लायन्स क्लव अफ घोराही सिटीद्वारा बंगलाचुली गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर लगायतको स्वास्थ्य सामग्री सहयोग

  • २६ जेष्ठ २०७८, बुधबार १६:३६ मा प्रकाशित
  • दाङ, २६ जेठ
    दाङ जिल्लाको बंगलाचुली गाउँपालिकालाई लायन्स क्लव अफ घोराही सिटीले अक्सिजन कन्सन्ट्रेटर मेसिन सहित विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग प्रदान गरेको छ ।

    क्लबले उक्त स्वास्थ्य सामग्री बंगलाचुली गाउँपालिका कार्यालयका अध्यक्ष भक्त बहादुर वलीलाई हस्तान्तरण गरेको थियो ।

    क्लबद्वारा सहयोग प्रदान गरिएको सामग्रीमा अक्सिजन कन्सन्ट्रेटर, पिपिई, अक्सिमिटर, सेनिटाईजर र मास्क रहेको जनाइएको छ ।

    भौगोलिक हिसाबले विकट क्षेत्र रहेको यस गाउँपालिकाका कोरोना संक्रमितको उपचारमा केहि सहजता पुगोस् भन्ने उद्देश्यले उक्त स्वास्थ्य सामग्री प्रदान गरिएको लायन्स क्लबका विमल श्रेष्ठले बताएका थिए ।

    हस्तान्तरण समारोहमा गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले कोरोना संक्रमितको उपचारमा सहजता ल्याउन क्लवले गरेको सहयोगका लागी क्लब प्रति हार्दिक धन्यवाद ब्यक्त गरेका थिए ।

    Leave a Reply