ८० प्रतिशत नाघेको छ। औसतमा भने २७ बैंकहरुको औसत सिसिडी रेसियो ७७.३८ प्रतिशत छ। 

    नेपाल राष्ट्र बैंकले यो रेसियोमा ८५ प्रतिशतसम्मको सीमा तोकेको छ। यसको अर्थ बैंकहरुले मुल पुँजी र संकलन भएको निक्षेपमा ८५ प्रतिशत मात्रै ऋण प्रवाह गर्न पाउँछन्। ८० प्रतिशत सीमा नाघ्नु भनेको थप निक्षेप संकलन नभएमा थप ऋण लगानीका लागि पर्याप्त पुँजी नहुनु हो।

    नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार असार मसान्तसम्म सिभिल, कुमारी, माछापुच्छ्रे, मेगा, एनआइसी एसिया, सानिमा, सिद्धार्थ र सनराइज बैंकको सिसिडी रेसियो ८० प्रतिशत नाघेको छ। 

    राष्ट्र बैंकले नियमनका लागि राखेको सिसिडी रेसियोको व्यवस्थाप्रति बैंकहरुले असहमति जनाउँदै आएका छन्। बासेलथ्री अन्तगर्तका रेसियोहरु लागू गर्दै जानुपर्ने जनाउँदै नेपाल बैंकर्स एसोसिएसनले यस आर्थिक वर्षको मौद्रिक नीतिका लागि दिएको सुझावमा पनि नियमनबाट सिसिडी रेसियो हटाउनुपर्ने उल्लेख छ। 

    सुझावको एउटा बुँदामा भनिएको छ ‘बासेल थ्री अन्तर्गतका लिक्वीडिटी रेसियोहरु क्रमशः लागू गर्दै जाने र सो नभएसम्मका लागि रेगुलेटरी रेसियोको रुपमा नेट एलडी रेसियो मात्र कायम गर्ने। सिसिडी रेसियो वास्तवमा तरलता रेसियो नभएकोले यसलाई ‘रिफरेन्स रेसियो’का रुपमा राखी रेगुलेटरी रेसियोबाट हटाउने।’

    बासेलथ्री लागू नहुँदासम्म तरलता व्यवस्थापनका लागि नेट एलडी रेसियो (निक्षेपमा ऋण प्रवाहको अनुपात) मात्रै नियमनको रुपमा कायम राख्ने व्यवस्था गर्न बैंकहरुले सुझाव दिएका छन्। 

    पहिले ८० प्रतिशतको सीमा राखिएकोमा कोरोनाको महामारीपछि कर्जा प्रवाहका लागि लगानीयोग्य रकम अभाव नहोस् भन्दै राष्ट्र बैंकले यो रेसियोमा लचकता अपनाई ८५ प्रतिशतको सीमा कायम गरेको हो। 

    हेर्नुस् कुन बैंकको सिसिडी रेसियो कति?

    बैंकसिसिडि रेसियो (असार मसान्त)
    कृषि विकास73.33
    बैंक अफ काठमाण्डु77.78
    सेन्चुरी79.38
    सिटिजन्स77.42
    सिभिल80.38
    एभरेष्ट72.62
    ग्लोबल आइएमई76.31
    हिमालयन79.24
    कुमारी81.01
    लक्ष्मी79.68
    माछापुच्छ्रे80.09
    मेगा82.02
    नबिल79.31
    नेपाल बंगलादेश67.37
    नेपाल बैंक74.34
    एनसिसी79.57
    इन्भेष्टमेन्ट75.12
    एनआइसी एसिया81.12
    एनएमबि79.81
    एसबिआई74.86
    प्रभु73.17
    प्राइम79.61
    राष्ट्रिय वाणिज्य69.74
    सानिमा80.60
    सिद्धार्थ80.15
    स्टान्डर्ड चार्टड74.94
    सनराइज80.41
    औसत77.38

    copied:setopati

    Leave a Reply