१० बुँदे कार्ययोजना सहित एनआरएनए कतारको अध्यक्षमा मोहम्मद मुक्तदाको पुनः उम्मेदवारी

  • ५ असार २०७८, शनिबार ००:४१ मा प्रकाशित
  • समर्पण रम्जान

    साउदी अरब ! गैर आवासीय नेपाली संघ(एनआरएनए एनसिसि) राष्ट्रिय समन्वय परिषद कतारका बर्तमान अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले २०२१-२३ कार्यकालका लागी पुनः अध्यक्षमा उम्मेद्धारी दिएका छन ।

    एनआरएनए एनसिसि कतारको आठौ महाधिबेशनबाट अध्यक्षमा निर्बाचित भएर २०१९-२१ को कार्यकालमा कोभिड १९ को भयावह परिस्थितिमा पनि थुप्रै सामाजिक कार्यहरू गरि संस्थालाई ठुलो योगदान दिदै आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गरेका मुसलमानले एनसीसी कतारको नबौं महाधिबेशन मार्फत पुनः २०२१–२०२३ कार्यकालको लागी अध्यक्षमा उम्मेद्धारी दिएका छन् ।
    गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद् कतारको २०१९/२०२१ कार्यकाल सफल बनाउन साथ सहयोग गर्नु हुने सबैलाई धन्यवाद र आभार प्रकट गर्दै बिगतमा घोषित कार्यक्रमहरु कोभिड महामारीका कारण सम्पन्न गर्न असमर्थ भएकोले यी अधुरा कामहरु सम्पन्न गर्न सबैको साथ, सहयोग र समर्थनका लागि अनुरोध गरेका छन् ।

    २०२१–२०२३ कार्यकालका लागि पुनः अध्यक्षको उम्मेदवारी घोषणा अध्यक्षमा पुनःनिर्बाचित भएमा तपसिलका १० बुँदे कामहरु सम्पन्न गर्ने प्रतिबद्धता पनि जाहेर गरेका छन् ।

    १. एनसीसी कतारको हरेक गतिबिधीहरुलाई श्रमिक मजदुरहरुको पक्षमा अधिकतम श्रममैत्री बनाउन कोसिस गरेको र अझ सशक्त बनाईने छ ।
    २. विगतका वर्षहरुदेखि नै घोषित नेपाली सांस्कृतिक केन्द्र ,स्थापना गर्ने कार्यका लागि पहल भैरहेको र उक्त कार्य सम्पन्न गर्नका लागि यथासम्भब प्रयास गरिनेछ ।
    ३. नेपालमा पर्यटन प्रबर्द्धनका लागि अधिकतम पहल गरीरहेको र आगामी दिनहरुमा अझ प्रभावकारी र परिणममुखी वनाउनका लागि पहल गरिनेछ ।
    ४. विगतमा नेपाली नियोगसंग सहकार्य गर्दै नेपाली समुदायमा आइपरेका समस्या तथा अलपत्र परेका नेपाली श्रमिकहरुको हकहित तथा समस्या समाधानका लागि अधिकतम पहल गरीरहेको र आगामि दिनहरुमा थप रचानात्मक ढङ्गवाट कार्य सम्पादन गरिनेछ ।
    ५. कतार सरकारको सम्वन्धित निकायसंगको सहकार्यमा विगतमा नेपाली श्रमिकहरुका लागि वेलावेलामा चेतनामुलक कार्यहरु गरीएको र आगामि दिनहरुमा समेत यसको निरन्तरता र संस्थागत रुपमा सम्वन्ध स्थापित गरी थप कार्यहरु गरिनेछ ।
    ६, प्राय नेपालीहरु कतार आउदा कतारको भाषा,सस्कृति, धर्मका वारेमा त्यति जानकारी नहुदा समस्यामा पर्ने हुदा सोको न्युनिकरणका लागि चेतनमुलक कार्यक्रमको आयोजना गरिनेछ ।
    ७, २०२२ विश्वकप आयोजक राष्ट्र कतारसंग नेपाली समुदायको भुमिका प्रभावकारी वनाउनका लागि सम्वन्धित पक्षसंग समन्वय गरिनेछ ।
    ८, नेपालमा वेदेशिक लगानिका लागि संवृद्ध नेपाल निमार्णको अभियानमा कतारवाट इच्छुक लगानीकर्ताहरुको लागि आवश्यक पहल गर्न नेपाली नियोगको समन्वयमा प्रभावकारी भुमिका निर्वाह गरीनेछ ।
    ९, नेपालको पहिचान रहने नेपाली कला तथा सस्कृतिलाई विश्व सामु चिनाउनका लागि गैरआवसिय नेपाली संघको विश्व संजाल मार्फत आवश्यक पहल गरिनेछ ।
    १०, पुर्व परिभाषीत गैरआवसिय नेपाली संघको मान्यता अनुसार सार्क मुलुक भन्दा वाहिर एक आर्थिक वर्षमा १८२ दिन नेपाल वाहिर वस्ने नेपाली स्वतः गैरआवसिय नेपाली हुन भन्ने परिभाषालाई पुन स्थापित गर्नका लागि अन्तराष्ट्रिय समन्वय परिषद मार्फत पहल गरिनेछ ।

    कतार स्थित विभिन्न संघ संस्थाहरुको पनि साथ सपोर्ट अध्यक्षका उम्मेदवारी मुसलमानलाई नै रहेकोले उहाँको २०२१-२३ कार्यकालका अध्यक्ष का लागि पनि जित सुनिस्चित जस्तै रहेको उहाँको दाबी छ ।

    Leave a Reply