डा.योगीद्वारा डेढ लाख मूल्य बराबरको स्वास्थ्य उपकरण तथा सामग्री प्रदान

  • २१ जेष्ठ २०७८, शुक्रबार १७:३१ मा प्रकाशित
  • दाङ,२१ जेठ ।
    लुम्बिनी प्रदेश अन्तर्गत रहेको प्युठान जिल्ला, सरुमारानी गाउँपालिकाको बड्डाँडामा सन्चालित कोरोना आइसोलेसन सेन्टरलाई झण्डै डेढ लाख बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको छ ।

    स्वास्थ्य सामग्री तथा उपकरण

    उक्त स्वास्थ्य सामग्री दाङ जिल्ला राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ स्थित ओम मेडिको फार्मेसीका सञ्चालक एवं समाजसेवी डा. शंकरनाथ योगीले प्रदान गरेका हुन् । डा. योगीले विगत देखि नै पटकपटक विभिन्न सामाजिक क्षेत्रमा आर्थिक एवं भौतिक सहयोग गर्दै आएका छन् ।

    डा.योगीले उक्त स्वास्थ्य उपकरण तथा सामग्री सरुमारानी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएको उपकरण तथा स्वास्थ्य सामग्रीमा रुपैया १ लाख २५ हजार मुल्य बराबरको १ थान अक्सिजन कन्सन्ट्रेटर, १० हजार मूल्य बराबरको ४ थान पल्स अक्सीमिटर, २ हजार ५ सय रुपैयाँ मूल्य बराबरको सर्जिकल पन्जा, ३ हजार रुपैयाँ मुल्य बराबरको ५ लिटर सेनिटाईजर र १ हजार २ सय रुपैयाँ मूल्य बराबरको ४ पोका सर्जिकल मास्क रहेको छ ।

    हस्तान्तरण कार्यक्रममा छोटो प्रतिक्रिया दिदै डा. योगीले कुनै पनि कोरोना संक्रमित बिरामीहरु उपचार तथा औषधी नपाएर अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने चाहना रहेको र सोही चाहना बमोजिम आफुले सानो सहयोग गरेको बताए ।

    साथै उक्त स्वास्थ्य सामाग्री ग्रहण गर्दै स्वास्थ्य शाखा प्रमुख रायमाझीले जबसम्म डा. योगी जस्ता समाजसेवी हाम्रो समाजमा रहन्छन् तबसम्म कुनै पनि विरामी औषधि नपाएर अकालमा ज्यान गुमाउनु पर्दैन भन्दै डा.योगीको उदाहरणीय कार्यको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे ।

    Leave a Reply