विदेशबाट आउने यात्रुका लागि मापदण्ड तय

  • २६ जेष्ठ २०७८, बुधबार १४:१४ मा प्रकाशित
  • सरकारले एक साताअघि तीन देशमा नियमित हवाइ उडानको अनुमति दियो । जस अनुसार एउटा हवाइ सेवा प्रदायक कम्पनीले एक देशमा सातामा एउटा उडान गर्न पाउँछ । नेपाल वायु सेवा निगम र कतार एयरवेजले भोलि कतारमा उडान गर्दैछन् । कोभिडका कारण निषेधाज्ञा जारी गरिएको अवस्थामा विदेशबाट आउने यात्रुको व्यवस्थापन चाहिं कसरी गरिंदै छ त ? 
    सरकारले कोरोना महामारीमा विदेशबाट आउने नेपाली तथा विदेशी नागरिकका लागि मापदण्ड तय गरेको छ । जस अनुसार नेपाल आउन चाहनेसाग कोभिड संक्रमण नरहेको  पछिल्लो ७२ घण्टाको रिपोर्ट चाहिन्छ । त्यतिले मात्र पुग्दैन, क्वारेन्टिनमा बस्नका लागि १० दिनको होटल बुकिङ गरेको हुनुपर्छ । खाडी मुलुक र मलेसियामा कार्यरत श्रमिकको हकमा भने ५ दिन होटल क्वारेन्टिनको व्यवस्था छ । होटल क्वारेन्टिनको अवधि पूरा भएपछि सिधै घर जान पाईंदैन । कोभिड भए नभएको पीसीआर जाँच गर्नुपर्छ । संक्रमण नदेखिए घरमा जान पाइन्छ तर फेरि १० दिन क्वारेन्टिनमा बस्ने बाचा गर्नुपर्छ । होटल क्वारेन्टिनको अवधि सकिएपछि संक्रमण देखिनेले भने कोभिड संकट व्यवस्थापन केन्द्रले तोकेका आइसोलेसन सेन्टर, अस्पताल वा होटलमा बस्नुपर्ने मापदण्ड बनाइएको छ ।  

    सरकारले एक साताअघि चीन, कतार र टर्कीमा नियमित उडानको अनुमति दिएको थियो । अनुमति अनुसार एउटा हवाइ सेवा प्रदायक कम्पनीले एउटा देशमा साताको एउटा मात्र उडान गर्न पाउाछ । टर्कीमा बिहिबारबाटै उडान हुन थालेको छ । चीनमा उडानका लागि भने कुनै सेवा प्रदायकले पनि अनुमति मागेका छैनन् । नेपाल वायु सेवा निगम र कतार एयरवेजले सोमबार कतारमा उडान गर्दैछन् । नियमित उडानबाट आउने यात्रुलाई लक्षित गरी पर्यटन मन्त्रालयले मापदण्ड जारी गरेको हो । जसमा आफन्तको अन्तिम संस्कारमा सहभागी हुन आउने व्यक्तिको हकमा स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ । साथै त्यस्ता व्यक्तिले कम्तीमा १० दिन घरमै अलग्गिएर बस्नुपर्छ । बिरामी, ७५ वर्षमाथिका जेष्ठ नागरिक र पााच वर्षसम्मका बालबालिकाका हकमा पनि स्थानीय तहको सिफारिस चाहिने व्यवस्था गरिएको छ । 
    वैदेशिक रोजगारीमा जान चाहने युवाबारे भने मापदण्ड मौन छ । 

    Leave a Reply