आफ्नो जन्मदिनको अवसरमा भण्डारी दम्पतीले गोरखनाथ वैदिक गुरुकुलका बटुक, कन्या लगायत गुरुकुल परिवारलाई गराए खिर सेवन

  • १० श्रावण २०७८, आईतवार २१:०० मा प्रकाशित
  • आफ्नो जन्मदिनको अवसर पारेर घेाराही उपमहानगरपालिका वडा नं. १७, चाैघेरा निवासी पं. फणिधर भण्डारी दम्पतीले गोरखनाथ वैदिक गुरुकुलका बटुक, कन्या लगायत गुरुकुल परिवारलाई खिर सेवन गराएका छन् ।

    परिवारको जन्मदिन, रुद्राभिषेक लगायत विभिन्न अवसर पारेर गुरुकुलमा भोजन गराउदै आएका भण्डारीले यसपटक पनि साउन १० गते परेको आफ्नो र धर्मपत्नीको जन्मदिनको अवसरमा नेपालकै पुरानाे ऐतिहासिक मठ श्री गाेरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठमा संचालित यस गाेरखनाथ वैदिक गुरुकुलमा सपरिवार आई गुरुकुलमा दक्षिणा , फलफुल र अन्न भण्डार सहित खिर खुवाएको र निकट भविष्यमा गुरुकुलमा अक्षयकाेषकाेलागि सहयाेग गर्ने प्रतिबद्धता गरेको गुरुकुलका अध्यक्ष प्रकाश भट्टराईले जनाए ।

    अध्यक्ष भट्टराईका अनुसार दाङ जिल्लाको एक मात्र गुरुकुलमा दाङ,तुल्सिपुर,गढवा देउखुरी र प्यूठान क्षेत्रबाट संस्कृत पढ्नका आउने गरेको र हाल १६ जना वटुकहरु आवासीय रुपमा रहेर गुरुकुलीय शिक्षा अध्ययन गरिरहेका छन् । गुरुकुलले हालै कक्षा ६ र ७ संचालन गर्ने अनुमति पाएको छ ।

    Leave a Reply